जागरण मिडिया सेन्टर

Home » अन्य » अभियुक्त हिरा लामाले हिरासतमै भने,‘लक्ष्मीको श्रीमानलाई मारदिन्छु’

अभियुक्त हिरा लामाले हिरासतमै भने,‘लक्ष्मीको श्रीमानलाई मारदिन्छु’

२०७३ पुस ७, जागरण मिडिया सेन्टर

15554879_1829736483969706_1515002539_n-1

काठमाडौं, ६ पुस । लक्ष्मी परियारको हत्या भएपछि हिरासतमा थुनिएका लक्ष्मी परियारको श्रीमान् मिलन परियार सँगै हिरासतमा बसेका शिक्षक हिरा लामाले हिरासतबाट बाहिर निस्किएपछि हत्या गर्ने धम्की दिएका छन् । केही दिन अघि प्रहरीबाट चरम यातना दिएको बताएका परियारले आफ्नो आफन्तसँग आफुलाई हिरा लामाले जेलबाट निस्केपछि हत्या गर्ने सम्मको धम्की दिएको स्रोतले दलित अनलाइन डटकमलाई बताए ।

हिरासतमा सँगै बसेको हिरा लामाले प्रहरीले अनुसन्धान गर्ने समयमा आफुले यातना र कुटपिटसँगै हत्या गरेको बयान दिन भन्दै मिलनलाई भन्न लगाएको कुरा समेत मिलनले बताएको  स्रोतले दावी छ   । स्रोतले भन्यो, ‘हिराले आफुलाई जेलबाट निस्केपछि मार्ने धम्की छ । हिरा लामाले मैले हो ,हत्या गरेको भनेर कुरा राखे आफुले केही नगर्ने ,नत्र मार्ने धम्की दिएको छ। ’ आफ्नो श्रीमतिको आफुले हत्या नगरेको दावी गर्ने र अनुसन्धानमा आफ्नो कुरा राख्दै आएका मिलन केही दिनदेखि हिरासतमा निकै तनाव अवस्थामा देखिएको पनि स्रोतले जनाएको छ ।

यसअघि पनि

लक्ष्मी परियारको हत्या भएपछि हिरासतमा थुनिएका लक्ष्मी परियारको श्रीमान् मिलन परियारलाई प्रहरीले चरम यातना दिएको बताएका थिए ।

हिरासतमा राखेका मिलन परियारलाई प्रहरीले चरम यातना दिएपछि उनी कानै नसुन्ने अवस्थामा पुगेको स्रोतले जनाएको थियो । त्यतिवेला पनि स्रोतले भनेको थियो, ‘कानबाट रगत बगिरहेको छ । शरिरभरी नीलडाम छन् । प्रहरीले जाली फुटाइदिएर कानै नसुन्ने अवस्थामा पुगेका छन् ।’ हिरासतमा लक्ष्मीलाई दिसा खुवाएर कुटपिट गर्ने हिरा लामा र मिलनलाई सँगै राखेको थियो । यसरी संगै राख्दा मिलनको ज्यानको खतरा रहेको पनि स्रोतले जनाएको थियो ।

हिरासतमा मिलनलाई भेटेकी अधिकारकर्मी कमल गहतराजसँग मिलनले मलाई बचाउनु, प्रहरीले यातना दिइरहेको भनेका थिए । बयान लिने बेला कानमा कुटेर दायाँ कान नै नसुन्ने भएको छु भन्दै बिलौना गरिरहेका थिए । गत २४ मंसिरमा लक्ष्मीको मृत्यु भैसकेपछि प्रहरीले मिलनसहित हिरा, काइलीमाया लामा र निरमाया तामाङ्गलाई फक्राउ गरी जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखेर अनुसन्धान गरिहेको छ ।

– See more at: http://dalitonline.com/archives/18142#sthash.7ggbOB69.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: