जागरण मिडिया सेन्टर

Home » अन्य » पञ्चेबाजाका सर्जकमाथि छुवाछूत गर्नु अमानविय कार्य – उप राष्ट्रपति पुन

पञ्चेबाजाका सर्जकमाथि छुवाछूत गर्नु अमानविय कार्य – उप राष्ट्रपति पुन

२०७३ मंसिर २, जागरण मिडिया सेन्टर
केपी अनमोल
akd_0275
उप राष्ट्रपति नन्दबहादुर पुनले नेपाली मौलीक संस्कृतीका सर्जक दलित समुदायमाथि विभेद र छुवाछूत गरिनु अमानविय कार्य भएको बताएका छन् । बिभिन्न शुभकार्य तथा राष्ट्रियता झल्किने कार्यक्रममा तिनै दलित समुदायका ब्यतmीले बजाएका मगँलधुन र बाजा पवित्र हुने तर ब्यतmी अछुत हुने चिन्तन असोभनिय भएको बताए । बुधबारदेखि राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सुरु भएको दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव को उद्घाटन गर्दै उप राष्ट्रपति पुनले सो कुरा बताएका हुन ।

नेपाली लोक संगित र कलाले सुसज्जीत दलित समुदायलाई अझै पनि नेपाली समाजका जातिय विभेद गरिने हुँदा त्यसलाई बन्द गरिनुपर्नेमा राष्ट्रपति पुनको जोड थियो । कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले नेपालीको मौलिक संस्कृतिमा आधारित नौमती र पञ्चेबाजाको संरक्षरण गर्दै यसलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्ने समेत बताए । नौमती–पञ्चेबाजा संरक्षरण र विस्तार आजको आवश्यकता भएको भन्दै यसको जगेर्ना गर्न सके संस्कृतिसंरक्षण हुनका साथै युवाहरुले रोजगारी पनि पाउने राष्ट्रपति पुनको भनाई थियो ।

नौमतीबाजा नौ वटा ग्रहहरुको आधारमा र पञ्चेबाजा पञ्चतत्वको आधारमा नामाङ्करण गरिएको औल्याउदै यसको संरक्षण र सम्र्बद्धनको लागि सबैको ध्यान जान जरुरी रहेको र नौमती पञ्चेबाजा संरक्षणको अभियान कुनै एक समुदाय बिषेशको नभई अब सिगँो राष्ट्रकै अभियान हुनुपर्ने राष्ट्रपति पुनले बताए ।

पञ्चेबाजा प्रतिष्ठानलाई एकेडेमीको रुपमा विकाश गर्ने लक्ष्य
कार्यक्रममा बोल्दै नौमती–पञ्चेबाजा प्रतिष्ठानका अध्यक्ष बिनोद पहाडीले नौमती र पञ्चेबाजाका सर्जकहरुलाई दलितका नाममा अपहेलना गरिने हुँदा यो पेशा अहिले लोप हुदै गईरहेको बताए । पञ्चेबाजा बजाउनेहरु अहिले बिदेशका खाडीं मुलुकहरुमा खुन पसिना बगाउन बाध्य रहेको भन्दै यसमा राज्य गम्भिर हुनुपर्नेमा जोड दिए । नौमती–पञ्चेबाजा प्रतिष्ठानलाई एकेडेमीका रुपमा विकाश गर्ने लक्ष्य रहेकाले त्यसका लागि राज्यले छुट्टै बजेटको ब्यवस्था गर्नुपर्ने अध्यक्ष पहाडीले बताए । प्रतिष्ठानलाई केन्द्रमा मात्रै सिमीत नगरि जिल्ला जिल्लामा बिस्तार गर्ने योजना समेत रहेको उनले बताए ।

नौमती र पञ्चेबाजा सर्जकको सम्मान, हौसला र यसको संरक्षण राज्यको दायित्व भएकाले यस्ता कार्यक्रमको आयोजनाका लागि सरकारले बर्षेनी बजेको ब्यवस्था गर्नुपर्ने, नौमती र पञ्चेबाजा दमाई जातिको अवस्था दयनिय रहेकाले त्यस्ता सर्जकहरुको राज्यले जीवन विमा गर्नुपर्ने, पञ्चेबाजा बजाएवाफत दिईने ज्याला राज्यले नै निर्धारण गर्नुपर्ने, नौमती पञ्चेबाजा दिवश घोषणा गर्नुपर्ने लगाएतका आफ्ना मागहरु रहेको अध्यक्ष पहाडीले सो कार्यक्रममा बताए । त्यस्तै कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नौमती–पञ्चेबाजाको संरक्षरणमा दमाई समुदायमात्र नभएर सबै समुदाय हातेमालो गरेर अघि बढ्नु पर्ने बताए ।
 पञ्चेबाजाकर्मी सम्मानीत

samman-ledy

कार्यक्रममा ६ जना पञ्चेबाजाकर्मीलाई उप राष्ट्रपति नन्दबहादुर पुनद्धारा सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । नौमती र पञ्चेबाजा संरक्षण र सम्र्बद्धनमा महत्वपुर्ण योगदान गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा खड्ग नेपाली, गणेश परियार, अमृत परियार, बम बहादुर परियार, सानु सिवा पहाडी र शुभ बहादुर सुनाम रहेका छन् ।

हाम्रो पहिचान, हाम्रो गौरव जञ्चेबाजा भन्ने नारा रहेको सो कार्यक्रम जागरण मिडिया सेन्टर, समता फाउन्डेन, नेपाल नौमती पञ्चेबाजा प्रतिष्ठान र साँस्कृतिक संस्थानको संयुतm पहलमा आयोजना गरिएको हो । कार्यक्रम भोलीसम्म चल्नेछ । कार्यक्रमको दोस्रो दिन भोली बिहीबार नौमती पञ्चेबाजा कार्यशालागोष्ठी हुनेछ । कार्यक्रममा साहित्यकार बिश्वभतm दुलाल आहुतीले कार्यपत्र प्रस्तुत गर्नेछन् भने त्यसमाथि बिभिन्न ब्यतmीत्वहरुले आफ्ना बिचारहरु राख्नेछन् ।

महोत्सवमा राष्टिय कलाकारको प्रस्तुती
दोस्रो राष्ट्रिय नौमती–पञ्चेबाजा महोत्सव स्थल जमलको नाचघर हल दर्शकहरुले खचाखच भरिएको थियो । कार्यक्रमको पहिलो दिनको औपचारिक कार्यक्रम सकिए लगत्तै सुरु भएको सांस्कृतिक कार्यक्रमको जागरण मिडया सेन्टरका अध्यक्ष रेम बिश्वकर्माले सहजीकरण गर्दै बिभिन्न चर्चित राष्ट्रय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा लोकपृय गायक राजु परियार, यस कुमार, कृष्णा परियार, पुर्णकला बिसी, भिम बिसी लगाएतकाले आफ्ना मिठा मिठा गित संगीत प्रस्तुत गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: