जागरण मिडिया सेन्टर

Home » अन्य » दलित अनलाइन समाचार प्रभाव : गोठमा बस्ने दलित दम्पतिको घर शिलान्यास

दलित अनलाइन समाचार प्रभाव : गोठमा बस्ने दलित दम्पतिको घर शिलान्यास

जनक नेपाली

२०७३ साउन २८,जागरण मिडिया सेन्टर ।

unnamed (3)

आफ्नो घर नहुँदा गाई र कुकुर संगै गिठा र तरुलको भरमा छाक टारेर बसिरहेका दाङ्गको रामपुर ३ बालिम खोलाका दलित दम्पती अव आफ्नै घरमा बस्न पाउने भएका छन् । दलित अनलाइनमा समाचार सार्वजनिक भएपछि विभिन्न व्यक्तिहरुको सहयोगमा बृद्ध दम्पती नमबहादुर र आइती विकका लागि आफ्नै घर बन्ने भएको हो ।

साउन २१ गते दलित अनलाइनमा ‘गाई र कुकुर संगै दलित दम्पतीको बास : गिठा र तरुलको छाक’ भन्ने समाचार सार्वजनिक भएपछि विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका हुन् । ४८ हजार रुपैयाँ नगद संकलन भएको र थप सहयोग आउने आश्वासन पछि विहीवार उनीहरुको घर बनाउनका लागि विभीन्न संघसंस्थाका व्यक्तिहरुले घर शिलान्यास गरेका छन् । दाङ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्कबहादुर बुढाथोकी, वाणिज्य उपाध्यक्ष नारायण भुसाल , पत्रकार महासंघ दाङका सदस्यद्धय जनक नेपाली, निमुसंगम घर्ति, विद्यार्थी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाही पत्रकार निशानदाजु भट्राई लगाएत स्थानियहरुले संयुक्त रुपमा शिलान्यास गरे ।
४८ हजार सङकलन
बृद्ध दम्पतिका लागि आवास निर्माणका लागि हाल सम्म दाङमा ४८ हजार चार सय रकम उठेको छ । विभिन्न व्यक्तिहरु मार्फत उक्त रकम जम्मा भएको अभियानका संयोजक प्रकाश शाहीले जानकारी दिए । आवास निमार्णका लागि दाङ उद्योगा वाणिज्य संघका उपाध्यक्ष खड्क बहादुर वुढाथोकीले आबश्यक पर्ने सिमेन्ट, अर्का उपाध्यक्ष नारायण भुसालले झ्याल ढोका, गुरुकुल ईन्टरनेशलन एकेडेमीले जस्ता पाता लगाएतका सामाग्री, राप्रपा नेपालका युवा नेता उमाकान्त भण्डारीले दुई ट्रिप वालुवा प्रदान गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय दलित मुक्तमोर्चा र महिला संघ क्रान्तिकारीले २० हजार रुपैयाँको इट्टा प्रदान पर्ने वताएको छ भने, आवास निर्माणका लागि वुटवलमा पनि निशा श्रेष्ठले अभियान सञ्चालन गरेकी छन् । काठमाण्डौ, वुटवल, सुर्खेत, अमेरिका, डेनमार्क लगायतका विभिन्न स्थानमा आवास निर्माण अभियान सञ्चालन गरिएको वताएको छ । बृद्ध दम्पतिका लागि आवास निर्माण अभियान सञ्चालन भएपछि हाल नेपाल लगायत विदेशबाट समेत सहयोग उठ्ने क्रम जारी रहेको छ ।

unnamed (4)

नमबहादुर र आईती विक आवास निर्माण समिति गठन आवास निर्माणका लागि प्रकाश शाहीको संयोजक र जनक नेपाली सदस्य सचिव रहेको १४ सदस्य नमबहादुर र आइती विक आवास निर्माण समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल, रेडियो मध्य पश्चिमका समाचार सम्पादक एवं पत्रकार महासंघ दाङका सदस्य निमुसंगम घर्ती, नयाँ पत्रिका दैनिकका भुपेन्द्र वली, गणतन्त्र दैनिकका उपसम्पादक निशानदाजु भट्राई, राष्ट्रिय युवा जनस्वयम्सेवक दाङका कोषध्यक्ष दिनेश गौतम, राप्रपा नेपालका युवा नेता उमाकान्त भण्डारी, नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य शिला पुन, स्थानिय देवीेबहादुर विक ,विर बहादुर विक र तुलबहादुर विक सदस्य रहनुभएको आवास निर्माण समितिका अभियन्ता निमुसंगम घर्तिले जानकारी दिए ।

unnamed (2)

घर निर्माण तथा रेखदेख समिति
आवास निर्माण समितिले घर निर्माण तथा रेखदेख समिति पनि गठन गरिएको छ । स्थानिय चुलुवा गंगा उमावि रामपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुलुवा चौधरीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा चित्रकान्त आचार्य, देवीबहादुर विक, विरबहादुर विक र तुलबहादुर विक रहनु भएको छ । समितिले प्रत्येक दिन बृदबृद्धाहरुको घर निर्माणका लागि स्थानिय स्तरबाट सहयोग गरिने बताईको छ ।

खाता सञ्चालन हुने
यसैबीच सहयोग रकमलाई व्यवस्थित गर्नका लागि घोराही स्थित ग्लोवल आई.एम.ई मा खाता सच्चालन गरिने भएको छ । अभियानका सदस्य एवं दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल , पत्रकार महासंघ दाङका सदस्य एवं समितिका सदस्य सचिव जनक नेपाली र संयोजक प्रकाश शाहीको नाममा संयुक्त रुपमा खाता खोलीने वताएको छ । समितिले बृद्ध दम्पतिका लागि सहयोग गर्न चाहने सबैलाई एकद्धार प्रणालीबाट आउन समेत आग्रह गरिएको छ ।unnamed

आँखा खोलीदिने पत्रकारलाई धन्यवाद बयोबृद्ध चित्रकान्त आचार्यको अध्यक्षतामा भएको एक कार्यक्रमम बोल्ने स्थानियहरुले आवास निर्माण अभियानले आफ्ना आखाँ खुलेको वताएका थिए । उनीहरुले समाचार सार्वजनिक गरेको सबैको आँखा खोलीदिने पत्रकार महासंघ दाङका सदस्य तथा दलित अनलाइन डटकमका उपसम्पादक जनक नेपाली लाई धन्यवाद दिए । घर नजिकका बृद्धबृद्धाको सहयोगमा ध्यान नपुगेको उल्लेख गर्दै अभियान संञ्चालनले समाजमा ठुलो परिर्वतन आएको वताएका थिए । बक्ताहरुले बृद्धबृद्धाको सहयोगमा जुट्न सबैमा आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खड्क वुढाथोकीले सहयोग अभियान सञ्चालनका लागि एकद्धार प्रणाली मार्फत जानुपर्ने बताए । अर्का सदस्य नारायण भुसालले स्वतन्त्र रुपमा सञ्चालन गरिएको आभियानमा कसैले पनि पेसा, धर्म, पार्टीका आडमा कसैले राजनीति गर्न नहुने वताए । पत्रकार महासंघ दाङ सदस्य जनक नेपाली बृद्ध दलित दम्पतिको संरक्षण स्थानिय बसिन्दाहरुले गर्नुपर्ने उल्लेख गरे । पछिल्लो समय रामपुर गाविसले यो अभियानमा कुनै चासो नदेखाएको उल्लेख गर्दै त्यसका लागि स्थानियहरुले खवरदारी गर्नुपर्ने उनले बताए । कार्यक्रममा विद्यार्थी नेता प्रकाश शाही, दलित सञ्जालका अध्यक्ष तुलबहादुर विक, स्थानिय देवीराम विक, लगाएतले आ आफनो भनाई राखेका थिए । कार्यक्रममा दलित सञ्जाल रामपुरका अध्यक्ष तुलवबहादुर विकले पाँच हजार गर्ने घोषणा गरे भने घोराहीका प्रेम विकले एक हजार ६ सय रुपैयाँ सहयोग प्रदान गरे । कार्यक्रमको सञ्चालन रेडियो मध्यपश्चिमका समाचार प्रमुख एवं आवास निर्माणका अभियन्ता निमुसंगम घर्तिले गरेका थिए ।

– See more at: http://dalitonline.com/archives/14174#sthash.k13UcItl.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: