जागरण मिडिया सेन्टर

Home » अन्य » सुरक्षा भत्ता नपाएको गुनासो

सुरक्षा भत्ता नपाएको गुनासो

प्रेम रौले

२०७३ कात्र्तिक ४,जागरण मिडिया सेन्टर ।

नेपाल सरकारले मुलुकमा रहेका दलितहरुको वर्गिकरण गरेपनि जिल्लामा रहेका अधिकांस दलितले पाउने सामनजिक सुरक्षा भत्ताभने पाउन सकेका छैनन् । दलितका लागि निश्चित थर भएकालाई मात्र दिने नेपाल सरकारले परिपत्र गरे अनुसार जिल्लामा रहेका २४ गाविस र एक नगरपालिका भित्रका दलितहरु सामाजिक सुशक्षा भत्ता पाउनबाट वञ्चित भएका हुन ।

दशैका वेला सामाजीक सुरक्षा भत्ता पाउने खुशीले आआफनो गाविस र नगरपालीकामा भए पनि दिनभरि दलित भत्रव पाउने आसमा जाने गरे पनि आफूहरुलायई जिल्ला विकास समितिमा पठाउने गरेको बडिमालीका नगरपालीका ९ का ६४ वर्षीय विसे चदराले दुखेसो गरे ।
चदरन दम्पति जिल्ला विकास समिति बाजुरामा सामाजीक सुरक्षा भत्ताका लागि पुगेका थिए । उनीहरुले दलित दलितविच भेदभाव नगर िसहज रुपमा सुरक्षा भत्ता उपलब्ध गराईदिन जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी जंगबाहादुर थापालाई आग्रह गरे ।
निमित्त स्थानिय थापाले दलित आयोगलाई जिल्लामा सामाजिक सुरक्षाका लागि छुटेकाहरुको नाम समावेश गरिदिन आयोगलाई परिपत्र गरेको बताए । उनले दलित आयोगमा छुटेकाको नाम समावेस गरे जिल्ला विकास समितिबाट दिईने सुविधा नरोकिने बताए ।
थापा मन्त्रालयको पत्रमाका आधारमा पहाडे मुलुकमा गन्धर्व÷गाईने,परियार,(दमाई,दर्जी,सुचिकार,नगर्चि,ढोली,हुड्के) ,विश्वकर्मामा ( कामी,लोहार, सुनार,ओडा,चुरँरा,पार्कि,टमटा),सार्की ( मिजार,चर्मकार,भुल) र बादीले मात्र सामाजीक सुरक्षा भत्ता पाउने कार्य विधिअनुसार मन्त्रालयले पत्र पठाएकाले सामाजीक सुरक्षा भत्ता बाडेको बताए ।
जिल्लामा रहेका पाहाडी मुलका कार्य विधिमा नपरेका र यसभन्दा पहिले सामाजिक सुरक्षा भत्ता पाउने सेराला,ल्वार,कडार,नेपाली,उखेडालगायतले सामाजीक सुरक्षा भत्ता र उनीहरुका बालबालिकाले छात्रवृति नपाएको गुनासो गरेका छन ।

हिमालय टाईम्सबाट साभार

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: