जागरण मिडिया सेन्टर

Home » अन्य » ‘कुनै पनि हालतमा त्यो चमारलाई पशुपतिभित्र पस्न दिने छैनौं’

‘कुनै पनि हालतमा त्यो चमारलाई पशुपतिभित्र पस्न दिने छैनौं’

पूर्णभद्र अडिगा

२०७३ असोज ७,जागरण मिडिया सेन्टर ।

अम्बेडकरबारे मेरो बाल्यकालीन सम्झना

पशुपतिनाथ हिन्दु मन्दिर हो । ‘हिन्दुलाई मात्र प्रवेश’ भनी लेखिएको साइनबोर्ड अहिले पनि मन्दिरको मुख्य द्वारमा देख्न सकिन्छ । हरेक दिन हजारौं मानिस आउने मन्दिरमा आज पनि कोही इसाई (गोरो) जस्तो वा कोही इस्लाम धर्मावलम्बीजस्तो (दाह्री–जुंगा पालेको) वा गैरहिन्दुजस्तो शंका लाग्ने कोही विदेशी त्यता देखिए मुलद्वारमै प्रश्न सोध्ने गरिएको छ । बौद्धमार्गीहरु वा कोही बौद्धमार्गीजस्ता देखिनेहरुलाई भने त्यस्तो गर्ने गरिएको छैन । सिखहरुलाई पनि त्यस्तो गरिँदैन ।

म केटाकेटी छ“दा मन्दिरभित्र पस्न अझ निकै कडाइ थियो । ती दिनमा हिन्दुभित्र पनि हिन्दु जात प्रथाका विभिन्न तप्कालाई मन्दिरभित्र प्रवेश निषेधको अवस्था थियो । कुसुले र दमाईंलाई पशुपतिनाथको मन्दिर पस्ने चार वटा चा“दीका द्वार पुग्ने सिंगमर्मर बिछ्याइएका सिंढी पनि चढ्न रोक लगाइएको थियो । कसाईहरुलाई कीर्तिमुख भैरवको मूर्तिसम्म मात्र जान अनुमति थियो, जहा“ कसाईहरुले प्रत्येक पूर्णिमाको रात एउटा रा“गोको बध गर्छन् । चौसठ्ठीभन्दा पल्लोतिरको दक्षिणी ढोकाभित्र त्यस्तो बलि दिने गरिन्छ । पोडे र च्यामेहरुले त मन्दिरको वरपरमै चित्त बुझाउनुपथ्र्यो । सार्कीहरुले सबै परिधिभन्दा बाहिर आफूलाई सीमित राख्नुपथ्र्यो । धर्मको नाममा थोपरिएका ‘छुन हुने’ र ‘छुन नहुने’ भन्ने असङ्ख्य मान्यताका कारण उतिबेला त्यो बन्दोबस्तले काम ग¥यो । त्यतिबेला मन्दिरमा आउने आगन्तुकहरु पनि धेरै थिएनन् । मन्दिरमा आउने प्रायशः नियमित रुपमा आइरहने भक्तालु नै हुन्थे । मूलभट्ट र मुख्य प्रशासक ः रावलका रुपमा मेरा पिताजी ती मूल्यमान्यताका रेखदेखकर्ता पनि हुनुहुन्थ्यो ।

सन् १९५६ अक्टोबरको एक दिन रेडियोमा भारतका विख्यात कानुनवेत्ता र भारतीय संविधानका मुख्य आर्किटेक्ट बाबासाहेब बीआर अम्बेडकर नेपाल भ्रमणमा आउन लागेको समाचार प्रसारण भयो । आफ्नो भ्रमणका क्रममा उनले पशुपतिनाथ मन्दिरको पनि दर्शन गर्ने बताइयो । समाचारको यो अंशले मूलभट्ट बाजेको घरको धार्मिक मान्यतामा भुइ“चालो ल्याइदियो । भारतको कोही पनि प्रभावशाली व्यक्तित्वलाई पशुपतिनाथमा हार्दिकतापूर्वक सत्कार गरिन्थ्यो र आर्शिवाद दिने चलन पनि थियो । तर अम्बेडकर चमार भएको तथ्य सबैलाई थाहा थियो र भारतको चमार भनेको नेपालको सार्की हो । एकजना हिन्दु धर्मभीरुले कसरी चमारलाई मन्दिरको परिसरभित्र पस्न दिन सक्थे र ?

सो विषयमा बडागुरुज्यू र राजदरबारमा सरसल्लाह भयो । अरु नै कुनै कारण राखेर तात्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई अम्बेडकरको भ्रमण र पशुपतिनाथमा उनको भ्रमण स्थगित गर्न तत्काल पत्राचार गरियो । त्यतिबेलाको मेरो उमेरमा मैले त्यसको कूटनीतिक गहिराइको त भेउ पाइन“ नै, तर हाम्रो घरमा भइरहेको तनावको उच्चाइ भने निकै उ“चो भएको मैले बुझेको थिए“ ।

राणावंशका उत्तराधिकारी तथा कट्टर हिन्दु जर्णेल माधवशम्शेर जबरा एकाबिहानै मुर्मुरिँदै हाम्रो घर आइपुगे । उनी हाम्रा पिताजीका भक्त थिए । पिताजीका पाउमा आफ्ना शीर राखेर उनले पिताजीप्रति आदर प्रकट गरे । एक जना राणाकुलको सदस्यले यसरी कसैका पाउमा शीर झुकाउनु बिरलै देखिने घटना थियो । त्यो दिन हामी निकै फुरुङ्ग भयौं । दुवै जनाबीच केही बेर वार्तालाप भयो । मेरो अनुमानमा उहा“हरुबीचको वार्तालाप लगभग यस्तो थियोः

जर्णेल माधवः ‘हामी कुनै पनि मूल्यमा त्यो चमारलाई मन्दिरभित्र पस्न दिने छैनौं ।’
पिताजीः ‘के गर्नु खोई ? मैले बडागुरुज्यूकोमा गएर धार्मिक मूल्यमान्यताबारे बेलीविस्तार लगाइसकेको छु । उहा“ टाउको मात्र हल्लाएर बस्नुभयो, केही मर्जी भएन ।’
जर्णेलः ‘सरकारको के राय छ त ?’
पिताजीः ‘मैले प्रधानमन्त्री टंकप्रसाद आचार्यस“ग भेट्न समय मागेको थिए“ तर उहा“ले मलाई भेट्न समय नै दिनुभएन ।’
जर्णेल ः ‘दरबारको राय के त ?’
पिताजीः ‘मैले श्री ५ का प्रमुख निजी सचिवलाई सबै भनेको छु । उहा“ले श्री ५ समक्ष सबै कुराको विन्ती चढाउने र श्री ५ स“ग भेट्ने समय मिलाउने वचन दिनुभएको थियो । तर अम्बेडकरलाई नेपालमा टंकप्रसाद आचार्य सरकारले नै आमन्त्रण गरेको र भ्रमणको कार्यक्रम मिलाएको हुनाले प्रधानमन्त्री टंकप्रसाद आचार्य र उहा“को सरकारस“गै कुराकानी गर्न भनी पछि उहा“ले खबर गर्नुभयो ।’
जर्णेलः ‘सालेहरु ।’
पिताजीः ‘म सबै दैलोदेखि दरबार चहारिसकेको छु । मलाई त म बेकारको हेलाँको पात्र भएँजस्तो लाग्यो । एक जना पुजारी मान्छे । दैनिक मन्दिरका नित्य कर्म गरेर म कसरी सरकारस“ग लड्न सक्छु र ?’
जर्णेल ः ‘ठीक छ गुरुज्यू, अब मेरो कुरा सुन्नुहोस् । हजुर यो देशको धर्माधिकारी हुनुहुन्छ । हजुरले आफ्नो आस्था र मूल्यमान्यतामा उभिनु पर्दछ र सनातन धर्मको रक्षा गर्नु पर्दछ । हामी जनताले मन्दिरको रक्षा गर्ने छौं र हामी रगतको खोलो बगे पनि त्यो काम गरिछाड्छौं । म क्षेत्रीको छोरो हु“ । परेको बेला निडरताका साथ टाउका काटेर आएको पुर्खाको सन्तति हु“ म । हजुर अरु बेलाजस्तै भगवान पुज्दा पुजारीको वस्त्र पहिरेर पश्चिम मूलद्वारभित्र बस्नुहोस् । म द्वारबाहिर हातमा गोली भरिएको पिस्तोल र कम्मरमा खुकुरी भिरेर बसेको हुने छु । हामीले कोरेको लक्ष्मणरेखा नाघ्ने जोकोहीमाथि गोली हान्न म तम्तयार भएर बसेको हुने छु । मैले यो पवित्र तीर्थस्थल वरपर आफ्ना मानिसहरु यत्रतत्र छरेर राख्ने छु र परीआए तिनीहरु सिपाहींको रुपमा रगत बगाउन पनि तयार हुनेछन् । उनीहरुले पश्चिम द्वार खोल्न लासमाथि टेकेर अघि बढ्नु पर्ने छ । हजुर कत्ति पनि नआत्तिनुस् । ती धर्मभक्षकहरु सबै पुच्छर लुकाएर कुलेलम ठोक्नेछन् ।’

जर्णेल माधव शम्शेरले घु“डा टेकेर विदा मागे । त्यतिबेला उनको शीर ठाडो थियो र मुहारमा दृढता प्रस्ट बलेको थियो । त्यो खबर चारैतिर तुरुन्तै फैलियो, तर चिन्ता मिसिएर । देवपाटन वरपरका अधिकांश बासिन्दा नेवार र बाहुन थिए । उनीहरु सबै पिताजीका पछि लागे । यहा“ ‘पछि’ शब्दको अर्थ सबभन्दा अगाडिको मोर्चा जर्साबले भेला गरेका क्षेत्रीहरुलाई छोडिएको थियो । सुनको सा“ढे र उसको बच्चाको उत्तरतिरका भजन मण्डलमाथिको सत्तल जर्णेल माधव र उनका सहयोगीको अड्डा बन्यो । धनी राणा हिन्दु धर्म रक्षाका लागि आफ्ना सबै सुविधा त्यागेर त्यहा“ बसेका थिए । त्यही बेला अम्बेडकरबाट पनि आफू मन्दिरभित्र पस्न उत्तिकै दृढ रहेका वाणी सार्वजनिक भयो । उनले आफूले बुद्ध धर्म वरण गरिसकेको हुनाले अब आफू चमार नभएको दाबी गरिरहेका थिए । हिन्दु धर्म त्यागेपछि उनी आफू जात–प्रथाको सिक्रीबाट मुक्त भइसकेका थिए । बुद्धमार्गीहरुलाई मन्दिरभित्र पस्नमा कुनै रोकतोक थिएन । तर हिन्दु कट्टरवादीहरु एक पटक चमार भएपछि ऊ सधैं–सधैंका लागि चमार हुने र पशुपतिनाथले आफ्नो भूमि चमारको पाउले छोएको सह्य हुन नसक्ने भन्दै थिए । ‘ज्यू“दा शहिद’ टंकप्रसाद आचार्य नेतृत्वको तात्कालीन श्री ५ को सरकारले चुपचाप तमासे बनेर हेर्ने बाटो छान्यो ।

नोभेम्बर महिनाको चिसो–चिसो दिन थियो । त्यस्तै दिनको २ः३० बजेतिर पशुपतिको दैनिक पूजाअर्चना सकाएर पिताजी घर पुग्नुभयो । हतार–हतार लुगा फुकाल्नुभयो । अलिबेर लगाएर पिसाब फेर्नुभयो र चर्को आवाजमा पाद्नुभयो । एक कप दूध पिउनुभयो । फेरि लुगा लगाउनुभयो र कहा“ के भइरहेको छ भनी बुझ्न बाहिर निस्कनुभयो । लगभग ६ घण्टासम्म उहा“ले पिसाब र पाद रोकेर बस्नुभएको रहेछ । पुजारीको रुपमा उहा“ले मन्दिर परिसरमा बिताउनुभएका वयस्क वर्षहरुभरि पिताजीले बिताउनुभएको यही नियमित दिनचर्या थियो ।

पश्चिम द्वारमा जीर्ण इस्पातको ढोका भर्खरै नया“ बनाइएको थियो । भव्य देखिएको त्यो द्वार अरु पुराना संरचनाभन्दा भिन्न खालको थियो । राजा महेन्द्रको हुकुममा त्यो ढोकाको पुनःनिर्माण गरिएको थियो । त्यो दिन त्यस्तै ३ बजेतिरबाट त्यो क्षेत्रमा निगरानी शुरु भइसकेको थियो ।
द्वारमा भित्रबाट ताला लगाइएको थियो । पिताजी घा“टीमा रुद्राक्ष बेरेर पुजारीको वस्त्र लगाएर दायाँ हातमा जलले भरिएको जलदानी बोकेर पाउमा काठको खराउ लगाएर द्वारपछाडिको मुख्य थलोमा उभिनुभएको थियो । उहा“का पछि अरु सबै पुजारी र ब्राह्मण पङ्क्तिबद्ध भएर उभिएका थिए । द्वार र घु“डा टेकेर बसेका सुनका बसाहाबीचको खुला ठाउ“ पुजारीहरु, ब्राहमणहरु, सन्तमहन्तहरु, गोरखनाथबाट आएका योगीहरु, साधु र अरुले भरिएको थियो ।

जर्णेल माधव शम्शेर हातमा पिस्तोल र कम्मरमा खुकुरी भिरेर ताला लगाइएको द्वारको अघि र बाहिर त्यतै आउने बाटोतिर हेरेर उभिएका थिए । उनले हिउ“जस्तै सेतो दौरा–सुरवाल, कफी रङ्गको इस्टकोट र ढाका टोपी लगाएका थिए । उनको अघि उभिएको भीड क्रमशः बढिरहेको थियो । त्यहा“ कोही महिला भने थिएन । त्यहाँ विभिन्न रङ्ग र ढङ्गका आभूषण लगाएका पुरुष जम्मा भइरहेका थिए । कोही उत्सवमा आएजस्तो लुगामा थिए भने सबै केही न केही उल्लेखनीय भावभंगिमा बनाएर त्यहा“ भेला भएका थिए । गरिब किसान, भिखारी, शारीरिक रुपमा अक्षम मानिस पनि त्यहा“ जम्मा भइरहेका थिए । म त्यहा“ भेला भएका बच्चाहरुमध्ये एक थिए“, जसका आ“खा पिताजीका लेफ्टिनेन्टमा टक्क अडिएका थिए ।

मेरो लागि त त्यो ठूलै उत्सव थियो । घरमा भएका सबै संवादमा म सहभागी थिए“ । त्यो ऐतिहासिक निर्णय गर्ने क्रममा भएका सबैजसो संवादमा म सामेल थिए“ । रेडियो नेपालका समाचारवाचक भोग्यप्रसाद शाह वा हरि श्रेष्ठ होस् अथवा अल इन्डिया रेडियोका देवकी नन्दन पाण्डे वा इन्दु वाही, उनीहरुले समाचार पढेको सुन्दासुन्दै म अम्बेडकरको नाम प्रस्ट ठम्याउन सक्ने भइसकेको थिए“ ।

दिल्लीमा कृष्ण भएका व्यक्तिलाई देवपाटनमा सिंहदरबारले कंश बनाइदिएको थियो । अनि मेरो नाकैसामु कुरुक्षेत्रको लडाइँ चा“डै हुन लागेको थियो । प्रत्येक मिनेट घण्टाजस्तो लाग्न थालेको थियो । त्यही बेला केही हलचल भयो । मानिसहरुको मुटुको ढुकढुकी बढ्यो । त्यस्तै ४ बजेतिर ५ वटा कार र जीप हावाको बेगमा आएर दक्षिणामूर्ति मन्दिर नजिक बाटोको छेउमा आएर रोक्किए । गाडीबाट बाहिर निस्केका ५–६ जना मानिस सबैले भिक्षुको वस्त्र लगाएका थिए र हातमा खैरो रङ्गका मालामा गेडा गन्दैथिए । त्यो सानो समूहको नेतृत्वको एक जना कालो–कालो र मोटो–मोटो व्यक्तिले नेतृत्व गरेका थिए । त्यो व्यक्तिको हाउभाउ र अरु पक्ष उनीस“ग आएका मानिसहरुको हेरी केही भिन्न खालका थिए । उनका आ“खा धपक्क बलेका थिए । मलाई लाग्यो– पक्कै अम्बेडकर यही व्यक्ति हुनु पर्दछ । अरु मानिसहरु सबै हुर्केका पाठा जस्ता थिए ।
द्वारबाहिर बसेका मानिसहरुले नारा लगाउन थाले । उनीहरु चिच्याएका नाराहरु मैले त्यसअघि सुनेको थिइन“ । ढोकाभित्र जम्मा भएका मानिसहरु ‘हर हर महादेव’, ‘पशुपतिनाथ कि जय’, ‘भोले बाबा की जय’, ‘धर्म रक्षति रक्षतः’ भनी चिच्याइरहेका थिए । ती नारा भने मैले सुन्दै आएका थिए ।

पहेँलो वस्त्र लगाएका पा“च जना मानिसहरुको समूह बिस्तारै अघि बढ्यो । जर्णेल माधव शम्शेर जबराले केही कुरा भने । खरानी रङ्गको लुगा लगाएका एक जना मानिस जर्णेलतिर फर्केर सलाम ठोकेर फनक्क फर्केर आगन्तुकतिर अघि बढ्यो ।

त्यो व्यक्तिले चकले कोरेको सेतो रेखातिर औंल्यायो । उसले त्यो रेखा नऔंल्याएसम्म मैले त्यो सेतो रेखा देखेको पनि थिइन“ । आगन्तुक भने विस्तारै, तर नरोकी अघि बढिरह्यो । खरानी रङ्गको लुगा लगाएका व्यक्ति दौडेर जर्णेलतिर पुग्यो । जर्णेलले आदेश जारी गरे, पिस्तोल उठाएर गोली हान्न ठीक्क पारे । उनका सहयोगी हतार–हतार आगन्तुकहरुतिर दौडिए । उनीहरुले केही पाइला अघि सुस्तरी चाले र लक्ष्मण रेखाभन्दा थोरै पछि उभिए । उनीहरु त्यहीँ रोकिए ।

त्यो समूहका नेता आफ्ना भिक्षुहरुतिर फर्किए । अरु भिक्षुहरु नेताभन्दा केही पाइला पछि थिए । ‘भद्रता’ भन्ने शब्द त मैले पछि मात्र थाहा पाएको हु“ तर त्यो क्षण मैले त्यही अनुभव गरेको थिए“ । समयको एउटा अवर्णनीय क्षणपश्चात उनीहरु फर्के र पशुपतिनाथ मन्दिरतिर पिँठ्यु फर्काएर अघि बढे । नोभेम्बरको चिसो सा“झ पनि मेरो खलखल पसिना छुट्यो । आखिरमा जर्णेल माधवका ‘सिपाहींहरु’ र भिक्षुहरुको लडाइँ अहिंसामा सकियो । तर जसै अम्बेडकर स्वाभिमानीपूर्वक र दयाभावका साथ फर्के, त्यहा“ भएको कोकोहोलो ज्यादै भद्दा भइदियो । त्यो सा“झ एउटा कृतघ्न इष्र्याले भतभती पोलेको आवाज सुनियो, ‘त्यो सार्कीलाई चार महिनाभित्र पशुपतिनाथले देवभत्र्सनाको सजाय संहार गरेर दिनेछन् ।’

अम्बेडकरको निधन ६ डिसेम्बर सन् १९५६ मा भयो ।
(अनुवादक : नीरज लवजू)
http://kathmandupost.ekantipur.com/news/2016-08-22/childhood-memory-on-br-ambedkar.htmlबाट अनुवाद

– See more at: http://esamata.com/archives/insight/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: