जागरण मिडिया सेन्टर

Home » अन्य » अन्तरजातीय विवाह गरेको जोडी हिरासतमा : प्रहरी कार्यालयबाट केटी हराइन्

अन्तरजातीय विवाह गरेको जोडी हिरासतमा : प्रहरी कार्यालयबाट केटी हराइन्

२०७३ मंसिर ९,जागरण मिडिया सेन्टर ।

5-3

विराटनगर, ८ मंसिर । अन्तरजातीय विवाह गरेकै कारण ४८ घण्टा प्रहरी हिरासतमा बसेका डाँगीहाट–४ भाउन्नेका २३ वर्षीय विवेक परियारको श्रीमति हिरासतबाटै हराएकी छिन्   ।

दुई दिनसम्म हिरासतमा संगै बसेको विवेकको जोडीलाई इलाका प्रहरी कार्यालय बेलबारीले केटापक्ष र केटीपक्षबीच छलफल चलाएको थियो । छलफलमा स्मृति थापाले आफ्नो विवाह विवेकसँग भइसकेको र आफु अब विवेक बाहेक एक्लो बाँच्न नसक्ने अडान लिएपछि माइतीकै पहलमा दुई जनालाई थप हिरासतमा राखिएको थियो ।

गएको शनिबार विवेकलाई हिरासतमा रहेको समयमा राती ११ बजेतिर आठ नौ जना युवाहरु प्रहरी कार्यालयमा आएर धम्की दिएको विवेकले बताए । ‘तत्कालै स्मृतिलाई छोड्नु , नत्र राम्रो हुँदैन भन्दै धम्की दिए ,’उनले भने । आइतबार राती हिरासतमै माइती पक्षले स्मृतिलाई कुटपिट गरी हात खुट्टा बाँधेर मुखमा पट्टी लगाइ उपचार गर्न लैजाने भन्दै श्रीमतिलाई लगेको विवेकले बताए ।

उनीहरुले लगेदेखि स्मृतिको केही अत्तोपत्तो नभएको र आफु थप अन्यौल र अन्यायमा परेको विवेकले दुखेसो पोखे । डाँगीहाट–४ भाउन्नेका २३ वर्षीय विवेक परियार र सोही ठाउँकी १९ वर्षीया स्मृति थापाले प्रेमविवाह गर्दा केटीका माइतीपक्षबाट केटाकेटी सम्र्पकमा ल्याउन भन्दै विवेककी माइजू विष्णु छिनाललाई प्रहरी हिरासतमा राखिएको थियो ।

लामो समयदेखि प्रेममा रहेका विवेक र स्मृतिले ३० कात्तिकमा भागेर विवाह गरेका थिए । विवेक र स्मृतिले प्रेमविवाह गरेपछि केटीको माइती पक्षले दलितले छोरी लगेको भन्दै असन्तुष्टि जनाउँदै प्रेमविवाह गराउने मतियार भन्दै माइजू विष्णुदेवीलाई पक्राउ गराएको थियो ।

केटी पक्षकै आग्रहमा इलाका प्रहरी कार्यालय बेलबारीले विष्णुदेवीलाई नियन्त्रणमा लिएर एक दिन हिरासतमा थुनेको थियो । शुक्रबार दलित अधिकारकर्मीले दबाब दिएर केटा र केटीलाई हाजिर गराउने बताएपछि विष्णुमायालाई हिरासत मुक्त गरिएको थियो । केटा पक्षले बिहे गरिसकेको जोडीलाई अलग गराउन प्रहरीले सघाएको आरोप लगाएको छ । कानुनअनुसार राजीखुसी प्रेमविवाह गरेर गएपछि कसैले पनि उनीहरूका अभिभावक वा आफन्तलाई मतियार बनाएर दुःख दिन नमिल्ने दलित अधिकारकर्मी प्रकाश दासले बताए ।

दुई पक्षबीच आफुहरुले सकारात्मक ढंगबाट छलफल चलाए पनि केटीको उमेर नपुगेको हुँदा आफुहरुले केटाकेटी दुवैको पक्षमा आपसी सहमतिबाट मेलमिलाप गराउन खोजेको र केटीको स्वास्थ्य अवस्थामा केही समस्या आएको कारण परिवारमा जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले बताए ।

– See more at: http://dalitonline.com/archives/17098#sthash.WsiC7AoR.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: