जागरण मिडिया सेन्टर

Home » अन्य » आर्थिक अभावका कारण दलित युवकको दाहसंस्कार हुन सकेन

आर्थिक अभावका कारण दलित युवकको दाहसंस्कार हुन सकेन

२०७३ भाद्र १३,जागरण मिडिया सेन्टर,

14159292_1230576090326659_1383889863_n

काठमाडौ, १२ भदौ । आर्थिक अभावका कारण मृत्यु भएको दुई दिन बितिसक्दा पनि एक दलित युवकको दाहसंस्कार हुन सकेको छैन् ।

मृतकको सब पोष्ट मार्टम गरी दाहसंस्कारका लागि सब बुझ्न अस्पतालले भनेपनि दाहसंस्कारका लागि आबश्यक रकम नहुदा सब अस्पतालमै राखिएको छ ।

डोटी जिल्लाको दुर्गामाण्डौ गाउँ विकास समिति वार्ड नं. ८ चन्केसैन घर भई हाल अध्ययनको सिलसिलामा ललितपुर बस्दै आएका २५ बर्षिय अपांग ब्यक्ति हरि सिं विश्वकर्माको यहि भदौ १० गते ललितपुर जिल्लाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

चन्केसैनको गरिब दलित परिवारमा जन्मेका बिश्वकर्मा जन्मजात दृष्टिबिहिन हुन् । उनका जेठा दाई र दुई बहिनी छन् । २०६५ सालमा गाउँकै श्री झिमेमालिका उच्च मा.वि.बाट दोस्रो श्रेणीमा एस.एल.सि.उतिर्ण गरि उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं बस्दै आएका उनी एक्कासी बेहोस भई ढलेका थिए ।

बेहोस उनको किष्ट अस्पतालमा आईसियूमा राखेर उपचार भई रहेको थियो । तर उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको हो । पाल्पा जिल्लाबाट गत पौष महिना बिवाह गरी श्रीमती मुना बि.क.का साथमा ललितपुर बस्दै आएका उनको अल्पायुमै मृत्यु भएपछि श्रीमती बेहास छिन् ।

बेहोस श्रीमतीको पनि किष्ट अस्पतालमै उपचार भई रहेको मृतकका साथी देविलाल पार्कीले बताए । भएजतीको रकम उपचारमा खर्चि सकेका उनको आर्थिक अभावका कारण दाहसंस्कार समेत हुन सकेको छैन् ।

दाहसंस्कारका काठमाण्डौंमा रहेका सभाषद्,नेताहरुले दिएको २६ हजार रुपैयाँ श्रीमती मुनाको उपचारका लागि खर्च भएपछि आर्थिक अभावका कारण मृतकको दाहसंस्कार हुन नसकेको हो । काठमाण्डौं रहनुहुने दलित अधिकारकर्मी,मेरा शुभ चिन्तक साथीभाईहरु,दलित नेता ज्यू हरु सब दाहसंकार गर्न र उनकी पत्नीलाई उपचारमा सक्दो सहयोग गरि दिन हुन अनुरोध सहित अपिल गर्दछु ।
सहयोगका लागि सम्पर्क गर्न चाहेमा  :  देविलाल पार्की ९८४८७९८६७४

– See more at: http://dalitonline.com/archives/14931#sthash.AYndFwMd.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: