जागरण मिडिया सेन्टर

Home » अन्य » राजनीतिदृष्टिकोणप्रश्नोत्तरसम्पादकीयप्रोफाइलपेज थ्रीअर्थतन्त्रफोटो ग्यालरीप्रवास लक्ष्मी परियार हत्या प्रकरणः लक्ष्मीकी सासू विष्णुकुमारीले पत्रकार र प्रहरीका अगाडि भनिन्

राजनीतिदृष्टिकोणप्रश्नोत्तरसम्पादकीयप्रोफाइलपेज थ्रीअर्थतन्त्रफोटो ग्यालरीप्रवास लक्ष्मी परियार हत्या प्रकरणः लक्ष्मीकी सासू विष्णुकुमारीले पत्रकार र प्रहरीका अगाडि भनिन्

२०७३ मंसिर २७,जागरण मिडिया सेन्टर

images-cms-image-000009908

काभ्रे, २७ मंसिर ।  काभ्रेको सानो बाङथलीकी लक्ष्मी परियारको हत्या भएको विषयमा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेको छ । तर, एउटी दलित महिलालाई सार्वजनिक स्थलमा बाँधेर मलमूत्र खुवाएर छातीमा लात्ताले हानेको आरोप लागिसकेपछि पनि दोषीमाथि छानबिन नगरी मिलापत्र गर्न प्रहरी किन अग्रसर भयो भन्ने प्रश्नको जवाफ अहिलेसम्म मिलेको छैन ।

गत मंगलबार स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले बोक्सी भन्दै मलमूत्र खुवाएर कुटपिट गरेका थिए । स्थानीय सूर्योदय माविका सामाजिक शिक्षा पढाउने शिक्षक हरि लामाको नेतृत्वमा मंगलबार स्कूलकै खेलमैदानमा नाम्लोले बाँधेर कुटपिटपछि मलमूत्र खुवाएपछि छातीमा लात्तीले हानेर घाइते बनाइएकी लक्ष्मीको शुक्रबार बिहान मृत्यु भएको थियो । दुई वर्षको भाइ रोएपछि दूध खुवाउन स्थानीयको कोदोबारीमा पुगेकी आमामाथि भएको दुव्र्यवहारबारे उनका १० वर्षीय छोरा सुमनले दिएको बयानमा भनेका छन् ।

आइतबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख सहकुल थापाले लक्ष्मीलाई कुटपिट गरेको दिनदेखि हत्या र त्यसपछि भइरहेको अनुसन्धानबारे जानकारी गराए । मलमूत्र खुवाएको र कसले हत्या गरेको भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी थापाले जानकारी दिए । प्रहरीले मलमूत्र खुवाएको विषयमा कुरा बाझिएको बताएको छ । तर, पत्रकार सम्मेलनमा लक्ष्मीकी सासू विष्णुकुमारीले घटनामा प्रहरीकै कमजोरी भएको भन्दै आक्रोश पोखिन् । ‘प्रहरीलाई बुहारीले मलाई हीरा सर र उनकी आमा काइँलीमायाले दिसा खुवाएको र बोक्सी भन्दै कुटेको बताए पनि प्रहरी चौकी चौबासका इन्चार्ज प्रेमपुकार चौधरीले महिलासम्बन्धी कुनै पनि विषय आफूले नहेर्ने बताउनुभयो,’ उनले भनिन्, ‘उहाँले गाउँमै मिल्नुहोस् भन्दै सही गर्न लगाउनुभयो । हीरा सरले हाम्री बुहारीका विषयमा उल्टै प्रहरीमा उजुरी दिएका रहेछन् । त्यही केसमा हामीले माफी मागेको र हिसाबकिताब गरेर ६ हजार रुपैयाँ दिनुपर्ने भन्दै कागज गरिएको रहेछ ।’ उनले मलमूत्र खुवाएर दुव्र्यवहार गरेको तेस्रो दिन बुहारी मृत अवस्थामा फेला परेको बताइन् ।

लक्ष्मीकी सासू विष्णुकुमारीले पत्रकार र प्रहरीका अगाडि भनिन्

म ६० वर्षको यो बुढेसकालमा झुटो बोल्न चाहन्नँ, मेरी बुहारीको गल्ती थियो होला, स्कुलको सरले बाटोमा कुटिरहनुभएको थियो । तर, बुहारीको के गल्ती थियो मलाई थाहा भएन । स्कुलको पोलमा बाँधेर मलमूत्र खुवाएको भनेर मेरो १० वर्षको नातिले भनेको हो, त्यसपछि उनीहरू बाटोमा फर्कँदै थिए, मैले खुवाएको देखिनँ, तर बाटोमा कुटिरहेका थिए । (आफ्नी आमालाई दिसा खुवाएदेखि बाटोमा कुटेकोसम्मको घटना विवरण प्रत्यक्षदर्शी १० वर्षीय छोराले  सुनाएका थिए ।) प्रहरीले कागजमा सही गर्न भन्यो । के भएको थियो, कसको के गल्ती केही थाहा थिएन, नबुुझेर सही गर्दा प्रहरी कार्यालय आउनुपर्‍यो । २३ गते मिलापत्र भयो, २४ गते मरेको खबर सुन्यौँ ।  – कुमारी कार्की, स्थानीयवासी म बिहीबार बिहान लक्ष्मी परियारको घर जाँदा घाइतेको असाधारण अवस्था केही थिएन, उनको शरीरमा घाउचोट पनि थिएन । त्यसैले हामीले मिलापत्र गर्न भन्यौँ । – प्रेमपुकार चौधरी, असइ इप्रका, चौबास, काभ्रे

– See more at: http://dalitonline.com/archives/17746#sthash.xSoNYncu.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: