जागरण मिडिया सेन्टर

Home » अन्य » रक्षाराम हरिजनलाई सामाजिक न्यायका लागि दर्नाल अवार्ड

रक्षाराम हरिजनलाई सामाजिक न्यायका लागि दर्नाल अवार्ड

सुनिता सुन्दास

२०७३ साउन ३१,जागरण मिडिया सेन्टर ।

IMG_8337
सामाजिक न्ययाका लागि स्थापना गरिएको यस वर्षको अन्तराष्ट्रिय पुरस्कार, “दर्नाल अवार्ड” कपिलवस्तुका रक्षाराम चमारलाई प्रदान गरिएको छ ।
जागरण मिडिया सेन्टर र सरिता परियार ट्रष्ट कोषद्धार आयोजित सुभाष दर्नालको पाँचौ स्मृति सभा कार्यक्रममा सिमान्तकृत तथा मधेसी दलित समुदायको अत्यन्त निम्न परिवारमा जन्मेर न्याय र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै आउनु भएका हरिजनलाई पाँचलाख रुपैया र सम्मान पत्रले पुरिष्कृत गरिएको हो ।

IMG_8386
हरिजन २८ वर्षको उमेरमा सामाजिक न्यायका लागि अन्तराष्ट्रिय पुरस्कार, दर्नाल अवार्ड पाउने पहिलो व्यत्ति हुनुहुन्छ ।
हरिजनले १९ वर्षकै उमेरमा दलित विद्यार्थीहरुलाई प्राथमिक विद्यालय तहको सामुदायिक विद्यालयको संस्थापक प्रधानध्यापकको रुपमा काम गर्नुभएको थियो । उहाँले आर्थिक अभावका कारण कहिले संविधानसभाको चुनावका वेला म्यादी प्रहरी भएर कहलिे सडक निर्माणको काममा मजदुरी गरेर अध्ययनको काममलाई निरन्तरता दिदै आउनुभयो ।
उहाँले मधेस मानव अधिकार गृह, (माहुरी होम) नामक तराई मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थामा पनि काम गर्नुभयो । यसका साथै उहाँले पत्रकारितामार्फत दलित समुदायको मुद्धालाई स्थापित गर्ने गरी उज्यालो खवर र वुद्धआवाज रेडियो तथा पत्रपत्रिकामा काम गर्नु भएको छ ।
उहाँले संविधानसभाको वेलामा संघिय प्रदेश, नामाँकन , सिमांकन शिर्ष राजनीतिक दलहरु २०७२ जेष्ठ १छ गते भएको १६ वुँदे सहमती असंवैधानिक भएको भन्दै अधिकारकर्मीहरु रिता शाह, विजयकान्त कर्णसँग मिलेर सर्वाेच्चमा रिट हाल्नुभएको थियो ।

IMG_8470
उहाँलाई प्रदान गरिएको अन्तराष्ट्रिय दर्नाल अवार्ड सामाजिक न्यायका लागि छोटो समयमा विशिष्ट जीवन विताउनुभई अल्पायुमै निधन हुनुभएका सुभाष दर्नालको सम्मानमा स्थापना गरिएको अन्तराष्ट्रिय पुरस्कार हो ।
यो अन्तराष्ट्रिय अवार्ड सामाजिक न्याय र दलित ससत्तिकरणका लागि संघर्षरत व्यत्ति, संस्था आन्दोलन वा अभियानलाई प्रत्येक वर्ष प्रदान गरिनेछ ।
सुभाष दर्नालको वार्षिकी स्मृतिको अवसर पारेर हरेक वर्ष १५ अगष्टमा सरिता परियार ट्रष्ट फण्ड र जागरण मिडिया सेन्टरको सहकार्यमा प्रदान गरिने यो अवार्डको पुरस्कार राशी पाँच लाख रहेको छ ।
दर्नालको २०६८ साल साउन ३० गते अमेरिकामा कार दुर्घटनामा परी निधन भएको थियो । दर्नाल जागरण मिडिया सेन्टरका अध्यक्ष, शान्तिका लागि साझा अभियान (कोक्याप)का संस्थापक अध्यक्ष तथा समता फाउन्डेसनका कार्यकारी निर्देशक समेत हुनुहुन्थ्यो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: