जागरण मिडिया सेन्टर

Home » अन्य » दलितले काम गर्न सक्दैनन भन्ने भ्रम हटाउँछु : मन्त्री श्रीपाइली

दलितले काम गर्न सक्दैनन भन्ने भ्रम हटाउँछु : मन्त्री श्रीपाइली

२०७३ साउन २५,जागरण मिडिया सेन्टर ।

IMG_0611यूवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले दलितको तर्फबाट मन्त्रालयमा उदाहरणीय काम गर्ने प्रतिवद्धता जनाएका छन् । विगतमा दलित समुदायका मन्त्रीले सामान्य गल्ती गर्दा पनि नकारात्मक प्रचार गरी काम गर्न सक्दैनन भन्ने भ्रम फिजाएकोले त्यो भ्रम आफूले चिर्ने प्रतिवद्धता जनाएका हुन् । ‘समान्य मन्त्रालय दिने अनि उदाहरणका लागि दलित मन्त्रीले साइकल चढ्दा,किन चढ्यो भनेर आलोचना गर्ने प्रवृत्ति छ’ सोमवार दलित अनलाइन डटकमले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री श्रीपाइदलजित ले भने ‘म कुरा भन्दा बढी व्यवहारमा काम गर्ने मान्छे हो, दलितले काम गर्न सक्दैन भन्ने भ्रम हटाउँछु ।’ मन्त्री श्रीपाइलीले जनयुद्ध र जनआन्दोलनको जगमा नयाँ संविधानमा दलितका अधिकार सुनिश्चित भएपनि कार्यान्वयनका लागि आफूले जिम्मेवारी पाएको बताए । ‘वर्गसंघर्ष, वर्गयुद्ध र आन्दोलनको उपजको रुपमा संविधान निर्माण भएको हो,’ उनले भने ‘यसमा भएको पूँजिलाई बढाउन र बचाउन तपाइ हामीले आफ्नो क्षेत्रबाट लागी पर्नुपर्दछ ।’ आफू मन्त्री बन्नुमा दलित उत्पिडित समुदाय र पिछडीएका वर्गको देन रहेको भन्दै उनीहरुका लागि काम गर्ने बताए ।

खेल क्षेत्र यही अवस्थामा रहन दिन्न उनले यूवा र खेलकुद भनेका एकअर्काका परीपूरक भएकोले खेलक्षेत्रमा आफूले हेर्नलायक काम गर्ने बताए । खेलकुदमा जरा गाडेर रहेका विकृतिहरु आफूले हटाएरै छाड्ने उनको प्रतिवद्धता छ । ‘मैले कानुनमा भएको कुरा भन्दा पनि व्यवहारतः खेलाडी र यूवाको लागि कार्यक्रम चलाउँछु’ उनले भने ‘मेरो कार्यकालमा खेलक्षेत्र यही अवस्थामा रहन दिन्न ।’

सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमै, सार्क खेलकुदको तयारी तिव्र मन्त्री श्रीपाइलीले आफूले कुरा भन्दा धेरै काम गरेर देखाउने बताए । पाँचौ र छैटौँ राष्ट्रिय खेलकुद माओवादी मन्त्रीको पालामा सञ्चालन भएको भन्दै उनले सातौँ राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा सम्पन्न आफ्नै पालामा गराएरै छाड्ने बताए । ‘सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीता जसरी भएपनि पूर्वाञ्चलमै सम्पन्न गराएरै छाड्छु’ उनले प्रतिवद्धता जनाए । उनले सार्क खेलकुदको तयारी समेत तिव्र रुपमा अगाडी बढाउने बताए ।

खेलाडीको जिवनधान्ने समस्या हुन्न

उनले खेलका साथै खेलाडीको पनि आफ्नो पालामा उचित सम्मान गर्ने बताए । खेलाडी राष्ट्रका गहना भएकोले उनीहरुलाई हिनता नहुने गरी काम गर्ने उनको प्रतिवद्धता छ । ‘किन खेलकुदमा लागेछु भन्ने मनोभावना खेलाडी र उनका सन्ततिलाई हुन दिने छैन’ उनले भने ‘खेलाडीको जीवनयापन गर्न सक्नेगरी सहज वातावरण मिलाउने छु ।’
एमालेका साथीहरुसंग पनि मिलेर उदाहरणीय काम गर्छु
मन्त्री श्रीपाइलीले मन्त्रालय मातहत रहेका निकायका प्रमुख अन्य पार्टीका भएपनि उनीहरुसंग समन्वय गरेर काम सम्पन्न गर्ने बताए । ‘खेलकुद परीषद, यूवा परीषद, ओल्पिक कमिटी, क्यान लगायतमा प्रमुख एमालेका साथीहरु हुनुहुन्छ उहाँहरुसंग मेरो उदाहरणीय समन्वयमा काम हुने छ’ उनले भने ‘म असफल हुनु भनेको उहाँहरु असफल हुनु हो, त्यसैले आशा छ, उहाँहरुले पनि समन्वय गर्नुहुने छ ।’
कार्यक्रममा दलित नागरीक समाजका संयोजक मोतिलाल नेपालीले वास्तविक दलितको आन्दोलनको क्षेत्रमा उहाँले काम गर्ने विश्वास व्यक्त गरे । ‘दलितमाथी भएको ज्यादतीको अन्त्य होस,’ उनले भने ‘तपाईँले भन्नुहुन्छ भने हामीले सँधै सल्लाह सुझाव र सहयोग गर्न तयार छौँ, तपाईँ कमाण्डर हो हामी सिपाही हौँ ।’ उनले काभ्रेको अजित मिजार हत्याकाण्ड तुरुन्त कार्वाहीलाई तुरुन्त अगाडी बढाउन माग गरे ।
सरकार नेतृत्व गर्ने दलहरुले दलितहरुलाई क्याविने मन्त्री नदिने इतिहासि सम्झदै विगतका मन्त्रीभन्दा माथि उठेर प्रतिवद्धता अनुरुप काम गरे सबैले सम्झने मन्त्री बन्न सक्ने दलित अनलाइनका प्रधानसम्पादक अशोक दर्नालले बताए । सरकार बनाउँदा दया गरेर राज्य मन्त्री सरह बनाउने र त्यो पनि काम गर्ने नदिने परिपाटी छ , त्यो भन्दा माथि उठेर काम गरे पक्कै राम्रो काम गर्ने मन्त्री बनिएला ,उनले भने , दलित मन्त्रीले जे गरे पनि आलोचना गर्ने र काम गर्ने नदिने ठूलो तत्का छ , त्यसको अन्त्य गर्नु जरुरी छ ।

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सांसद जीतु गौतम, सांसद टेकु नेपाली , राष्ट्रिय दलित आयोगका सदस्यसचिव सिताराम घले परीयार, उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिका उपाध्यक्ष मुक्त बहादुर मोते, दलित अधिकारकर्मी तथा आन्दोलनका अगुवा पदम सुन्दास, माओवादी केन्द्रका रणेन्द्र बराइली , दलित महिला संघकी अध्यक्ष कला स्वर्णकार, डिएनएफका अध्यक्ष रामलखन हरीजन, दलित अधिकारकर्मी गौरा नेपाली , भोजमान लामगादे, हिरा विश्वकर्मा र युवराज दर्नाल लगायत दलित अधिकारकर्मीहरु, दलित अनलाइनका अध्यक्ष अशोक दर्नालको अध्यक्षता र सम्पादक गगनशिला खड्का लगायतले मन्त्रीलाई बधाई तथा शुभकामना दिएका थिए ।http://dalitonline.com/archives/14051

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: