जागरण मिडिया सेन्टर

Home » अन्य » १० हजार ऋण नपाउँदा तीन महिना देखि ओछ्यानमा ,कसैले ऋण पत्याएनन्

१० हजार ऋण नपाउँदा तीन महिना देखि ओछ्यानमा ,कसैले ऋण पत्याएनन्

२०७३ भदौ २२,जागरण मिडिया सेन्टर ।

प्रकाश सिंह

me3

कोल्टि ४ सिराडिका वर्षीया दलित वृद्ध दिप चदारा विरामी भएर थला परेको तीन महिना भइसक्यो । उनी दम चल्ने, ज्वरो आउने , खोकी लाग्ने रोगले ग्रस्त छन् । उनी अहिले निकै जीवनमरणको दोसाँधमा लडिरहेका छन् ।

केही दिन पहिला उनलाई कोल्टिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न उनलाई लगे पनि त्यहाँ ठिक भएन् । चेकजाँच प्राथमिक स्वास्थ्य केन्द्रमा गरेको भए पनि औषधि उधारो स्थानीय नीजी नविन मेडिकलबाट औषधि लिए तर ठिक भएन् । स्वास्थ्यकर्मीले सुविधा सम्पन्न ठाँउ वा बयलपाटा लग्न सल्लाह दिएको भए पनि उनलाई अन्यत्र लिन पैसा नभए पछि आफ्नो खरले छाएको पुरानो छाप्रो घरमा मृत्यु कुरिरहेका छन् ।
दुई वर्ष पहिला उनी विरामी पर्दा अछामको बयलपाटामा उपचार भएको थियो । तर अहिले उनलाई बयलपाटा लिन लाग्ने पैसा नभएका कारण रोग सँग भौतारिरहेका छन् । उनको साहारा उनकी वृद्ध श्रीमती सम्कला चदारा छन् । श्रीमानको उपचार खर्चका लागि उनले पुरै गाँउ चाहारीन् । कसैबाट पनि सापटी ऋण पाईनन्, कोही तिर्ने नदेखे पछि कसैले ऋण पत्याएनन्, अब कसरी श्रीमानको उपचार गर्ने सम्कलाले बताएकी छन् ।
ऋण पाइए पनि मासिक सयकडा ५ प्रतिशत ब्याज रुपैया पाइन्थ्यो, त्यहि पनि पाइएन्, आफु सँग केही तिर्ने नभए पछि कोहीले नपत्याउने उनले वताइन् । धेरै दिन गाँउ घुमे तर कसैले पत्याएनन्, अब पैसा नपाएर ज्यान जाने भयो आफ्नो श्रीमानको बारेमा रुँदै सम्कलाले वताइन् । वृद्ध दिपका दुई नावालक छोरा, तीन टुहुरा नाति नातिनी र श्रीमति पाल्ने जिम्मा उनको थियो । उनी नै बिरामी भएपछि पुरै परिवार अलपत्र अवस्थामा रहेको छ ।
दिपको परिवार दलित गरिव हुन्, । उनको वर्षभरीमा आफ्नै खेती बाट दुई महिना सम्म मात्र खान पुगेको छ । बाँकी समय मागेर र अरुका काम गरेर परिवार पाल्ने गरेको थियौ, घरको मुली नै बिरामी भए पछि अहिले परिवार पाल्न समेत निकै समस्या भएको सम्कलाले बताएका छन् । गाँउमा धेरै दलित परिवार रहेका छन्, सबैको आर्थिक अवस्था कमजोर रहेको छ । अन्य जातिले ऋण पत्याउदैन्, सामान्य समस्या पर्दा पनि ऋण पाउन ग्राहो भएको स्थानिय मंगल विकले वताएका छन् ।

– See more at: http://dalitonline.com/archives/15239#sthash.I24W7SZJ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: