जागरण मिडिया सेन्टर

Home » अन्य » सम्बोधनमा दलितका लागि के भने प्रधानमन्त्रीले ?

सम्बोधनमा दलितका लागि के भने प्रधानमन्त्रीले ?

२०७३ भदौ २४,जागरण मिडिया सेन्टर ।

????????????????????????????????????

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले दलित समुदायको शैक्षिक, आर्थिक उन्नतिका लागि विभिन्न कार्यक्रम घोषणा गरेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि विहिवार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै दलित उत्थान र विकास सम्बन्धी कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्दै विपन्न दलित छात्रछात्राको शिक्षामा पहँुच पुर्याउने कार्यक्रम सार्वजनिक गरेका छन् । सम्बोधनमा उनले भनेका छन्–‘ विपन्न दलित छात्रछात्रालाई विद्यालय जान प्रोत्साहित गर्न मासिक छात्रवृत्तिको व्यवस्था गरिनेछ । कर्णाली अञ्चल र दलितका पाँच वर्ष मुनिका बालबालिकालाई प्रदान गर्दै आएको मासिक दुई सय रुपियाँ अनुदानलाई चार सय पुर्याइनेछ । त्यसैगरी चेपाड., राउटे तथा मधेशका दलित र कर्णाली तथा सिमान्तकृत समुदायका बालबालिकाका लागि एक–एकवटा आवासीय विद्यालयको काम यसै आर्थिक वर्षदेखि शुरु गरिनेछ ।’ यस्तै प्रधानमन्त्री प्रचण्डले जनता आवास कार्यक्रमलाई विपन्न, चेपाड., राउटे, मुस्लिम, मुसहर,दनुवार, खत्वे, पोडे, चमार, गन्धर्व, वनकरिया, सुरेल, थामी र वादी समुदायमा विस्तार गर्नुका साथै प्रभावकारी बनाइने बताएका छन् । उनले आफ्नो सम्बोधनमा भनेका छन्–‘अति गरिबीको रेखामुनि रहेका परिवारलाई सरकारले सामूहिक जमानीमा एक लाख निब्र्याजी ऋणको व्यवस्था गर्नेछ ।’ तिनको कृषि उपज, पशु तथा उद्यमको वीमा शुल्क सरकारले व्यहोर्ने प्रधानमन्त्रीले घोषणा समेत गरेका छन् । नेपालका अति गरिवीको रेखामुनि धेरैजसो दलित समुदायकै परिवार पर्ने भएकाले यो कार्यक्रमले पनि दलित समुदायको आर्थिक अवस्था सुधार गर्न मद्दत पुग्ने आशा गर्न सकिन्छ । यस्तै सरकारले दलित लगायत अति गरिबीको रेखामुनि रहेका जनताको निःशुल्क स्वास्थ्य बिमा र कानूनी सहायताको व्यवस्था गर्ने प्रधानमन्त्रीले घोषणा गरेका छन् । सम्बोधनमा उनले भनेका छन्–‘जनता आवास कार्यक्रमलाई विपन्न, चेपाड., राउटे, मुस्लिम, मुसहर,दनुवार, खत्वे, पोडे, चमार, गन्धर्व, वनकरिया, सुरेल, थामी र वादी समुदायमा विस्तार गर्नुका साथै प्रभावकारी बनाइनेछ ।’ ‘गरिब जनाको पीडाले उद्वेलित भएरै म राजनीतिमा आएको हँु’ भन्दै प्रधानमन्त्री प्रचण्डले गरिबीको रेखामुनिका जनताका लागि केही गर्न नसकेकै दिन आफ्नो राजनीतिक जीवनको औचित्य समाप्त हुने पनि घोषणा गरे । ‘यो सरकारको मुख्य काम गरिबीविरुद्ध लडाई हुनेछ, गरिबका हितमा हुनेछ । सिमान्तकृत जनताले राज्यको आड भरोसा पाएनन् भने विद्रोह त्यहीँबाट शुरु हुनेछ, उनले सम्बोधनमा भनेका छन्–‘त्यसैले ती जनताप्रति जिम्मेवारीबोध गरेरै मैले मन्त्रीपरिषदको पहिलो बैठकबाटै ‘गरिबका लागि सरकार कार्यक्रम घोषणा गरेको हुँ ।’

– See more at: http://dalitonline.com/archives/15289#sthash.X9HpttcF.dpuf

Advertisements

1 Comment

  1. Ujjyalo Deep says:

    विभेद गर्ने पुजारी दोषी ठहर दीपक परियारपोखरा, २४ भदौ जातीय विभेदको मुद्दामा भदौरेतामागीका पुजारी देवीप्रसाद पौडेल (दुर्गादत्त)लाई कास्की जिल्ला अदालतले दोषी ठहर गरेको छ । न्यायाधीश नरेन्द्रलाल कर्णको एकल इजलाशले बिहीबार पुजारीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो । सरकारवादी हुने जातीय विभेदको मुद्दामा जाहेरवालाको तर्फबाट जिल्ला न्यायाधिवक्ता परशुराम पहारी र अधिवक्ता शिव सुनारले बहस गरेका थिए । प्रतिवादी देवीप्रसादको पक्षमा अधिवक्ता खिमनाथ तिमिल्सिनाले बहस गरेका थिए । यसअघि जेठ २५ गते पूजारी पौडेललाई जिल्ला न्यायाधीश शेखरप्रसाद पौडेलको इजलाशले ११ हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छोडेको थियो । जातीय विभेद गरेको भन्दै भदौरेतामागी ढापस्वाँराका धनबहादुर विक, यामबहादुर विक, खुसीमान विक र सेतुमाया विकले जाहेरी दिएपछि पूजारी पौडेल जेठ १४ गते पक्राउ परेका थिए । गाउँकै देवीमाई मन्दिरमा जेठ ८ गते चण्डी पूर्णिमाका दिन पूजा गर्न पुगेका दलितलाई पूजारीले मन्दिर प्रवेशमा रोक लगाएको पीडितले बताएका थिए । मन्दिरमा पुगेका ब्राह्मण र गुरुङलाई टीका लगाएपनि दलित समुदायलाई अछूत भन्दै टीका लगाएका थिएनन् । घटनाको अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोगको टोली भदौरे पुगेको थियो । दलित अगुवा भीमबहादुर विक ‘क्षितिज’ ले सजायँ कति भयो भन्दा पनि दोषी ठहरिनु महत्वपूर्ण भएको बताउँछन् । उनले सम्मानित जिल्ला अदालतले भदौरेका दलितलाई न्याय गरेको बताए । यसअघि भदौरेमै अनमि अम्बिका सुनारलाई जातीय विभेद गर्नेले भने सफाइ पाइसकेका छन् ।सार्वजनिक मात्र नभइ निजी ठाउँमा पनि जातीय आधारमा विभेद गर्न नपाइने संविधानमै उल्लेख छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन) २०६८ ले जातीय विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद, १ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा भने यो सजाय दोब्बर हुन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: