जागरण मिडिया सेन्टर

Home » अन्य » सिनो खाने दलितलाई कारवाही

सिनो खाने दलितलाई कारवाही

प्रेम सुनार

२०७३ असोज १०,जागरण मिडिया सेन्टर ।

9eb0c99103e02fb3b51eb2a1959ff011_l

गुल्मीको विकट गाविस ह्वाङ्गदीमा दलित समुदायले सिनो खान नछाडेपछि एक संगठनले कारवाही गर्ने निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा ह्वाङ्गदी गाउँ कमिटीले यस्तो निर्णय गरेको हो ।
संगठनका जिल्ला सदस्य तथा नेकपा माओवादी केन्द्र ह्वाङ्गदी गाउँ कमिटीका अध्यक्ष समेत रहेका तुलबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा बसेको दलितहरुको भेलाले सिनो खाएको थाहाँ पाएको पहिलो पटक पाँच हजार रुपैयाँ जरीवाना गर्ने दोश्रो पटक थाहाँ पाए १० हजार र तेश्रो पटक थाहाँ पाए प्रशासनमा उजुरी दिएर कारवाही गराउने निर्णय गरिएको हो ।
अध्यक्ष विश्वकर्माले दलित समुदाय एकताबद्ध नभएसम्म गलत संंस्कार र विकृति विसंगती हटाउन नकिने बताए ।
उनले दशै तिहार जस्ता चाड पर्वहरु भड्कीलो गरी नमनाउने , जाँड रक्सी सेवनबाट झै झगडा र अन्य कुनै गलत कार्य निम्तिन सक्ने भएकोले त्यस प्रति हरेक परिवारका सदस्यहरु सचेत हुनु पर्ने सुझाव दिए ।
डेढ सय घरधुरी दलित समुदाय रहेको ह्वाङ्गदीमा कतिपय दलितले गाईको मासु समेत खाने गरेको आरोप विगतमा लाग्ने गरे पनि अहिले त्यस्तो नरहेको र यहाँका दलित समुदायमा शिक्षा र सभ्यताको विकास समेत भएको अध्यक्ष विश्वकर्माले बताए ।

आर्थिक अवस्था भने अझै पनि कमजोर रहेको बताउँदै उनले सरकारी निकायले आय आर्जन मुलक कार्यक्रममा जोड दिन आग्रह समेत गरे । नेपाल राष्ट्रिय दलित मुतिm मोर्चा ह्वाङ्गदीकी उपाध्यक्ष विना बिश्वकर्माको अध्यक्षतामा वसेको भेलामा सचिव सोनु विकको सञ्चालन रहेको थियो ।

– See more at: http://dalitonline.com/archives/15839#sthash.nfFWnhux.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: