जागरण मिडिया सेन्टर

Home » अन्य » लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कारवाहीको माग गर्दै काठमाडौंमा र्याली तथा बिरोध सभा

लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कारवाहीको माग गर्दै काठमाडौंमा र्याली तथा बिरोध सभा

२०७३ पुस १, जागरण मिडिया सेन्टर

15592234_1316266935111456_1511883677_n

अमानविय ढंगले कुर्ररता पुर्बक मारिएकी काभ्रेकी लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कारवाही हुनुपर्ने माग गर्दै काठमाडौंमा र्याली तथा बिरोध सभाको आयोजना गरिएको छ ।
घटनाका दोसीलाई उम्कन नदिन र मृतकका आफन्तलाई तत्काल क्षतीपुर्ती र स्थानिय दलित समुदायहरुको जिउधनको सुरक्षाका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न दबाव र्यालीको आयोजना गरिएको हो ।
संयुक्त राजनितीक दलित संघर्ष समिती र दलित नागरिक समाजको संयुतm अगुवाईमा माईतीघर मण्डलाबाट सुरु भएको र्याली नयां बानेश्वर चोकमा पुगेर बिरोध सभामा परिणत भएको छ ।

15555816_1316149998456483_1841087742_n

बिरोध सभामा बोल्दै बिभिन्न बतmाहरुले लक्ष्मी परियारका हत्यारालाई हदैसम्म कारवाही गर्नमा सरकारको ध्यान आर्कषण गर्दै खबरदारी गरेका छन् । घटनासंग प्रहरी पनि जोडिएकाले घटनाका प्रमाणहरुलाई कमजोर बनाउने रणनिती स्वयम प्रहरीबाटै हुन सक्ने तर्फ सचेत समेत गराएका छन् । कार्यक्रममा बोल्दै महिलाअधिकारकर्मीले यो घटना दलितको मात्रै नभएकाले सिंगो नेपाली समाज एकजुट भएर यस्ता अमानविय घटना बिरुद्ध आवाज उठाउनु पर्ने बताए ।

कार्यक्रम मृतक लक्ष्मी परियारका छोरा सुमनले भने ‘मेरो बुवाले ममीलाई कहिल्यै पिट्नु हुन्नथ्यो, धेरै माया गर्नु हुनथ्यो । ममी त त्यो स्कुलको सरको कुटाईबाट मरेकी हुन, । ‘मेरो आमा मार्नेलाई जेल हाल्नुपर्छ । मेरो आमाको केहि गल्ती छैन । ’

15554960_1316149745123175_1494418262_n
र्यालीमा बिभिन्न संघसंस्थाका प्रतिनिधी, मानवअधिकारकर्मी, संचारकर्मी, दलित अगुवा, महिला अधिकारकर्मी लगाएत सर्बसाधारणको उल्लेख्य सहभागिता  थियो ।

संयुतm राजनितीक दलित संघर्ष समिती र दलित नागरिक समाजले लक्ष्मी परियारको हत्याका बिषयमा स्थलगत अध्यन प्रतीबेदन हिजो पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको थियो । प्रतिबेदन सार्बजनिकसंगै आन्दोलनका कार्यक्रम पनि सार्बजनिक गरेको थियो । सोहि अनुरुप आज र्याली तथा बिरोध सभा गरिएको हो । बिरोधका कार्यक्रम अनुसार भोली पुष २ गते प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई संयुक्त रुपमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाईनेछ ।

15497504_1316149655123184_1630913732_n

15556009_1316267055111444_544249522_n

15555644_1316266928444790_1410652924_n

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: