जागरण मिडिया सेन्टर

Home » अन्य » दलित समुदायमाथि बढ्दै गएको ज्याजतीप्रती सरकार गम्भिर : प्रधानमन्त्री

दलित समुदायमाथि बढ्दै गएको ज्याजतीप्रती सरकार गम्भिर : प्रधानमन्त्री

 

२०७३ पुस १४, जागरण मिडिया सेन्टर

20161229_105813_1

पछिल्लो समयमा देशभर दलित समुदाय माथि बढ्दै गएको ज्याजतीप्रती सरकार गम्भिर रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन ।
काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारको हत्या घटना सम्बन्धमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातीय भेदभाव तथा छुवाछूतका घटनामा पीडितले न्याय पाउन नसकिरहेको भन्दै तत्काल पीडितलाई न्याय दिलाउन आफूले सक्दो प्रयास गर्ने समेत बताएका छन् ।
संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित नागरिक समाजका प्रतिनिधिहरुले आज बिहान प्रधानमन्त्री कार्यालयमै पुगेर पाँच बुँदे माग सहित ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाएका हुन ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले पछिल्लो समयमा राजनीतिक रुपमा प्रतिक्रान्तिका पक्षधरहरुको सक्रियता बढ्नुसँगै दलित तथा उत्पिडित समुदाय माथि निरन्तर अमानविय घटनाहरु बढ्दै गएको बताए । उनले भने “राजनीतिक रुपमा उत्पिडित समुदायले पाएका उपलब्धीहरु कमजोर हुँदै जानुको परिणाम स्वरुप दलित समुदाय माथि अमानवीय घटनाहरु बढ्दै गएका छन् । यसतर्फ समग्र उत्पिडित समुदाय चनाखो भएर एकजुट भई संघर्ष गर्नु आवश्यक छ, । उत्पिडीत समुदायमाथि भैरहेको अत्याचारबारे बर्तमान सरकार गम्भिर छ । ”

बुझाईएको ज्ञापन पत्रमा भनिएको छ “कानुन विपरित हिरासतमा राखेर लक्ष्मी परियारका श्रीमान् मिलन परियारलाई प्रहरीले यातनादिई दोषि प्रमाणित गर्ने प्रयास गरिरहेको छ । हिरासत भित्रै हत्यारा हिरा लामाले मिलन परियारलाई ज्यान मार्ने धम्की दिँदा समेत प्रहरी मुक दर्शक बनी उल्टो पीडित माथि झनै पीडा थप्ने काम गरिएको छ ।”

ज्ञापन पत्रमा प्रहरी लक्ष्मी परियारका हत्यारालाई हदैसम्मको कानुनी कारवाही तथा पीडित परिवारलाई क्षतिपूर्ती, मलमूत्र खुवाएको घटनामा मिलापत्र गराउने प्रहरी चौकी चौबासका इन्चार्ज प्रेम पुकार चौधरीलाई निलम्बन तथा कारवाही, झुठा मुद्दामा फसाउने नियतका साथ हिरासतमा राखिएका लक्ष्मी परियारका श्रीमान्को तत्काल रिहाइ तथा सानोवाङ्थलीका दलित परिवारको तत्काल जिउधनको सुरक्षा सहितका माग राखिएको छ ।

ज्ञापनपत्र बुझाउँदै संयुक्त राजनीतिक दलित सघर्ष समितिका संयोजक डम्बर विश्वकर्माले दलित समुदाय माथि भइरहेका उत्पिडनका घटनाहरुलाई रोक्नका लागि सरकारले तत्काल पहल नगरेमा समग्र दलित समुदाय देश व्यापिपमा शसतm आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

नेपाल दलित संघकी महासचिव, लक्ष्मी परियार, नेपाल उत्पीडित जातीयमुक्ति समाजका अध्यक्ष जीतु गौतम, महासचिव गणेश विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियार, नेपाल दलित मुक्तिमोर्चा नेपालका रामलाल विश्वकर्मा, जातीय समता समाजकी गौरा नेपाली, विभेद मुक्ति प्रगतिशील समाजका अध्यक्ष टिकाराम दियाली, नेपाल राष्ट्रिय दलित केन्द्रका उपेन्द्र छटुञ्जेल, दलित नागरिक समाजका पदम सुन्दास, शिवहरि ज्ञवाली, त्रिलोकचन्द्र विश्वास लगायतको टोलीले ज्ञापनपत्र बुझाएका थिए ।

लक्ष्मी परियारको हत्या भएको करिब २० दिन पछि आज प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”लाई ज्ञापन पत्र बुझाइएको थियो ।

20161229_112725

Advertisements

5 Comments

  1. Paulo Vitor says:

    As taças também podem figurar da decoração se usadas como castiçais de velas.
    porque sei que Optar por uma água colorida também é uma opção nada convencional. http://trungcapluatbmt.edu.vn/UserProfile/tabid/57/userId/2550/Default.aspx

  2. Woah how much of an document along %BT%! That’s factor I`ve
    been looking for many years! I believe a few more to return at the same?

  3. The toys, launching at retail next month, mirror the creativity and community spirit of the game.

  4. Pela tarde, comecei a produzir meus vasos com umas garrafas pet
    que consegui salvar do lixo de casa. http://foxempiretv.com/wp-content/plugins/zingiri-forum/mybb/member.php?action=profile&uid=79638

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: