जागरण मिडिया सेन्टर

Home » अन्य » मुगुका दलित भन्छन् : खलो प्रथामा लोकतन्त्रले काम गरेन(फोटो फिचर)

मुगुका दलित भन्छन् : खलो प्रथामा लोकतन्त्रले काम गरेन(फोटो फिचर)

२०७३ मंसिर १५,जागरण मिडिया सेन्टर ।

5-7

रुपबहादुर विश्वकर्मा काठमाडौं, १४ मंसिर ।

‘यो तन्त्र, गणतन्त्र, लोकतन्त्रले जातीय विभेदमा काम गरेन । यो तन्त्र मुगुका दलितले पाएका पीडामा आएन । खलोप्रथामा यो तन्त्रले काम गरेन ।’ मंगलबार अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा मुगु जिल्लाको फोतु गाविस–३ का वीरबहादुर नेपाली आफ्ना पीडा यसरी पोख्दै थिए । बाजेकै पालादेखि मालिक जसलाई रिथी भनिन्छ, उनीहरुकै बँधुवा मजदुरका रुपमा जीवन गुजार्दै आएका नेपालीले भने– ‘अहिलेसम्म मेरो लालपूर्जा छैन । रिथीले दिएको जमिनमा झुपडी बनाएर बस्दै आएको छु । खलोप्रथामै जीवन गुजारी रहेको छु् ।’ कर्णाली क्षेत्रमा कार्यरत वातावरणीय कृषि तथा विकास केन्द्रले अनामनगरस्थित दलित अनलाइनको सभाकक्षमा कर्णालीका दलितका विषयमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

3-3-1

कर्णालीमा दलित राष्ट्रिय बहस कार्यक्रम प्रथा र विभेद, पत्रकार सम्मेलन लेखिएको ब्यानरमुनि बसेका नेपालीले आफ्ना पीडा सुनाउँदै गए– ‘म लुगा सिलाउने काम गर्छु । रिथीहरुको पनि लुगा सिलाइदिन्छु । तर जति लुगा सिलाए पनि बाजेको पालादेखिको ऋण कहिले चुक्ता हँुदैन । मसँग एउटा दमाहा पनि छ । रिथीहरुको विहे वर्तमान हँुदा हामी बाजा बजाउँछौँ । त्यो बापत उनीहरुले हामीलाई मर्न लागेको गोरु दिन्छन् । जुन उनीहरुलाई घाँडो भइरहेको हु्न्छ ।’

6-1

जातीय छुवाछूतका कारण आफ्नो गाउँका कुनै पनि स्थानीय निकायहरुले परिचर समेत नराखेको गुनासो पनि गरे । उनले सुनाए–‘गाविस, स्वास्थ्य चौकी, विद्यालय कहिँ पनि हामीलाई परिचर राखिँदैन । गाविसमा परिचर राखियो भने त्यहाँ चिया पकाएर दिनुपर्छ, छोइन्छ भनेर राखिँदैन । त्यस्तै स्वास्थ्य चौकीमा दलित महिलालाई स्वंयमसेवीका राखिएको छैन । सुत्केरी हँुदा ठूला जातिहरुको घरमा पस्नुपर्ने भएकाले नराखिएको हो । ’ आयोजक संस्थाकी कार्यकारी निर्देशक समिता प्रधानले भनिन्, ‘कर्णालीका बारेमा पत्रपत्रिकाहरुमा धेरै कुरा पढ्न, सुन्न पाइन्छ । तर कर्णालीका दलित, दलित महिलाका विषयमा भने कमै कुरा हुन्छ । आज त्यही कुरा गरौैं भनेर यो पत्रकार सम्मेलन गरेका हौं । तपाईँ पत्रकार मित्रहरुले कर्णालीका दलित, दलित महिलाका विषयमा संवेदनशील भएर कलम चलाइदिनुहोला, बहसमा ल्याइदिनुहोला । यहाँहरुले उठाएको कुरा नीति, निर्माता र राज्यसम्म पुग्छ ।’

उक्त पत्रकार सम्मेलनमा मुगुकै सुकाढीक गाविस–६ का ६० वर्षिय लालभक्त लावड पनि आफ्नो पीडा सुनाउन आत्तुर देखिए । ‘म हिजो काठमाण्डु आइपुगेको हुँ । म डेरामा बस्ने घर मालिकको एउटा सेतो कुकुर रहेछ । त्यो कुकुरलाई उनले भित्र भान्छा, ओछ्यान जहाँसुकै लाँदा रहेछन् । माया गरेर भात खुवाउँदा रहेछन् । हाम्रो त हजुर त्यो सेतो कुकुरको जति मान्यता पनि छैन ।’ उनले अगाडि भने–‘मालिकको घरमा खाना, खाजा खाएपछि हामी थाल धोएर राखिदिन्छौँ । तर त्यो थाल फेरि धोएर मात्र घरभित्र लान्छन् ।’
उनले आफ्ना पीडा पोख्दै गए, ‘म रिथीको हलो जोत्छु । रिथीहरुको काम गरेर म एक माना ल्याउँछु, बुढीले एक माना ल्याउँछे । त्यसैगरी पेट पालिरहेका छौँ । पछि आरनको काम पनि सिकेँ । अहिले आरन पनि चलाइरहेको छु । वर्षभरी काम गरेको रिथीहरुबाट खलो पाउने गरेको छु । हावाले उडाउने छोडलबोडल अन्न वर्षमा एक पटक पाउँछौँ । रिथीबाट पाउने धानको तीन भागको एक भाग मात्र चामल आउँछ ।’
कार्यक्रममा मुगुकै हेम्बु गाविस–४ का गोरे सार्की पनि उपस्थिति थिए । उनले भने–‘म गाउँका ६० घर जति रिथी (मालिक)को हलो जोत्दै आएको छु् । खलो प्रथामा । बाजेकै पालादेखि हामी उनीहरुको दास नै बन्दै आएका छौं । कुनै उपाय छैन के गर्नु ?’ उनका अनुसार रिथीको खेतबारीमा हलो जोत्ने बाहेक त्यहाँका सार्की समुदायले छालाले बेरेको एक प्रकारको लौरो जसले धान झार्ने काम गर्छ र त्यसलाई जाललौरो भनिन्छ, त्यो पनि बनाउने गर्छन् ।

7-2

पीडित दलितहरुका अनुसार मुगुमा बसोबास गर्ने दलितहरु सबै रिथिका दास बनेर बाँचिरहेका छन् । उनीहरुले दिएको जमिनमा पुस्तौँदेखि घर बनाएर बसेका छन्, तर त्यो उनीहरुको नाममा हँुदैन । रिथीकै नाममा हुन्छ । त्यसकारण रिथीले जे भन्छ, त्यो खुरुखुरु गर्नुको विकल्प हँुदैन । वीरबहादुर नेपाली भन्छन्, ‘विद्यालयमा जाँदा शिक्षकहरुबाटै छुवाछूतको व्यवहार हुने हँुदा हाम्रा बालबालिका स्कुल जान मान्दैनन् । फेरि यता रिथिको गाइवस्तु नचराए खान नपुग्ने भएकाले पनि हामी आफ्ना छोराछोरीलाई पढाउन पठाउन सकिरहेका छैनौँ ।’
उनीहरुका अनुसार इण्डिया (भारत)बाट कुनै दलित झोला लिएर फर्कियो भने सबभन्दा पहिला रिथिहरुले नै त्यो झोला खातालखोताल पार्छन् । राम्रा र बहुमुल्य वस्तु ल्याएका रहेछन् भने उनीहरुले नै लिन्छन् । ‘हाम्रो घरमा काँसका थाल, कचौरा देखे भने रिथि आएर लान्छन्, किन लगेको भनेर सोध्यो भने साले डुम बढी बोल्छस्, मेरो तसँग यति ऋण छ भनेर भन्छन् हजृुर,’ नेपाली पीडा पोख्छन् ।
‘बरु द्वन्द्वकाल नै ठीक थियो’
पीडा सुनाउने क्रममा पीडितहरुले अहिले आफूहरुमाथि ज्यादै छुवाछूतको व्यवहार हुने गरेको सुनाउँदै बरु माओवादी द्वन्द्वकाल नै सहज भएको बताएका छन् । माओवादी द्वन्द्वकाललाई संकेत गर्दै मुगुको फोतु गाविस–३ का वीरबहादुर नेपालीले भने, ‘पहिला द्वन्द्व, लडाईँ थियो नी, त्यतिखेर अलि शान्ति थियो हामीलाई । छुवाछूतको भेदभाव हँुदैन थियो । माओवादीहरुले रिथीको घरमा समेत पसाउँथे । तर अहिले फेरि हामीलाई उहिलेकै जस्तो भेदभाव गर्न थाले ।’

प्रयास समूह मुगुका अभियानकर्ता धीरज नेपालीले मुगुमा अन्तरजातीय विवाह गर्ने कुनै पनि जोडी गाउँमा बस्न नपाएको बताए । मुगुका अधिकांश विद्यालयहरुमा अहिले पनि सरस्वती पूजामा प्रसाद खुवाउँदा दलित विद्यार्थीलाई छुट्टै लाइनमा राख्ने गरिएको बताए । तर यस विषयमा कुनै पनि सञ्चार माध्यमले समाचार नबनाएको उनले आरोप लगाए । दलित अधिकारकर्मी लिलाबहादुर टमट्टाले मंसिर १५ गते त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सांसद, मन्त्री लगायत सरोकारवालाहरुको सहभागितमा कर्णालीमा दलित राष्ट्रिय बहस कार्यक्रम राखिने जानकारी दिए ।

– See more at: http://dalitonline.com/archives/17267#sthash.dHEWL8ni.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: