जागरण मिडिया सेन्टर

Home » अन्य » नेपालको ३९ औं र गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित

नेपालको ३९ औं र गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित

रमा खड्का
२०७३ साउन १९ जागरण मिडिया सेन्टर

13900509_1052206884828517_167562622_n

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालको दोस्रो पटक प्रधानमन्त्री हुदैं नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको छ । प्रधानमन्त्रीका लागि बुधबार संसदमा भएको निर्वाचनमा सहभागी ५७३ संसदमध्ये ३६३ संसदले प्रचण्डलाई अबको प्रधानमन्त्रीमा सर्मथनसहित निर्वाचित गरेका हुन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस भनेर संसदमा प्रस्ताव पेश गरेपछि अन्य पार्टिका ३६३ संसदहरुले सर्मथन गरेका थिए । दशबर्षे सशस्त्र जनयुद्ध र ६२ / ६३ को जनआन्दोलनबाट स्थापित गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रिका रुपमा प्रचण्ड २०६५ सालमा निर्वाचित भएका थिए ।

नौ महिना अघि गठबन्धन गरेर एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा  माओवादी सरकारमा गएको थियो । त्यसबेला  ओली प्रधानमन्त्रीमा निर्वाचित हुंदा ३३८ मत पाएका थिए भने प्रचण्डले अहिले ओली भन्दा २५ मत बढि पाउनु भएको छ ।

ओली सरकारले आफु बिरुद्ध षड्यन्त्र चरेको र जनताका दुख, पिडालाई बेवास्था गरेको भन्दै माओवादीले एमालेसंगको सत्ता गठबन्धन तोड्दै त्यसका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओली सरकार अल्पमतमा परेको थियो । नव निर्वाचित प्रधानमन्त्रिद्धारा अब केहि दिनमा मन्त्रिमण्डल बिस्तार हुनेछ ।

यसैबिच, नव निर्वाचित प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अब नयां सरकारले सबै दलहरुलाई मिलाएर अघि बढ्दै जनताको हितमा काम गर्ने बताउनु भएको छ । सरकारले तत्काल भुकम्प तथा बाढिपहिरो पिडीतलाई उचित राहात सहित पुर्नस्थापनतर्फ ध्यान दिने समेत उहाँले बताउनु भएको छ ।

प्रचण्डलाई भारतिय प्रधानमिन्त्र मोदीको बधाई 

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिनु भएको छ । केहि बेर अघि मोदीले प्रचण्डलाई फोन गरेर बधाई तथा शुभकामना दिएको प्रचण्ड निकट स्रोतले जनाएको छ । साथै नव प्रधानमन्त्री प्रचण्डलाई मोदीले भारत भ्रमणको निम्तो समेत दिनु भएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: