जागरण मिडिया सेन्टर

Home » अन्य » ‘रुवाउन मात्रै आउँछ चाडबाड’

‘रुवाउन मात्रै आउँछ चाडबाड’

२०७३ असोज १७,जागरण मिडिया सेन्टर ।

सिलौटा बनाउने काम गर्दै आएका उनलाई हिजोआज खोलाबाट ढुंगा निकाल्न दिइएको छैन । काम नभएपछि मुखमा माड नलाग्ने उनले बताए । ‘सिलौटा बनाए मात्रै हातमुख जोर्ने जोहो हुने हो,’ पीपलको फेदमुनि पुरानो ढुंगा कुँदिरहेका उनले भने, ‘दसैं आयो भनेर सबैतिर हाँसीखुसी छन्, हामीलाई केको दसैं, केको तिहार ? चाडबाड पनि रुवाउन मात्रै आउने हो ।’ सिलौटा व्यवसाय घट्दै गएपछि ५ हजार रुपैयाँ ऋण लागेको उनले बताए । ‘दसैं मनाउन त अर्को ऋण काढ्नुपर्छ । ऋण पनि कसले पत्याउँछ र ?’ उनले भने, ‘साउजीले चामल पनि उधारो दिन छाडिहाले ।’

सिलौटाका लागि राति ढुंगा निकाल्न जाँदा लडेर उनको दायाँ खुट्टामा चोट लागेको छ । ‘चाडबाडका बेला बिरामी हुनुहुन्न, चोटपटक लाग्नुहुन्न भन्छन्,’ पुरानो ढाकाटोपी उघार्दै उनले भने, ‘अस्पताल जाउँ पैसा माग्छन् । भैगो अब, त्यतिकै निको होला, नभए मरौंला ।’ उनका माइलो भाइ सम्शेरबहादुर, काइँलो शिव, ठूलोकान्छो गोपाल र कान्छो बलबहादुर सार्वजनिक जग्गामा बस्छन् । साइँलो गमबहादुर दनाई गाउँमा बस्छन् । काइँलो शिवका पत्नी र छोराछोरी छन् । ३ भाइका पत्नी र छोराछोरी छैनन् । ‘माइलोले ३/४ वटी ल्याए पनि बच्चाबच्ची भएनन् । ठूल्कान्छो र कान्छोको कसरी बिहे गरुँ ?’ उनले भने । सबै जना बजारमा भारी बोक्ने, सामान ढुवानी गरेर गुजारा चलाउँदै आएको पञ्चबहादुरले बताए ।

शिवकी पत्नी कल्पनाका अनुसार पति दैनिक ४ सय रुपैयाँ कमाउँछन् । ‘दसैं आयो, केटाकेटी लुगा चाहियो भन्छन्,’ उनले भनिन्, ‘बाउको कमाइले पुग्दैन । ऋण कसैले पत्याउँदैन ।’
बेंसीसहरको दनाई फाँट सार्की टोलमा उनीहरूको धेरै जग्गा थियो । ‘बुबाले सबै बेच्नुभएछ । हामी सुकुम्वासी भयौं,’ पञ्चबहादुरले भने, ‘जेठो छोराको नाताले भारत गएँ । ४४ वर्ष बसें । कमाउन सकिएन ।’ बुबाको १४ वर्षअघि निधन भयो । आमाको गत वर्ष निधन भयो । दुई पत्नीमध्ये कान्छीको ८ महिनाअघि निधन भयो । कान्छी र जेठीपट्टिका २/२ छोरीको विवाह भइसक्यो । कन्छीपट्टिका जेठो छोरा मजदुरी गर्छन् । कान्छो छोरा विदेश छन् । जेठीपट्टिको छोरा घरमै छन् । ‘सबै छिन्नभिन्न, कसैले हेर्दैनन्,’ उनले भने, ‘भाइहरूलाई पनि आफैं हेर्नुपर्छ । यिनका आमाबाबु, दाइ जे भने पनि मै हुँ । मेरै अवस्था आज हो कि भोलि । के गरौं र खै ?’

‘दशा आएझैं लाग्छ’
स्याङ्जा, पुतलीबजार १ की मनु सुनुवारको अनुहारमा कुनै उत्साह छैन । मादक पदार्थको अत्यधिक सेवनले पति बिते । घटनाको दुई महिना नबित्दै दसैं आइपुगेको छ ।

ज्यालामजदुरीले जीविका चलाउादै आएको उनको परिवारलाई छाक टार्नै सकस छ । एक छोरा र एक छोरी छन् । छोरी सानै भए पनि मजदुरीमा खटिन्छिन् । नाबालक छोरा पनि भारी बोकेर बजार चहारिरहेका हुन्छन् । ‘बास छैन, सडक पेटीमा बस्छौं,’ मनु भन्छिन्, ‘हामी जस्तालाई केको दसैंतिहार, चाडबाड आउँछन्, रुवाउँछन् ।’ आइतबार अपराह्न पौने ३ बजेतिर पर्वत, कुस्माको एक लघुवित्त फाइनान्सको गेटमा ४० जना हाराहारीमा महिलापुरुष र केटाकेटी उभिएका थिए । सबैका लुगा मैला, मलीन अनुहार थियो । पाङको दलित बस्तीका उनीहरू चाडबाडका लागि ऋण खोज्न आएका हुन् ।

२ देखि ९ वर्ष उमेरका चार छोरी र पत्नीसाथ आएका २८ वर्षे विजय विकले दसैंकै कारण बर्सेनि २० हजार ऋण लाग्ने बताए । ‘अहिले पनि यहाँबाट ऋण पाए यिनीहरूलाई एकएक जोर लुगा हाल्दिने हो,’ उनले भने, ‘नत्र पुरानै लुगामा मनाउँछन् । दसैं होइन, दशा नै आएजस्तो लागेको छ ।’ गाउँमै काठको काम गर्दै आएका विजय मुस्किलले महिनामा १०/१२ दिन काम पाउँछन् । काम पाउँदाका दिन आठ सय ज्याला बुझ्छन् । त्यसले छोराछोरी पढाउन र दैनिक खर्च धान्न मुस्किल पर्छ । ‘कहिलेकाहीँ बिरामी हुँदा ओछ्यानमै थलिने हो,’ पत्नी सीताले भनिन्, ‘पैसो भए पो ओखती खानु ।’ चार छोरीकी आमा सीतालाई पनि दसैं आउनुभन्दा नआएकै बेस लाग्छ । ‘अरूका छोराछोरीसँग रमाइलो गर्न खोज्छन्,’ उनले भनिन्, ‘सन्तानका लागि भए पनि अलिअलि पैसा चाहियो ।’

कुस्मा ३ का प्रेमबहादुर विक पनि दसैं मान्नकै लागि आइतबार ऋण खोज्दै सदरमुकाम आए । ‘अन्त धितो र आम्दानी खोज्छन्,’ उनले भने, ‘सजिलै दिने ठाउँमा समूह नै मिलेर आएका हौं ।’ उनले पनि २० हजार ऋण लिएर दसैं मान्ने तयारी गरेको बताए । ‘केटाकेटीले खुब चाख मान्छन्,’ उनले भने, ‘ऋण त एकदिन तिरौंला तर दसैं आउन त अर्को वर्ष कुर्नैपर्‍यो । फेरि अर्को दसैं मान्न पाइन्छ कि पाइन्न के थाहा ।’ छिमेकीका अगाडि देखाउन र छोराछोरीको रहर पूरा गर्नकै लागि पनि ऋण खोज्नुको विकल्प नभएको उनले बताए ।

मागेरै मानौंला
– नन्दकली रोकामगर, ८१ वर्ष (बागलुङ)
कालिकाभगवती मन्दिरमा मागेरै पेट पाल्दै आएको धेरै वर्ष भयो । घटस्थापनाका दिनदेखि दर्शन गर्न आउने बढ्छन् । मन्दिरको गेटनजिकै बस्दा हिजोआज दुई/तीन पाथी चामल र ४/५ सय रुपैयाँ हुन्छ । त्यसैले बिहान झिसमिसेमै आउँछु । यहाँ मजस्तै मागेर खाने ५/६ जना छन् । छोरो डालबहादुर बागलुङ बजारमा बस्छ । मागेर भेला पारेका कुरा उसैको परिवारलाई दिएर दसैं मान्छौं ।

गाडी कुदाउँदैमा बित्छ
– राजु कार्की, चालक, ना३ख ५८८७ नम्बर जिप
मेरो घर बागलुङ ४ मा पर्छ । हामी चालकलाई दसैंमा झनै दौडधुप हुन्छ । गाडी चलाउन थालेको पाँच वर्ष भयो । राम्ररी दसैं मान्न पाउनु गाडी चलाउनेको भाग्यमै हुादैन । चाडबाडकै बेला पेसेन्जर हुन्छन्, कमाइ हुन्छ । यस्तो बेला रमाइलो गरेर कहाँ बस्नु ? म रक्सी नखाने भएकाले मासुभातमै रमाइलो मान्छु । सुरक्षित तवरले यात्रुलाई गन्तव्यमा पुर्‍याउँदैमा बित्छ मेरो दसैं ।

http://kantipur.ekantipur.com/news/2016-10-03/20161003080535.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: