जागरण मिडिया सेन्टर

Home » अन्य » साँचो प्रेमले मनलाई रोज्यो, न जातले छेक्यो न धर्मले रोक्यो !

साँचो प्रेमले मनलाई रोज्यो, न जातले छेक्यो न धर्मले रोक्यो !

गणेश लम्साल

२०७३ भदौ २७,जागरण मिडिया सेन्टर

13

विराटनगर ११ अशोक चोकका बद्रे आलम र रन्जना विश्वकर्माको विवाहित जोडी समाजमा जातिय र धार्मिक र अपाङंगता विभेद अन्तका लागि अनुकररणीय उदाहरण बनेको छ ।

दलित र गैरदलितबीच विवाह गर्दा जबर्जस्ती अलग गराउने, परिवारलाई कुटपिट, थिचोमिचो र सामाजिक बहिष्कार मात्र होइन ज्यानै लिने जस्ता जघन्य अपराध समेत हुने गर्छन् हाम्रो समाजमा । तर विराटनगरमा जात मात्र होइन धर्म र शारिरीक अवस्था समेत फरक भएका एक जोडी समाजमा उदाहरणीय बन्न सफल भएको छ । यो उदाहरणीय जोडी हो विराटनगर–११ अशोक चोक निवासी मोहम्मद जफिर आलमका छोरा ३२ वर्षिय बद्रे आलम (मुसलमान) र सोही ठाउँका मोहन विश्वकर्माकी २६ वर्षीया अपांगता भएकी छोरी रन्जना विश्वकर्मा (हिन्दु) । पाँच वर्षदेखिको प्रेम सम्बन्धलाई २०६६ मा कानुनी र सामाजिक मान्यता दिन सफल भएका यो दम्पत्तिमा पत्नी रन्जनाको दाहिने गोडा जन्मजात अपाङ्ग छिन् । उनी लाठीको सहारा बिना हिँडडुल गर्न सक्दिनन् । तर पति बद्रे भने हट्टाकट्टा र सबलांग छन् । छिमेकमा सँगै जोडिएको छ बद्रेको घर र रन्जनाको माइती । अन्तरजातीय र अन्तर धार्मिक विहे गरेको भएपनि उनीहरुलाई दुवैतर्फ आवत जावतमा कुनै रोकछेक छैन । बरु बद्रे र रन्जना मात्र हैन, दुवै तर्फका सम्धी सम्धीनीहरुको सम्बन्ध समेत झन् हार्दिक बनेको छ । मुस्लिम पर्व भएका बेला हिन्दु सम्धि सम्धिनीहरु मुसलमान सम्धिकोमा आएर ‘मेजमान’ गर्छन् । अनि हिन्दु पर्व परेका बेला मुसलमान सम्धीसम्धिनीहरु हिन्दुकोमा गएर भोज भतेरमा सहभागी हुन्छन् । दुवै परिवार सुखका बेला मात्र हैन, दुखका बेला पनि एक हुने गरेका छन् ।

unnamed-1

बद्रेका बाबु मोहम्मद जाफिरले छोराले हिन्दु धर्मकी र कथित दलित बुहारी ल्याएकोमा गर्व लागेको बताउँछन् । उनी भन्छन्– रगत सबैको रातो हुन्छ भने जातभात र धर्मको भेदभाव किन गर्ने, दुई जनाको मन मिलेपछि त सकियो नि ।’ रन्जनाकी आमा श्यामा विश्वकर्मा पनि छोरीले मुस्लिम केटासँग बिहे गरेकोमा कुनै आपत्ति नभएको सगौरव सुनाउँछिन् । भन्छिन् – ‘छोरी ज्वाईंको खुसीमा हामी पनि खुशी र सुखी छांै, जात र धर्मको भेदभाव त मुर्खले मात्र गर्छन् ।’ उनका अनुसार दुवै परिवार मिलेर रन्जना र बद्रेको बिहे सामाजिक रुपले पनि सम्पन्न गरिसकिएको छ । रन्जना र बद्रेको बिहेलाई लिएर छिमेकीहरुले जात र धर्म मात्र हैन, शरीरको अंग पनि नमिलेको भन्दै पहिले कुरा पनि काटे । तर समाजमा संघर्ष गरेर सँगै बस्न सफल भएका उनीहरुलाई आजकल सबैले उदाहरणीय जोडी भन्दै प्रशंसा गर्न थालेका छन् । समाजले कुरा काटे पनि दाम्पत्य जीवन सफल पार्न सफल जोडी बद्रे र रन्जना पनि हर्षित हँुदै भन्छन्– ‘हामीले मनले प्रेम गरेर विवाह गरेका हौं, साँचो प्रेम गर्ने सबैले जात, धर्म र धनसम्पत्ति हैन, हामीले जस्तो भित्री मनले गरुन् ।’ बद्रे फर्निचर मिस्त्री हुन् । उनी सोफा बनाउने काम गर्छन् । रन्जना घरमा सकेको भात भान्साको काम गर्छिन् । अन्तरजातीय विवाह गर्नेलाई सरकारले घोषणा गरेको एक लाख रुपैया पुरस्कार लिने जोडीमा चिनिएका बद्रे र रन्जनाले पुरस्कार बापत पाएको पैसामा थपेर नगरपालिकाभित्रै दुई लाख ५० हजारमा घडेरी किनेका छन् । भविष्यमा मेहनतले कमाएको पैसाले घर बनाएर सुखीसँग बस्ने उनीहरुको योजना छ । अहिले रन्जनाले किराना र बद्रेले आफनै फर्निचर पसल चलाउन थालेका छन् । तर व्यापार सानो भएकाले घर बनाउन सक्ने पुँजी भने संकलन भइनसकेको उनीहरु बताउँछन् ।

– See more at: http://dalitonline.com/archives/15366#sthash.7HATMfky.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: