जागरण मिडिया सेन्टर

Home » अन्य » राजनीतिदृष्टिकोणप्रश्नोत्तरसम्पादकीयप्रोफाइलपेज थ्रीअर्थतन्त्रफोटो ग्यालरीप्रवास ‘राज्य संयन्त्रमा दलित समुदायको उपस्थिति कमजोर छ’ : राज्यमन्त्री विक

राजनीतिदृष्टिकोणप्रश्नोत्तरसम्पादकीयप्रोफाइलपेज थ्रीअर्थतन्त्रफोटो ग्यालरीप्रवास ‘राज्य संयन्त्रमा दलित समुदायको उपस्थिति कमजोर छ’ : राज्यमन्त्री विक

२०७३ मंसिर २४,जागरण मिडिया सेन्टर

dsc00305

काठमाडौ, २३ मंसिर । शिक्षा राज्यमन्त्री धनमाया विकले राज्य संयन्त्रमा दलित समुदायको उपस्थिति कामजोर हुँदा बनेका ऐन कानुनहरु प्रभावकारी ढंगबाट लागू गराउन कठिन हुने बताएकी छिन् ।

बुधवार राजधानीमा उपेक्षित ,उत्पीडित र दलित वर्ग उत्थान विकास समितिले आयोजना गरेको लोक सेवा आयोगको शाखा अधिकृत तहका दलित विद्यार्थीहरुलाई निःशुल्क तयारी कक्षा सञ्चालन कार्यक्रममा बोल्दै मन्त्री विकले यस्तो बताएकी हुन् । मन्त्री विकले निजामती सेवामा दलित समुदायको उपस्थिति निकै कम रहेको भन्दै शिक्षासँगै निजामती सेवामा पनि उपस्थिति बलियो बनाउनुपर्ने बताइन ।

‘हाम्रो उपस्थिति निजामती क्षेत्रमा निकै कम छ , जतिवेलासम्म निजामती र प्रशासन निकायमा हाम्रो समुदायको उपस्थिति हुँदैन तबसम्म हाम्रो अधिकार सुनिश्चित गर्न सकिदैन , ’उनले भनिन् । अहिले पनि ६० देखि ७० हजार रहेको निजामती सेवामा दलित समुदायको एक प्रतिशत पनि उपस्थिति नभएको नेपाली कांग्रेसका सांसद जीवन परियारले बताए । दलित समुदायको अबको जोड, चिन्ता र चासो निजामती सेवामा प्रवेश गर्नतर्फ हुनुपर्ने परियारको तर्क थियो ।

राज्यका सबै निकाय संरचनामा दतिल समुदायको उपस्थिति सुनिश्चित गराउने नयाँ संविधानले स्पष्ट व्यवस्था गरेको हु्ँदा जतिसक्दो बढी दलित समुदायका व्यक्तिहरुलाई निजामती सेवाप्रति उपस्थिति गराउनुपर्ने एमाले सांसद जितु गौतमले बताए । माओवादी नेता तिलक परियारले राज्यका हरेका निकायहरुमा निर्देशित गर्ने समुदायको प्रतिनिधित्व नहुँदा सिंगो समुदायको अधिकार स्थापित गर्न असर पर्ने भन्दै निजामती सेवामा उपस्थिति बाक्लो बनाउन आग्रह गरे । राज्यका तीन प्रमुख अंगमै दलित समुदायको उपस्थिति जरुरी रहेको परियारको दावी छ ।

अधिकृत तहको निशुल्क लोक सेवा तयारी कक्षामा देशभरका एक सय तीस जना दलित समुदायका विद्यार्थीहरुको सहभागीता रहेको छ ।

– See more at: http://dalitonline.com/archives/17615#sthash.sj1QsU8Y.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: