जागरण मिडिया सेन्टर

Home » अन्य » नेपाली क्रान्तिमा दलित मुक्ति

नेपाली क्रान्तिमा दलित मुक्ति

२०७३ कात्र्तिक २४,जागरण मिडिया सेन्टर ।

motilal-nepali

एम.एल. नेपाली ।
नेपाली क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरूको आलोकमा अब दलितलाई उठाउन थप नयाँ शिराबाट विचार, सङ्गठन, नेतृत्व र विचलनको स्वरूप केलाउन जरुरी छ । दलित मुक्तिको सार्वभौम सिद्धान्तलाई नेपालको वस्तुगत स्थितिमा प्रयोग गर्ने कार्यदिशा निर्माण गर्न जरुरी भएको छ । दलितमुक्ति आन्दोलनबाट अहिलेसम्म निर्माण भएको विचारधारा, सङ्गठन, नेतृत्व र दलित गैरदलित संयुक्त मोर्चाको विचार शृङ्खलाको ठोस संश्लेषणलाई केन्द्रमा राखेर गर्नुपर्छ । दलित मुक्ति नेपाली समाजको सर्वहारा साँस्कृतिक क्रान्तिको स्वरूपसँग अन्तरसम्बन्धित र अविभाज्य छ । अहिले नेपाली क्रान्तिको आम रूपान्तरणको मूलधार करीब करीब प्रतिक्रान्तिमा फेरिएको र आत्मसर्पण तथा विर्सजनवादमा धकेलिने अवस्थामा गएको देखिन्छ ।
दश वर्षे महान जनयुद्धको क्रान्तिको लक्ष्य समाजको उच्च रूपान्तरणको विचारबाट विचलित भएको देखिन्छ । छुवाछूतको दासत्व अन्त्य गर्ने क्रान्तिकारी धारमा पनि पथविचलन आएको छ । अहिले जे दलित अधिकार प्राप्त भएको देखिन्छ यो मात्रात्मक सुधार मात्र भएको हो । दलित आन्दोलनलाई विशिष्टीकृत रूपमा एक्लै एउटा मुद्दा मात्र उठाएर केही राहत र सुधारका कुराले मात्र मुक्त गर्ने अवस्था राख्न सक्दैन । पुरानो पछौटे यथास्थितिवादी विचार विरुद्धको लडाइँको निरन्तरता चाहिन्छ । क्रान्तिकारी राजनीतिक ताकत आफ्नो लक्ष्यमा पथविचलन नभई एकपछि अर्को सङ्घर्षका स्वरूपमा अविच्छिनरूपमा लडाइँमा जुटिरहनु पर्छ । यसले नै महान जनयुद्धका लक्ष्यहरू पूरा गर्न छुवाछूत विरुद्धको सङ्घर्षलाई निश्चित विजयमा ल्याएर पूरा गर्ने आट सम्भव बनाउँछ ।
अहिले पनि दलितमुक्ति आन्दोलनका विरुद्ध उठेको दुई भड्काववादी प्रवृत्ति समाजमा चालु छ यहाँ । एउटा धार यो आफू क्रान्तिकारी विचारबाट पलायन भएर प्रतिक्रियावादी शासकहरूको अगाडि भक्ति देखाउने उनको सेवा गर्ने गर्छ । खास गरी उसले अवसरवादी धारमा आफूलाई राखेर त्यहीअनुसार कार्यदिशा बनाउँछ । अर्कोतर्फ नेपाली दलित आन्दोलनमा क्रान्तिबाट विमुख संशोधनवादी सुधारात्मक धारको विचारधारा नै मुख्य समस्याको रूपमा देखिएको छ । यसको विरुद्ध आम दलितमुक्तिको लागि क्रान्तिकारी विचारधारा र सोचहरू पनि समाजमा देखिएका छन् । दलित सर्वहारावर्गले क्रान्तिको विज्ञानको नियम बुझ्ने र दुनियाँलाई बदल्ने सवालमा महानसर्वहारा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणद्वारा आलोकित तथा प्रशिक्षित भएको देखिन्छ । नेपाल सामन्तवादी समाजवाट पूँजीवादी समाजमा फेरिने अवस्थामा गएको देखिन्छ । यो वस्तुुगत अवस्थामा नेपाली समाजको चेतनालाई छुवाछूत विरुद्धको गतिमा र रूपान्तरणमा संश्लेषित गरेर अघि बढाउनु दलित आन्दोलनको मुख्य सवाल हो ।

अब कार्यनीतिकरूपले छुवाछूत प्रथा जीवित राख्ने सामन्तवादका विरुद्ध लड्न ग्रामीण वर्गसङ्घर्षलाई उत्कर्षमा लाँदै सहरिया जनविद्रोहको आम वर्गसङ्घर्षको लाइनसँग जोड दिँदै दलितलाई राज्यको शक्ति सङ्घर्षसँग जोड्नुपर्छ । दलितलाई आम शोषणका विरुद्धको जनविद्रोहमा पनि एकाकार गर्दै नयाँ सत्तामा साझेदारीको हक कायम राख्ने हैसियतबाट माथि उठाउनु पर्छ ।

दलित आफैंले आफ्नो चिन्तन बदलिएको परिस्थितिअनुरूप ढाल्नु अनिवार्य हुन्छ । अहिले नेपाली क्रान्तिले नौलोजनवादी क्रान्ति पूरा गरे पूँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने र समाजवादी क्रान्तिका लागि आधार तयार गर्ने भन्ने सवालको बहसमा अघि रहेको देख्छौँ तर अहिले यो देशको वस्तुगत अवस्थामा दलित आन्दोलनले लिने विचारधारात्मक सवाल के हुन सक्छ भन्नेबारे सोच्नु जरुरी छ ।
समाजको चालु वर्गसङ्घर्ष र दलित मुक्ति आन्दोलनको क्रान्तिकारी नेतृत्वदायी भूमिका समाजको परिवर्तनमा मुख्य पहल हुनु जरुरी छ । यसका लागि हामीले दलितमुक्ति आन्दोलनको एक सशक्त मूल प्रवाहको मोर्चा निर्माण गर्ने हो । हामीले भोगेको पूरा नेपाली क्रान्तिको विभाजन र विघटनको अवस्थाको उचित विश्लेषण र त्यसका पाठहरूबाट उचित शिक्षा लिनै पर्छ । अहिले पनि दलित आन्दोलनमा स्थिर रहेको अवसरवाद, टुटफुटवाद र विभाजनका शृङ्खला विरुद्ध लड्नु पर्ने आवश्यकता छ ।
जनयुद्धको जगमा जनआन्दोलनको महान त्याग र बलिदानबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी तथा वर्गीय जातीय, क्षेत्रीय लैङ्गिक तथा दलित उत्पीडित जनताको अधिकार नयाँ संविधानमा सम्बोधन भएको कुरा कार्यान्वयन गर्नु आवश्यक छ । संविधानमा दलित अधिकारबारे जुन कुरा उल्लेख गरिएको छ, त्यसको सकारात्मक उपलव्धिहरूको उचित कार्यान्वयन गर्ने÷गराउने कुरामा दलित आन्दोलनको जोड हुनुपर्छ । दलितको राजनीतिक प्रतिनिधित्वको अधिकार, दलितको जनजीविकाको सुरक्षाको अधिकार तथा दलितहितमा बनेका कानून कार्यान्वयनको सवालबारे उचित पहल गर्नुपर्छ ।
यसका साथै उत्पीडन विरुद्धको एकीकृत आन्दोलन अघि बढाउने त्यसको लागि छुवाछूतको युगीन दासत्व र अन्यायको घुट पिएर बाँचेको दलितलाई छुवाछूतको उत्पीडनको क्षति पूर्ति दिन सरकारलाई बाध्य पार्ने कार्यनीतिसहित सङ्घर्ष अघि बढाउनु पर्छ । यो एउटा सुधारात्मक सङ्घर्ष हो । यही आन्दोलनले चालु संसदीय संरचना बहुदलीय व्यवस्थामा रहेर दलितको हक अधिकार मात्रात्मकरूपमा केही हदसम्म अघि बढाउने काम गर्न सकिन्छ । यो भूमिकाले संविधान र कानूनमा उल्लेख भएका दलितको अधिकारका केही सकारात्मक कुरा कार्यान्वयन गर्न दबाब दिने हैसियत राखेको देखिन्छ । त्यो भन्दा थप अरू क्रान्तिकारी रूपान्तरण र विचारहरू माथि उल्लेख गरिएका शब्दहरूले प्रतिविम्बित गर्न सक्दैन ।
अर्कोतर्फ यही संसदीय व्यवस्थाले मात्र दलितमुक्तिमा खास परिवर्तन ल्याउन सक्दैन । न त यसले राष्ट्रिय स्वाधिनता, जनजीविका र जनताको सार्वभौमसत्ताको रक्षा नै गर्न सक्छ । यही आधारबाट थप विचारहरू बहसमा आएका छन् । अहिलेको जस्तो संसदीय व्यवस्थाको विकल्प नखोजी दलित जनताको मुक्ति सम्भव छैन भन्ने राजनीतिक आस्था राख्ने दलित मोर्चाहरू, विचारकहरू पनि छन् नेपालमा । खासगरी आमजनताको मुक्तिभित्र वर्गसङ्घर्षलाई निरन्तरता दिँदै दलित मुक्तिको विषय जोडेर लाने विचारधाराबाट अर्को क्रान्तिकारी शक्ति अघि बढेको देखिन्छ ।
क्रान्तिकारी आन्दोलनकारीहरू दलित अधिकारको आन्दोलन सामाजिक र साँस्कृतिक न्यायको सवालमा मात्र सिमित हुने होइन भन्छन् । दलितलाई राजनीतिक र आर्थिक अधिकार प्राप्त गर्न सत्ता प्राप्तिको सवालमा पनि शासकहरूलाई झुकाउने हैसियत राख्ने सङ्घर्षशील विचारधाराबाट दलितको क्रान्तिकारी सङ्घर्ष अघि बढेको देखिन्छ । नेपाली समाजको शासन सत्ता, स्रोत र शक्तिहरूको साँस्कृतिक वर्ग बनौट उही उच्चजात र उच्चवर्गको हातमा छ । शासक ठालुहरू सहज र स्वाभाविक रूपमा राज्यको सत्ता, शक्तिस्रोत दलितलाई उसको जनसङ्ख्याको आधारमा समानुपातिक तरिकाले सुम्पन पनि तयार छैनन् । त्यसका लागि दलित आन्दोलनकारीले आफ्नो मुक्तिका लागि क्रान्तिचेत, परिवर्तनको आस्था, बलिदानीभाव र उच्चस्तरीय नैतिकताले दलित मुक्ति संघर्ष स्थापित गर्नुपर्छ । यस भएमात्र दलितमुक्ति आन्दोलन सफलतातर्फ अघि बढ्छ । सङ्घर्षको छालमय तिब्र विकासबाट वस्तुको परिवर्तनको अवस्था नजिक आउने हँुदा दलित आन्दोलन निरन्तर चालु रहनु आवश्यक हुन्छ ।
त्याग, तपस्या र बलिदानद्वारा आमरूपान्तरणको उच्चचेतनासँगै महान रूपान्तरणको सँस्कृतिको व्यवहारिक प्रयोग अब नेपाली दलित आन्दोलनको उत्कर्षबाट गर्न जरुरी छ । वर्गमुक्ति र जातीयमुक्तिको फ्यूजनको आलोकबाट छुवाछूत विरुद्धको सङ्घर्षमा जन्मिएको लडाकुदस्ता अरूभन्दा बलियो र आत्मबल भएको र जुझारुपन बोकेको शक्तिशाली हुन्छ । ऊ छुवाछूत विरुद्धको दासत्वको लडाइँलाई झेल्ने भनेर समर्पित हुने भनेर खारिएर स्पात बनेर आएको हुन्छ । ऊ छुवाछूतको दासत्व अन्त्य गर्न पलायन, प्रतिक्रियावादी असहज परिस्थितिको सामना गर्ने भनेर तयार भएर बसेको हुन्छ । अब कार्यनीतिकरूपले छुवाछूत प्रथा जीवित राख्ने सामन्तवादका विरुद्ध लड्न ग्रामीण वर्गसङ्घर्षलाई उत्कर्षमा लाँदै सहरिया जनविद्रोहको आम वर्गसङ्घर्षको लाइनसँग जोड दिँदै दलितलाई राज्यको शक्ति सङ्घर्षसँग जोड्नुपर्छ । दलितलाई आम शोषणका विरुद्धको जनविद्रोहमा पनि एकाकार गर्दै नयाँ सत्तामा साझेदारीको हक कायम राख्ने हैसियतबाट माथि उठाउनु पर्छ ।

http://ehimalayatimes.com/news/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: