जागरण मिडिया सेन्टर

Home » अन्य » दलित बस्तीमा खानेपानी अभाव

दलित बस्तीमा खानेपानी अभाव

२०७३ कात्तिक ८,जागरण मिडिया सेन्टर ।

अछाम
भौगोलिक दुष्टिले दुर्गममा रहेको जिल्लाको रामारोशन गाविसस्थित एक दलित बस्तीमा खानेपानी अभाव हुन थालेको छ । गाविसको वडा नम्बर २ र ३ स्थित दलित बस्तीमा खानेपानी अभाव देखिएको हो ।

विगत देखि खानेपानीको समस्या भोग्दै आएका उक्त २ वटा वडाका करिब एक सय ५० घरधुरीका करिब एक सय ५० घरधुरीका दलित समुदाय धारामा पानी आउन छाडेपछि समस्यामा परेका छन् । अछाम र कालिकोटको सिमानाको टोड्के भन्ने जंगलबाट पाइपलाइन् मार्फत् ल्याइएको पानी ठाँउ ठाँउमा पाइपलाईन बिग्रिए र थोरै आउने गरेकाले कुनै दिन पानी नै नआउने समस्या समेत देखा पर्न थालेको स्थानीय कुशल जैगडीले बताउनु भयो ।

दशैं दीपावली शुरु भएसँगै स्थानीयको सक्रियतामा पाइपलाइन् मर्मत गरी सुधार गरिए ता पनि पर्याप्त पानी नपुग्ने समस्या रहेको उहाँले बताउनु भयो ।
थोरै पानी आउँदा बिहान बेलुका धारामा पानी भर्नेको लाइन लाग्ने गरेको छ । पानीको लाइनमा बस्दा समेत पर्याप्त पानी नपाइने र गाँउबाट करिब १ घण्टाको दूरीमा रहेको पैयाँधाराबाट पानी ल्याउनुपर्ने बाध्यता रहेको अर्का स्थानीय भिके टमटाले बताउनु भयो ।

धेरै पहिले टाढाबाट खानेपानी ल्याई स्थानीयको आवश्यकता परिपूर्ति भइरहेको भए पनि गत असारबाट स्थानीयलाई खानेपानीको निकै समस्या हुन थालेको बताइएको छ । खानेपानी परिपूर्ति गर्न र जीर्ण खानेपानी योजना पुननिर्माण गरी स्थानीय दलित समुदायको माग सम्बोधन गर्नका लागि गाविस लगाय सम्बन्धीत निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ ।
यो समचार आजको नेपाल समचार पत्रमा छापिएको छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: