जागरण मिडिया सेन्टर

Home » अन्य » कहाँ पुग्यो अजित हत्या प्रकरण ? स्थलगत रिपोटिङ्ग

कहाँ पुग्यो अजित हत्या प्रकरण ? स्थलगत रिपोटिङ्ग

मिलन विश्वकर्मा

२०७३ साउन २६,जागरण मिडिया सेन्टर ।

Ajit-Mijar-Dhakal-3

अजित मिजारको हत्या भएको २१ औँ दिनमा काठमाडौँमा भएको पहिलो चरणको आन्दोलन पछि संयुक्त राजनीतिक दलित संघर्ष समिति आइतवार धादिङमा पुग्यो । राष्ट्रिय दलित आयोेग, सयुक्त राजनीतिक दलित संघर्ष समिति, नागरिक समाज लगायत दलित अधिकारकर्मी तथा पत्रकारको टोली त्यहाँ पुगेका थिए । टोलीले धादिङ जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी उपरिक्षक भरत कुमार खत्रीका साथै छानबिन समितिसंग यसवारे छलफल गरेको थियो । तर, छलफलबाट कुनै निश्कर्ष निस्कन सकेन । अधिकारकर्मीहरुले भने जसरी भए पनि हत्यारालाई कारवाही गरेर छाड्ने बताएका छन् । उक्त छलफलमा प्रमुख जिल्ला अधिकारी भने घटनाबारे पूर्ण रुपमा खुल्न चाहेनन् । काठमाडौँ बाट गएको टोलीले धादिङमा आफुले खोजे जस्तो जवाफ नभेटाएपछि अबको आन्दोलन राजधानीमै केन्द्रित गर्ने योजना बनाएर फर्केको छ । मिजार हत्यामा सबैको मिलोमतो रहेको आशंका गर्दै राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घलेले सिडियोलाइ जेल हाल्ने धम्की दिए । उनीहरुले हत्यामा संलग्नका साथै हत्याराको संरक्षणमा लाग्नेहरुलाई समेत सोचेजस्तो जवाफ नआएसम्म आफुहरु चुप लागेर नबस्ने बताए । दलित अधिकारकर्मीहरुले अबको केही दिनमा अपराधीलाई कानुनी दायरामा नल्याए देशैभर आन्दोलन गर्ने चेतावनी दिएको छन् । त्यतिले मात्र नपुगे नेपाल बन्द लगायत संसद अबरुद्ध गरेर भए पनि अपराधीलाई कानुनी दायरामा ल्याउने दावी गरेका छन । स्थानीय भन्छन् : न्याय नदिने जिल्ला हो धादिङ धादिङमा हत्या गरिएका अजितले यही जिल्लामा न्याय पाउन गाह्रो छ । जिल्लाको इतिहास हेर्ने हो भने यहाँ यस्ता जगन्य अपराधमा मुछिएकाहरु धेरैले न्याय पाएका छैनन् । उल्टै न्याय माग्न जानेहरु अन्यायको शिकार बन्ने गरेको स्थानीयहरु बताउँछन् । उनीहरुले भने ः यहाँको इतिहास हेर्ने हो भने एउटा पसलमा ३ जना बच्चालाई माडा भनी मुसा मार्ने बिष खुवाइएको थियो, त्यो घटनामा परेका तीन जना बच्चा मध्ये दुई जना त्यही मरे । एउटा बच्चा उमेर ठुलो भएका कारण बाँच्न सफल भयो । विष खुवाउने व्यक्तिलाई कार्वाहीको माग गर्दै बच्चाका अभिभावकले उजुरी दिए तर उनले न्यायको साटो आफँैले मृत्युवरण गर्नुपर्यो । दिउँसै बञ्चरो प्रहार गरी हत्या गरियो तर यसको सजाँय उनकै श्रीमतीले भोग्न परेको छ । नियोजित रुपमा विष खुवाएर हत्या गरिएका सन्तानका अभिवावकले न्यायका लागि उजुरी दिदा एउटै परिवारका ३ जनाले ज्यान गुमाउँदा समेत उल्टै उनकी श्रीमती शान्ती विश्वकर्मालाई जर्वजस्ती हत्याराको आरोप स्वीकार गर्न लगाइयो । यस्ता घटनाहरु धादिङमा धेरै हुन्छन् तर पीडितले न्याय पाउनु र हत्यारालाई कार्वाही हुनु भनेको सानालाई ऐन, ठुलालाई चैन जस्तै भएको छ । जस्तोसुकै चलखेल गरेर भए पनि घटनामा दोषीलाई उम्काउने गरिएको स्थानीयको भनाइ छ । सिडियो र एसपीको काल्पनिक बयान धादिङका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रकाश सुबेदी र एसपी भरत खत्रीको कुरा सुन्यो भने उनीहरु हत्यारालाई कार्बाही गर्नुको साटो उन्मुक्ति दिने शैलीमा प्रस्तुत हुन्छन् । खुलेर कुरा गर्न अस्वीकार गरिरहेका सुवेदी अधिकांश समय मौन नै रहे । उनका कुरा सुन्ने हो भने मृतक आफैँ मरेको बताउँछन् । यो फाइल बीस वर्ष सम्म पनि हुन सक्छ । इश्वर बाहेक अरु कसैले पनि यो फाइल बन्द गर्न सक्दैन । सिडियोलाई भेट्न पुगेका दलित अधिकारकर्मीहरुले उनको कुरामा असन्तुष्टी जनाएपछि काभ्रे जिल्लाबाट कुनै किसिमको निवेदन तथा चिठी आए आफुहरु अपराधी समात्न तयार रहेको सुवेदीले बताए । उनले सिडियो कार्यालय मात्र नभई दलित आयोग पनि राज्यकै संयन्त्र भएको बताउँदै मिजार घटनामा सबै मिलेर लाग्न अनुरोध गरे । आफ्नो २१ वर्षीया छोरी रहेको उदाहरण पेश गर्दै सुवेदीले अजित आफ्नै छोरो भएको समेत भन्न भ्याए । अजितको हत्या हुनु दलित समुदायको मात्र नभई सबैको समस्या भएको भन्दै उनले वुद्धि विवेक लगाएर अपराधीको छानवीन गर्ने बताए । यता एसपी भरत खत्रीले तीन दिनसम्म वेवारिसे अवस्थामा भेटिएको शव राखिएको बताए । उनले शव गनाएपछि स्थानीयले नारा जुलिस गरेपछि गाडिएको बताए । जिल्ला प्रहरी कार्यालयले पोष्टमार्टम पछि सोही दिन नै शव गाडिएको बताए पनि एसपी खत्रीले स्थानीयले नाराजुलुस गरेपछि गाडीएको भनेर बताउनुले सत्यता नभएको पुष्टी हुन्छ । अपराधीलाई सार्वजनिक गर्ने तयारीमा छौँ :  सहायक सिडियो धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको संयोजकत्वमा तीन सदस्यीय अनुसन्धान तथा छानविन समिति गठन गरियो । तीन सदस्यीय समितिले काभ्रे जिल्लामा पुगी केही अनुसन्धान गरेको थियो । प्राप्त भएको जानकारी अनुसार अजितको हत्या जातिय विभेदबाटै सिर्जना भएको टोलीको ठहर रहेको छ । अनुसन्धानमा फेला परेका रिपोर्टलाई जिल्ला प्रहरी कार्यालय र गृह मन्त्रालयमा पठाइसकिएको अधिकारीले बताए । उनले नयाँ तरिकाले अनुसन्धामा लागेर सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कानुनी दायरामा ल्याउने तयारीमा रहेको बताए । अनुसन्धानका क्रममा उजुरीमा आएको नम्बर र त्यो नम्बरको कल डिटेलमा पनि अनुसन्धान भैरहेको अधिकारीले बताए । गृह मन्त्रालय र दलित आयोगले रिपोर्ट सार्वजनिक गर्दै काभ्रेका अजित मिजारको हत्या गरिएको २८ दिन वितिसक्दा पनि उनका हत्याराको पहिचान समेत हुन सकेको छैन । हत्यारालाई कार्बाहीको माग गर्दै सड्कमा आन्दोलन भए पनि सरकार र सम्बन्धित निकाय मौन रहेका छन् । अजित घटनाको विषयमा अनुसन्धान र छानविन गर्नका लागि गठन गरिएका विभिन्न छानविन समितिले रिपोर्ट बुझाए पनि गृहमन्त्रालयले त्यो रिपोर्ट हेर्ने फुर्सद सम्म पाएको छैन । आफुलाई अति नै व्यस्त देखाउने गृहमन्त्रालयका प्रवक्ता यादव खरेललाई प्रश्न गर्दा फोन राख्न नै हतार हुन्छ । एउटा मान्छे मारिएको छ, तर त्यो मान्छे मारिएको विषयभन्दा महत्वपुर्ण कुरा गृहमन्त्रालयलाई अरु नै छ । खरेलले छानविन समितिको रिपोर्ट आएको तर त्यो रिपोर्ट हेर्न नपाएको बताए । उनले रिपोर्ट हेरिसकेपछि मात्र घटनाको बारेमा यथार्थ कुरा भन्न सकिने बताए । अजितको घटनामा स्थलगत अनुगमनका लागि पुगेको राष्ट्रिय दलित आयोगले केही दिनमा नै रिपोर्ट सार्वजनिक गर्ने बताएको छ । आफुले रिपोर्ट हेरिरहेको त्यो फाइनल गरेपछि सार्वजनिक गर्ने राष्ट्रिय दलित आयोगका सदस्य सचिव सिताराम घले परियारले बताए ।

– See more at: http://dalitonline.com/archives/14124#sthash.9TAal0mA.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: