जागरण मिडिया सेन्टर

Home » अन्य » आइतराम सुनारको २४ वर्षे ढुङ्गे कथा

आइतराम सुनारको २४ वर्षे ढुङ्गे कथा

२०७३ कार्तिक २४,जागरण मिडिया सेन्टर ।

;'gf/ hLjge/ 9'+uf s'6]/ hLljsf]kfh{g 
lnafª -/f]Nkf_ uh'n # sf %& jifL{o cfOt/fd ;'gf/ v'd]nuf9 vf]nfsf] lsgf/df 9+'uf s'6]/ hLljsf]kfh{g ub}{ . tl:a/M sljtf pkfWofo,/f]Nkf

गजुल ३ रोल्पाका आइतराम सुनारले २४ वर्षदेखि ढुङ्गा कुटेर जीविका चलाउँदै आएका छन् । उमेरले ५७ वर्ष पार गरिसकेका सुनार प्रायः घरदेखि करिब दुई घन्टा टाढा खुमेलगाढ खोलाको किनारमा घर छाउने ढुङ्गा कुट्दै गरेको भेटिछन् । यसरी ढुङ्गा कुटेर उनकोे आठ जनाको परिवारले जीविका चलाउँदै आएका छन । औषधि उपचार गर्ने पैसा नहुँदा सानैमा दुई छोरी गुमाउनु र्पयो । दुई छोरा गरिबीका कारण पढाइ छोडेर काम खोज्दै भारत पुगेका छन् । कक्षा ७ अनुत्तीर्ण भएका १५ वर्षे एक छोरा उनीसँगै काम गर्छन् । तेह्र वर्षको कलिलो उमेरमा टुहुरो बनेका सुनार बुबाको मृत्युपछि भारतमा पैसा कमाउन भनेर १० वर्षसम्म भौँतारिनु र्पयो । तर पनि पढाइ–लेखाइ नभएका कारण उनले भारतमा राम्रो जागिर पाउन सकेनन । ढुङ्गा नै कुट्नुपर्छ भने किन परदेशमा बस्ने भन्ने सोची स्वदेश फर्किएर उनले यो पेसा रोजेकोे बताए । ढुङ्गा कुटेर कमाएको सानो रकम पनि ठेकेदारले ठगेको स्मरण ताजै छ । थोरै जग्गा किन्दा लागेको ऋण तिर्न नसकेका कारण छोराहरुलाई बीचमै पढाइ छाड्न लगाएकोमा अहिले सबैभन्दा बढि पछुतो छ , उनलाई । चाडपर्वका बेला वा अत्यावश्यक काम पर्दाबाहेक वर्षैभरि खोलामै बिताउने सुनारले हातखुट्टामा लागेको चोटका दाग देखाउँदै भन्छन् , “यो काम असाध्यै जोखिमपूर्ण छ तर के गर्नु बाध्यता ।” वर्षा पछिको समयमा अलि धेरै ढुङ्गा भेटिने भए पनि त्यत्तिकै बढी कष्टपूर्ण हुन्छ । पछिल्लो समयमा खोला किनारमा ढुङ्गा कुटेर जिविको पार्जन गर्नेको संख्या बढ्दै गएको छ । आयआर्जनको अन्य बाटो नभएको हुँदा कष्ट मोलेर भए पनि उनले बाचुन्जेल यही कामलाई निरन्तरता दिने सोचमा छन् । अभावमा छट्पटिएर बाल्यकाल गुजारेको सुनारले पढाई लेखाइको महत्व राम्रैसँग बझेरका छन् । अहिले घरमै छोराछोरीसँगै पढेर आफ्नो नामसम्म लेख्न सक्ने भएका छन् ,सुनार । उमेर ढल्कि सकेका सुनारलाई स्वास्थ्यले पनि साथ दिन छाड्दै छ । घाम पानीमा रुझेर काम गरेकाले बिरामले च्याप्दै लगेको छ । बुढेस कालमा कसरी गुजारा चलाउने भन्ने चिन्ता थपिंदै छ । उनी भन्छन् , “आफ्नो यहि पेशामा जिवन जान लाग्यो । अव त सरकारले पनि केहि सहयोग गरे हुने नि । के गर्नु सरकारले चलाखलाई मात्रै हेर्छ ।” ढुङ्गा कुट्ने पेसालाई व्यावसायिक रुपमा अँगाल्नेको सङ्ख्या कम भए पनि वर्षापछिको समयमा खुमेलगाड खोलाको बगरैभरि ढुङ्गा निकाल्ने मान्छेको भीड छ । पुर्खौं देखि घर छाउन प्रयोग गरिँदै आएको यस्तो ढुङ्गा जहाँतहीँ पाइँदैन । समयसँगै बजारमा घर छाउन सस्तो तथा सरल विभिन्न सामग्री उपलब्ध भए पनि यसको माग र भाउ बढन छाडेको छैन । यस्ता धेरै आइतरामहरु छन् जो बुढेस कालमा पनि जिवन धान्नकै लागि कठिन काम गर्न बाध्य छन् । – See more at: http://dalitonline.com/archives/16638#sthash.niBFWD5s.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: