जागरण मिडिया सेन्टर

Home » अन्य » आफै समाचारको श्रोत बने : पत्रकार छत्र परियार

आफै समाचारको श्रोत बने : पत्रकार छत्र परियार

जनक नेपाली

२०७३ असोज ७,जागरण मिडिया सेन्टर ।

46

विभिन्न सांस्कृतिक कार्यक्रममा गीत गाएर दर्शकलाई छमछमी नचाएको देखिन्थ्यो, उनी सहभागी भएका विभिन्न कार्यक्रममा दर्शकहरुलाई उफ्री उफ्री नचाउदै आफु पनि नाच्दै गीत गाउथे । गीतको धुनसंगै रमाउदै दिन विताएका राजपुर ९ भौवानाका छत्र परियारको दिनचर्या हिजो आज दुःखमय वनेको छ । पत्रकारिता संगै साङ्गीतिक क्षेत्रमा लागेका परियार अहिले क्यान्सरबाट पिडित छन । परियार यति वेला न गीत लेख्ने कुनै शब्द भेटाउँछन् न समाचार लेख्ने श्रोत बरु समाचारको श्रोत बनेर सबै संग सहयोगको याचना गर्दै छन् । अहिले छत्रको वाध्यताको डोरीले जीवनको दुःखमय घडिमा डो¥याएको छ । पहिले जहाँ भेट्दा पनि गीत गुन्गुनाउदै हिड्ने छत्र अहिले वेदना सुनाउँदै हिडेका छन् । गत फागुन २ गते चितवन भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा आन्द्रामा क्यान्सर भएको डाक्टरले भनेपछि थाहा भएको छत्रले वताए । सायद दुई घण्टा ढिलो मात्र अस्पताल पुगेको भए बाँच्नसक्ने अवस्था निकै कम थियो, छत्रले भने । केही समय चितवनमा उपचार गराएर घर फर्केका परियारको बाँच्ने रहरहरु विस्तारै पलाउदै गए । दैव पनि कस्ता निष्ठुरी सायद छत्रलाई गाउँ घरमा डुलेकोे मन परेन होला । त्यसैले होला सायद छत्र अहिले काठमाण्डौ स्थित टिचिङ अस्पतालको बेडबाट जीवनको भीख मागीरहेका छन् । आर्थिक अभावको चपेटामा परेका परियार संग अहिले औषधी खानलाई पैसा समेत छैन । अस्पतालमा दैनिक तीन ÷चार हजारको औषधी र दैनिक हजार रुपैयाँको वेडचार्ज तिर्ने सक्ने अवस्था छैनन । आन्द्राको क्यान्सर बाट पिडित परियारको पछिल्लो समय मुटु र फोक्सोको बहिरी भागमा समेत पानी जमेको छ भने जन्डिसले समेत ग्रसित वनाएको उनकी श्रीमती पिमा परियारले वताइन् । दश महिने दुधे वालक काखमा च्यापेकी पिमाले आप्mनो श्रीमानको ज्यान बचाइदिन आग्रह गरेकी छिन् । काठमाण्डौका चोक चोकमा श्रीमानको ज्यान बचाउँनका लागि सहयोग माग्दै हिँडेकी पिमाका कुरा अहिले सम्म कसैले सुनेका छैनन् । आर्थिक अभाव हुदा उनलाई एकातिर मृत्यु र अर्कातिर जीवन लिएर भौतारिरहनुपर्ने स्थिति सिर्जना भएको पिमाले दुखेसो पोखिन् । औषधी गर्नका लागि पैसा नहुदा अस्पताल बाट समेत विदा दिने अवस्था रहेको पिमाको भनाई छ । छत्रको उपचारका लागि घरखेत बेचेर समेत औषधी गर्न नपुग्ने वताउँदै ज्यान बचाईदिन श्रीमती पिमाले सबै संग याचना गरेकी छिन् । दुर्गम क्षेत्रमा सामान्य किसान परिवारमा जन्मनु अभिसाप बनेको छ र मृत्यु स्वीकार्नु बाहेक अरू विकल्प हाम्रा सामु केही छैन, तर सास रहुन्जेल आश भनेझैं उनले हार खाएका छैनन र आफ्नो जीवन वचाइ दिन दानवीर समक्ष हारगुहार गरेका छन । यति खेर छत्रले सबै सामु हात फैलाएर आफ्नो जीवनको भीख मागिरहेका छन । उपचारका लागी घरको आर्थिक अवस्था कमजोर भएकाले उपचार गर्न समस्या भएको भन्दै पिमाले मानवीय नाताले भए पनि आफ्नो श्रीमानको जीवन रक्षा गरिदिन सबैलाई आग्रह गरेकी छिन् । “श्रीमानलाई जीवनको आशा छ, स्वदेश तथा विदेशमा रहेका जीवनदाताहरुले मलाई अमुल्य जीवनको दान गर्न बिन्ति विसाउँछु । घरमा श्रीमान विरामी परेपछि बृद्ध सासु ससुरा पनि विचल्लीमा पर्नु भएको छ । घरमा साना देवर, नन्द र दश महिने दुधे छोरा काखमा छ, उपचार खर्च कसरी जुटाउनु ,गहभरी आसु झार्दै पिमाले भनिन् । मेरा सासु सुसुर, नन्द, देवरलाई कसरी पाल्नु त्यसमा श्रीमानलाई यति ठुलो रोगले छोएको छ । कसरी बाँच्नु, भगवान कै भरोसामा छौ । त्यसैले श्रीमानको ज्यान बचाइदिन पिमाले सबै संग याचना गरेकी छिन् ।

– See more at: http://dalitonline.com/archives/15714#sthash.qtD5OZ5c.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: