जागरण मिडिया सेन्टर

Home » अन्य » अमेरिकामा अन्तिम …

अमेरिकामा अन्तिम …

रणेन्द्र बराइली

२०७३ साउन ३१,जागरण मिडिया सेन्टर ।

a

भर्जिनिया सिटी लिहाइवे भन्ने ठाउँमा रहेको एडवेन्ट फिनुरल क्रेमासन सेन्टरमा २३ अगस्टको साँझ ६ बजे सुभाषको श्रद्धाञ्जलीसभा गर्ने तय भएको थियो । दिउँसो कुनै हतारको काम थिएन । दिनुजी र म नेटमा नेपालका आफ्नै गाउँघर, चौंर, चौंतारी, देउरालीलाई नजिकैबाट हेर्दै दङ्ग परेर बसेका थियौं । बेलायतमा रहेका घनश्याम शर्मा ‘पौडेल’सँग अनलाइनमा कुराकानी गरिरहेका थियौंं । अचानक हामी रहेको ११ तले भवन हल्लिन थाल्यो । मेरो अगाडिको ल्यापटप टेबलमा खेलौनाजस्तै नाच्न थाल्यो । दिनुले डराएर मलाई दह्रोसँग समात्न पुगिन् । बोल्दाबोल्दै घनश्यामजीलाई मैले भनें, ‘यहाँ त ठूलो भूकम्प छुट्यो, हेर्नुस् त हामी हल्लिएको देख्नुभयो ?’ घनश्यामजीले ‘नडराउनुस् तपाईंहरू बसेको ठाउँ भूकम्प जोखिमक्षेत्र होइन, अझै त्यहाँका भवनहरू भूकम्प जोखिममुक्त हुन्छन् । जति ठूलो भूइँचालो चले पनि मरिन्न ढुक्कले बस्नोस् ।’

युरोपबाट दिएको ढाडसले आत्मबल बढेर आनन्दले बसेको केरो आँखा झ्यालबाट बाहिर छि¥यो । बाफरे, बाहिर त उर्लेको समुद्रजस्तो पो देखियो । एकै छिनमा चौर र बसपार्क मान्छेले भरिए । यहाँ त आ–आफ्ना ठाम र काममा कोचिँदा मात्र सुनसान देखिने रहेछ । बाहिर भुटेका मकैं र भटमास मिसाएजस्ता काला र गोरा मान्छेको गुजुल्टो भीरमौरीको गोलोजस्तो देखियो । एकछिनपछि भुइँचालो फर्कन्छ भन्ने हल्ला चल्दैथियो । हामी कोठामा बसेर टिभी हेर्न थाल्यौंं । ६.७ रेक्टर स्केलको भूकम्प आउँदा पनि कहीँ कतै जनधनको क्षति भएको खबर आएन ।
६ बजे हुने सुभाषको श्रद्धाञ्जली कार्यक्रममा जानुपर्ने हामी शहर हेर्दै र घुम्दै पुगौंला भनेर ३ बजे नै निस्किएर मेट्रोस्टेसन पुग्यौंं । समयको तल–माथि कल्पनै गर्न नसकिने ठाउँ त्यो । तर, तोकिएको समयमा रेल आएन । मान्छेहरू घुइँचो लागेर रेल कुरेका रहेछन् । जब रेल आयो त माहुरीको गोलोसरी मान्छे भरिएर आयो । भूकम्पको कारण एकैचोटि सबै कार्यालय बिदा भएछन्, यातायातमा चाप हुने नै भयो । अर्को कुरा, भूकम्प जोखिमका कारण राज्य सरकारले ६ माइल प्रतिघण्टाको रफ्तार तोकेछ, यातायातका साधन सबैलाई । जसोतसो च्यापिएर भए पनि रेलमा चढियो । त्यो देशका मोटा मान्छेका बीच नेपालीजति निचोरिएरै बेहाल भए ।

सरिता मृत लोग्नेको काखमा रहेको पोडियममा उभिएर बोल्न खोज्दा सबैको मन धड्केको थियो । शुरुमा थोरै गला अवरुद्ध भए पनि सरिताले सरर आफ्नो कुरा राख्नुभयो । नेपालमा खुल्ला विश्वविद्यालय बनाउने सुभाषको अवधारणा रहेको र सिंगो नेपाली समाज रूपान्तरणका लागि बल पु¥याउन विभिन्न ट्रष्ट स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो ।

अमेरिकी लोकल रेलमा शौचालयको व्यवस्था नहुने रहेछ । २÷३ घण्टासम्म अटेसमटेससँग अचेटिँदा पिसाबले पेट पड्केलाजस्तो भयो । आफू ओर्लिनुभन्दा पहिला आफ्नो आची ओर्लिन लागिसकेको थियो । बल्लबल्ल ठाउँ खोजेर भारी बिसाइयो । मेरी श्रीमतीले भन्नुभयो– ‘हामीजस्ता पाका मान्छेलाई सजायँ दिनुप¥यो भने केही समय पिसाब निषेध गरिदिए भने त्योभन्दा ठूलो यातना कुनै नहुने रहेछ ।’
एक घण्टाको बाटो ३ घण्टा लगाएर घिस्साएर भए पनि हामी समयमै श्रद्धाञ्जली सभा भेट्न पुग्यौंं । प्रकाश नेपालले कार्यक्रमको उद्घोष गर्नुभयो । फिनुरलहोमले नै गरिदिएको शोकसभामा मृत्यु भएको नवौं दिनमा शवबाक्सा खोलेर सुभाषको पार्थिव हेर्ने प्रबन्ध मिलाइयो ।
अहिल्यै उठेर ‘दाइ के छ खबर.. ’ भन्दै हात मिलाउलान् कि जस्तो झक्झकाउँदो पारेर राखिएको रहेछ । शुरुमा सुभाषकी श्रीमती सरिताले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली चढाउनुभयो । भक्कानिएको मनलाई अत्यन्त संयमताका साथ सम्हालेर सरिताले भन्नुभयो, ‘मलाई कसैले छेकथुन नगर्नु होला, म मेरो सुभाषलाई अन्तिम पटक राम्रोसँग हेर्छु ।’सरिताले विस्तारै सुम्सुम्याउँदै हातका औंलादेखि कपालसम्म छाम्नुभयो । भाँचिएको हात, गोडा, करङ छियाछिया भएको छातीको एकएक निक्र्योल गर्नुभयो । ‘मेरो राजाको ज्यानको हड्डी यतिविधि चकनाचुर हुँदा तिमी कति छट्पटायौं होला’ भन्दै सुभाषको चिउँडामा हात राखेर हल्लाउनुभयो । एकपालि म्वाई खाएर गाला जोड्नुभयो । र, ‘कान्छु तिमीले यति छिट्टै मलाई छाडेर गयौ हैन ? ल ठीक छ । जिन्दगी यस्तै रहेछ । म अब तिम्रो लक्ष्य पुरा गर्न, तिम्रो सामाजिक सपना पूरा गर्न आफ्नो जीवन अर्पने छु है ?’ भन्दै आफ्नो छाती दह्रोसँग अँठ्याउनुभयो । अचानक ढल्ने पो हो कि भनेर मैले नजिकैबाट नियालिरहेको थिएँ । म एक कदम अघि सरेर, ‘भयो सरु !’ भन्दै पाखुरामा समातेर विस्तारै कुर्चीमा लगेर राखें । सबैले पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली दिइसकेपछि नासोका महासचिव दीपकजङ्गले सुभाष दर्नालको जीवनमाथि प्रकाश पार्नुभयो ।
त्यसपछि श्रीमती दर्नालले नै शब्दद्वारा श्रद्धाञ्जली दिने पालो आयो । आयोजकले उनलाई बोल्दाबोल्दै बेहोश भएर लड्ने हुन् कि भनेर मञ्चमा उभ्याउन धुकचुक मानेका थिए । मैले सरितासँग सोधें । उनले ‘यति धेरै सज्जनले पु¥याएको ठूलो योगदानका लागि ती संस्था र मित्रजनप्रति मैले आभार प्रकट गर्नुपर्छ र सुभाषको अन्तरलक्ष्य जो अरूलाई पूर्ण थाहा नहुन सक्छ, त्यो पनि उजागर गर्नुपर्छ’ भन्दै सुभाषको सपना साकार पार्न मैले उनकै शवसामु सबैलाई साक्षी राखेर बाचा गर्छु भन्नुभयो ।

‘दलित समुदायलाई मात्रै होइन, सिंगो नेपाली समाजलाई उत्पीडनबाट मुक्त गर्ने अभियानमा अन्तर्राष्ट्रिय जगत्मा समेत छवि निर्माण गरेका तथा जनस्तरबाट विकास हुँदै उच्चस्तरको चिन्तन गर्ने व्यक्तित्व नेपाली धर्तीको उज्ज्वल दियो निभ्यो र दलित आकाशको चम्किलो तारा झ¥यो, जसको सच्चा श्रद्धाञ्जली मानवमुक्ति आन्दोलनमा सशक्तसँग लागेर मात्र हुनेछ ।’

सरिता मृत लोग्नेको काखमा रहेको पोडियममा उभिएर बोल्न खोज्दा सबैको मन धड्केको थियो । शुरुमा थोरै गला अवरुद्ध भए पनि सरिताले सरर आफ्नो कुरा राख्नुभयो । नेपालमा खुल्ला विश्वविद्यालय बनाउने सुभाषको अवधारणा रहेको र सिंगो नेपाली समाज रूपान्तरणका लागि बल पु¥याउन विभिन्न ट्रष्ट स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले जातिगत संस्कारमा आधारित विविध विषयमा खोज–अनुसन्धानात्मक कार्य गर्ने उद्देश्य रहेको आदि कुरा स्पष्ट पार्दै साथमा रहेकी १८ महिनाकी छोरीलाई बाबाको ठाउँमा उभ्याएर सम्पूर्ण सामाजिक लक्ष्य पूरा गर्न आफू दृढ संकल्पित हुने प्रतिबद्धता जाहेर गर्दा कुनै फिल्मको दक्ष कलाकारले अभिनय गरेझैं आभास भयो ।
त्यसपछि क्रमशः अमेरिकास्थित नेपाली राजदूत शंकर शर्मा, नासो समुदायका अध्यक्ष धर्म विश्वकर्मा, नेडका एसिया अफिसर मोना डायव, डिबी सागर, रामप्रसाद शर्मा, विष्णु परियार, कृष्ण सोवलगायत २० जना जतिले शोकमन्तव्य व्यक्त गर्नुभयो । शब्द श्रद्धाञ्जली दिने क्रममा मैले दलित आन्दोलनका एक होनहार युवा गुमाउनुपरेकोमा दुःख व्यक्त गर्दै आफू र आफू संलग्न सबै सङ्गठनको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरें । त्यसै क्रममा भनें, ‘दलित समुदायलाई मात्रै होइन, सिंगो नेपाली समाजलाई उत्पीडनबाट मुक्त गर्ने अभियानमा अन्तर्राष्ट्रिय जगत्मा समेत छवि निर्माण गरेका तथा जनस्तरबाट विकास हुँदै उच्चस्तरको चिन्तन गर्ने व्यक्तित्व नेपाली धर्तीको उज्ज्वल दियो निभ्यो र दलित आकाशको चम्किलो तारा झ¥यो, जसको सच्चा श्रद्धाञ्जली मानवमुक्ति आन्दोलनमा सशक्तसँग लागेर मात्र हुनेछ ।’

त्यस दिनका सबै सहभागीलार्ई अन्तर्राष्ट्रिय साहित्य समाज डिसी च्याप्टरका अध्यक्ष प्रकाश नेपालले खानपानको व्यवस्था गर्नुभएको रहेछ । खाना खाइवरी राति १२ बजे मात्र बासस्थानमा पुगियो । अफिस लाग्ने दिन सबै साथी आ–आफ्नो हलोकोदालो गर्न जाने नै भए । बल्लबल्ल अस्थायी काम पाएका कतिपय नेपाली साथीलाई कति अप्ठ्यारो रहेछ भने कोही मरोस् कि बाँचोस् के मतलब ! कम्पनीले अलिकति कमजोरी पायो भने विदाइको हात हल्लाइदिने रहेछ । अमेरिकीहरूले समेत काम नपाएर श्रम संकट परेको बेला नेपालीलाई बल्लबल्ल मिलेको कामबाट खुस्किन प¥यो भने फसाद । त्यसैले साथीहरूलाई नगुहारीकन सरिताहरूलाई भेट्न म एक्लै निस्कें । वकिल लगाएर मुद्दा लड्ने र क्षतिपूर्ति दावा गर्ने काम चोख्खै बाँकी छ । त्यो कामको अभिभारा लिएका मित्र कृष्ण सोव र केही साथीहरू अमेरिकाको राजधानीका वकिलहरूसँग छलफल गर्न निस्कनुभएको थियो ।
सुभाष दर्नालले पहिला काम गरेको संस्था ‘नेड’ डिसीको निकै ठूलो पहुँचवाला संस्था रहेछ । त्यहीँ जमघट भयो । संस्थाका प्रमुखले सुभाषसँग सम्बन्धित दस्तावेज र पत्रिका पनि देखाए । उहाँ साह्रै असल मान्छे हुनुहुन्थ्यो भनेर प्रशंसा गरे । राहतका लागि अमेरिकी राज्य सरकार र नेपाल सरकारको समेत ध्यानाकर्षण गराउँछौं भनेर आश्वासन दिए ।
आजको मुख्य काम बीमा र क्षतिपूर्तिका लागि प्रभावकारी ढंगले काम अगाडि बढाउने वकिलको निधो गरेर मुद्दाको जिम्मा दिनु थियो । त्यसका लागि कृष्ण सोव, प्रकाश नेपाल, शारदा नेपाल, प्रधान परियार र हामी नेपालबाट गएका टोली रिचार्ड हेगन भन्ने वकिलको कार्यालयमा पुग्यौं । बोसचाहिँ युरोपतिर गएको रहेछ । उसका कार्यालय प्रतिनिधि नोलजो नुडल र मध्यस्तकर्ताहरूसँग कुरा भयो । ऊ आफैसँग पनि फोनमा घण्टौं कुरा गरियो । यस्ता केसमा हामीले ५ मिलियन डलरसम्म क्षतिपूर्ति दिलाएका छौं भनेर फुर्ति पनि लगायो । प्राप्त रकमको ४० प्रतिशत वकिलले लिने बाँकी ६० प्रतिशतबाट परिवारले कर–सर कटाएर पाउने । सो फैसला हुन २ वर्षसम्म लाग्न सक्ने कुरा ग¥यो । उसको चाकडीयुक्त चालढाल देख्दा हामी तपाईंलाई भोलि निर्णय दिउँला भनेर त्यहाँबाट निस्कियौं ।

– See more at: http://dalitonline.com/archives/14365#sthash.GvqsFSfq.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: