जागरण मिडिया सेन्टर

Home » अन्य » बोक्सी निहुँमा कुटिएको प्रकरणः झन अन्यायको चपेटामा पर्दै बिरमा बिक

बोक्सी निहुँमा कुटिएको प्रकरणः झन अन्यायको चपेटामा पर्दै बिरमा बिक

जनक नेपाली

२०७३ साउन २७,जागरण मिडिया सेन्टर ।

News 31-1

पुरन्धारा गाविस ८ बगरपुरकी विरमा विक माथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको आफन्तहरुले वताएका छन् ।विना कारण सोही गाविस वडा २ का ३३ बर्षीय शुशिल शाहले बिरमाको घरमा नै गएर कुटपिट गरी गम्भिर उनलाई घाईते वनाएका थिए । पारिवारीक स्रोतका अनुसार गत असार २९ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा शाहका विरुद्ध जाहेरी दर्ता गरिएको थियो । शाहका विरुद्ध प्रहरीमा जाहेरी दिएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन । श्रीमतीलाई कुटपिट गरेर शाह भाग्न खोज्दा केही चोट लागेको हुन सक्छ, त्यसैलाई प्रहरीले वाहना बनाएर उसलाई उन्मुक्ति दिएको बिरमाका श्रीमान मान बहादुर बिकले बताए ।
न्याय दिने ठाउमा प्रहरीले शाहको कुरा सुनेर हाम्रा विरुद्ध उल्टो जाहेरी लिएको छ । प्रहरीमा न्याय माग्न जादा उल्टै प्रहरीको मान फन्दामा परेको मान बहादुरले बताए । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा विरमाका श्रीमान मानबहादुर विक, छोरा, गंगाराम विक देवर मेघबहादुर विकको विरुद्धमा जाहेरी परेको छ । प्रहरीले घरमा बस्दै आएको शाहको बचाउ गर्दै आफुहरुलाई दुःख दिएको मान बहादुरको आरोप छ ।
विरमाको घरमा शाहले हातमा हथौडा बोकेर गएका थिए । उनले ए वुढी त जीउदै छस्, आज तेरो अन्त्यष्टि गर्छु तिमी कामीहरुलाई सखाप पार्छु भन्दै बिरमालाई कुटपिट गरेको मान बहादुरले बताए । चारैतिरबाट घेरा हालेर टाउमा हथौडाले हानि बिरमालाई घाइते बनाइएको थियो । ६५ बर्षीय बृद्धा विरमा विकको हात, खुट्टा टाउको, छातिमा गम्भिर चोट लाग्नाले ज्यान समेत जोगाउन धौ धौ भएको उनका श्रीमान मान बहादुरले बताए ।
दलित भन्दै आफुलाई हेप्दा यस्तो घटना घटेको हो । शुशील संग कुनै व्यक्तिगत रिसिपी नभएको बताउदै मानबहादुरले आफुलाई जातका आधारमै भेदभाब गरेको बताए । पिडित परिवारले शुशील शाहका विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सार्वजनिक अपराध अन्तरगत मुद्धादर्ता गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
शुशिल बदमास रहेछ, तर उसले पनि कुटाई खाई घाईते हुनाले उसको उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी कृष्णप्रसाद प्रसाईले जानकारी दिए । दुवै पक्ष गाउँमै मिल्ने कुरा भए पनि विकका आफन्त आएर मुद्धादर्ता गरेको उनले जानकारी दिए । अब शुसील माथि कुटपिट गर्नेलाई पनि कारबाही हुने इलका प्रहरी कार्यलयले जनाएको छ ।

– See more at: http://dalitonline.com/archives/14136#sthash.zt6HEOtw.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: