जागरण मिडिया सेन्टर

Home » अन्य » अन्तरजातीय बिवाहपछि हत्या प्रकरणः प्रधानमन्त्री प्रचण्डद्वारा चासो व्यक्त

अन्तरजातीय बिवाहपछि हत्या प्रकरणः प्रधानमन्त्री प्रचण्डद्वारा चासो व्यक्त

२०७३ भाद्र ८,जागरण मिडिया सेन्टर ।

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरजातीय बिवाह गरेकै कारण दलित युवाको हत्या भएको भन्ने घटनाबारे चासो व्यक्त गर्दै गृहमन्त्री, गृहसचिव र आईजिपीलाई बोलाएर जानकारी लिने बताएका छन् ।

DSC2418

बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काभ्रे घटना गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना भएको भन्दै तुरुन्तै गृहमन्त्री, गृहसचिव र आईजीपीलाई बोलाएर घटनाको यथार्थ बुझ्ने बताए ।
प्रधानमन्त्रीले भने, ‘तपाईहरुले घटनाको जानकारी गराउनुभयो, त्यसका लागि धन्यवाद । यो गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना हो । म तुरुन्तै गृहमन्त्री, गृहसचिव र आईजिपीलाई बोलाएर यसबारे जानकारी लिन्छु र आवश्यक प्रक्रिया अघि बढाउँछु ।’
भेटमा प्रधानमन्त्रीले गरीबका लागि सरकार, मन्त्रीपरिषद्मा दलितहरुको प्रतिनिधित्व र देशभरीका दलितका बच्चाहरुको जन्मदर्तामा प्रोत्साहन भत्ता दिने जस्ता निर्णय दलित र अन्य उत्पीडित वर्गतिर फर्कने सोंचसहित आएको बताए ।

बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिका प्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् ।
दलित अगुवाहरुले काभ्रे जिल्ला पाँचखाल–६ का अजित (ढकाल) मिजारको अन्तरजातीय बिवाहका कारण हत्या भएको भन्दै त्यसको निष्पक्ष छानविन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
अगुवाहरुले हत्यामा केटी पक्षका आफन्त र स्थानीय प्रशासनको समेत मिलेमतो रहेको भन्दै प्रधानमन्त्रीसँग केन्द्रीय तहमा छानविन समिति बनाउन, पीडकलाई कार्वाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए ।

– See more at: http://www.ratopati.com/news/73575/#sthash.hzYqobjC.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: