जागरण मिडिया सेन्टर

Home » अन्य » पहिलो दलित महिला एल डी ओ को मुख्य सचिव बन्ने धोको

पहिलो दलित महिला एल डी ओ को मुख्य सचिव बन्ने धोको

ldo

म अत्यन्तै निम्नमध्यम वर्गीय परिवारमा कास्कीको रुपाकोट गाविसमा जन्मिए । रुपाकोटमै माध्यमिकसम्म पढें । त्यतै हुर्किएं । परिवार ठूलो र अयस्रोत कम थियो । खेतीपाती धेरै थिएन खान नपुग्ने भएकाले बुवाममी लुगा सिलाउने काम गर्नुहुन्थ्यो । हामी आठ जनाको परिवार हौँ । दाइहरु ३ जना र दिदीबहिनी ३ जना मध्ये म माहिली हुँ । मेरो परिवारमा एसएलसी परीक्षा उत्तिर्ण हुने म र मेराे सानाे दाइ मात्र हाे ।

एसएलसी पास गर्ने वित्तिकै मेरो विवाह भयो । एकवर्षपछि छोरो जन्मियो । त्यतिबेला म पृथ्वी नारायण क्याम्पसमा पढ्थें । त्यतिबेला मैले धेरै दुख गरें। मेरो श्रीमान् परिवारको जेठो छोरो भएकाले घरपरिवार, सबै हेर्नुपथ्र्यो । पढाई, घरपरिवार, बच्चा र पैसा कमाउन पर्ने भएकाले हामीले त्यो समय धेरै दुःख गर्याेँ । श्रीमान् पढेलेखेको र बुझ्ने भएकाले पढ्न चाहि रोकतोक भएन ।

मेरो माईती र घर दुईटै सामान्य साक्षर परिवार हो । तर, सामान्य साक्षर भएपनि उहाँहरुको सोचाइ अत्यन्तै राम्रो भएकाले मैले पढ्न पाएं । म अलिकती साहसी, आत्मविस्वासी र ईच्छाशक्ति भएको महिला भएको कारणले पढ्नको लागि धेरै त्याग गरें । ईच्छाशक्तिले मान्छेलाई जस्तोसुकै समस्यासंग जुध्न र सामना गर्न सिकाउदोरहेछ ।

श्रीमान्को कमाइले मात्रै पढ्ने खर्च पुग्दैनथियो । घरपरिवार सबै हेर्नेुपर्ने भएकाले मैले पनि काम नगरि पढ्न सक्ने अवस्था भएन । म कामको खोजीमा निस्किएँ । गार्मेन्टमा लुगा कटिङ गर्ने काम मिल्यो । त्यही भएपनि मैलै पढ्न सजिलो हुन्छ भन्ने ठानेर गरें ।

बच्चा सानै थियो । बच्चालाई वेलावेला दूध खुवाइरहनुपर्ने । त्यसैले काममा सँगै लिएर जान्थें । राख्ने ठाउँ पनि थिएन । लुगा कटिङ गर्ने ठूलो टेबुल थियो । टेबुलमुनि खाली थियो । त्यही भागमा एउटा सानो झोलुंगो बनाए । बच्चालाई त्यही सुताउँदै काम गर्न थालेँ । बिहान कलेज दिउसो काम र बच्चा हेर्दै मैले आइए सकें ।

आइएपछि पढ्नको लागि काठमाडाैँ आए । श्रीमान् पनि संगैआउनुभएको थियो बानेश्वरमा कोठा लियौँ । बिहान–बेलुकाको छाक टार्न काम नगरी सुखै थिएन । कामको खोजीमा म निस्किएँ । बानेश्वरस्थित कपडा पसलमा लुगा सिउने काम मिल्यो । पद्यमकन्या क्याम्पस भर्ना पनि भएँ । त्यहाँ पढ्दै काम गर्दै गरेर स्नातक सकाए । चाडै नै काममा जानुपर्ने भएकाले विद्यार्थी राजनीतिले आर्कषित गरेको भएपनि त्यतातिर प्रवेश गरिन ।

बिएको अन्तिम परीक्षा आउन लागेको थियो । मेरो दोस्रो बच्चा जन्मियो । सुत्केरी भएको बेलामा परीक्षा चल्यो । परीक्षा नदिइकन बस्न मनले मानेन । परीक्षा दिने निधो गरेँ । बच्चा हेर्ने मान्छे पनि कोठामा थिएनन् । त्यसैले बच्चा लिएरै परीक्षामा सहभागी हुने निर्णय गरेँ ।

भृकुटीमण्डपस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा परीक्षा केन्द्र थियो । १८ दिनको बच्चा च्यापेर म परीक्षा दिन पुगेँ । बच्चा सुताउन छुट्टै कोठाको व्यवस्था रहेछ । त्यही कोठामा बच्चा सुताएँ । म परीक्षा हलमा प्रवेश गरेँ । सबैले ‘सुत्केरी आई’ भने । मन अलि खिन्न भयो । बच्चा रोइरहन्थ्यो । पेपर बेन्चमै छाडेर दूध चुसाउन जान्थे । यसरी दिएको परीक्षा पास भएको रिजल्ट आयो ।

धेरै दुःख गरेर बिए पास भइयो । त्यसपछि पढेलेखेके मान्छे लुगा सिलाएर बस्नुभन्दा पढेकै विषयमा जागिर खाने सोच बनाए । जागिर खोज्न थालेँ । दलित उत्थानमा काम गर्ने गैरसरकारी संस्था रहेछ । त्यहीँ अधिकृतस्तरको जागिर मिल्यो । त्यसका लागि नेपालगन्ज जानुपर्ने भयो । म गएँ । मैलै २०७० सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा मास्र्टस पनि गरेँ ।

पाँचवर्ष एनजिओको जागिरबाट मैलै धेरै सिके । सरकारी कर्मचारीसँग हामीले सहकार्य र समन्वय गर्नुपथ्र्यो । सरकारी जागिरले मलाई त्यतिखेर धेरै लोभ्यायो । ममा ईच्छाशक्ति र आत्मविस्वास थियो । काठमाडौ आएर अधिकृत परीक्षाको तयारीमा जुटेँ । तीन महिनाका लागि विशेष कक्षा लिएँ । महिला र दलित दुवै कोटामा परीक्षा दिएँ । पहिलो प्रयासमै दुवैतर्फ नाम निस्कियो । अन्तर्वार्तामा भने दलित कोटाको अधिकृत बनेँ ।

एनजिओको अधिकृतबाट म अब सरकारी अधिकृतमा बदलिएकी थिएँ । जिम्मेवारी पनि त्यहीअनुसारको आयो । मैले सोहीबमोजिम गर्दै गएँ । इमानदारिता र लगनशीलता सबैभन्दा ठूलो विषय रहेछ । मैले काममा सफलता पाउँदै गएँ । ममा आत्मविश्वास बढ्दै गयो । यो गर्नुमा मेरो ईच्छाशक्तिले धेरै भुमिका खेल्यो ।

अधिकृत भएको तीन वर्षपछि उपसचिवको आवेदन खुल्यो । खुलातर्फबाट मैले पनि आवेदन भरेँ । नाम निस्कियो । पछि अन्तर्वार्ता भयो । त्यसमा पनि म अब्बल ठहरिएँ । जागिर सुरु गरेको तीन वर्षभित्र म उपसचिव बनेँ । दोलखाको एलडिअाेको रुपमा पाँच महिना काम गरेर काठमाडाैँ स्थानीय विकास मन्त्रालयमा सहायक प्रवक्ता भएर आएँ ।

सहायक प्रवक्ता भइसकेपछि मलाई भोजपुरमा एलडीअाे रुपम सरुवा गरियो । म यहाँ आएको १ महिना ८ दिन भयो । यो क्षेत्रबाट मैले धेरै नै साथ र सहयोग पाएको छु । विभिन्न संघसस्थाहरुले सम्मान पनि गरेका छन् । म आफ्नो कार्यक्षेत्रमा जादाँ धेरैजसो ठाउँमा यो महिला रहिछ यसले काम गर्न सक्ली र भन्दै शंका गर्छन । तर काम सुरु गर्न थालेपछि सबैक्षेत्रको मान्छेसंगको समन्वय र सहकार्य देखेर सबैले सहयोग गर्छन । उनीहरुको सोचाई परिवर्तन हुन्छ ।

मेरो कामको लगनशिलता, सहकार्य र समन्वयको कारणले म पक्कै पनि मुख्यसचिव हुन्छु । मैले सहसचिवको तयारी गरिरहेको छु । काम गर्दै र अनुभव बटुल्दै गएपछि मुख्यसचिव नै बन्ने हो । यो मेरो ईच्छाशक्ति हो र आत्मविस्वास पनि । भविष्यमा सरकारी सेवाबाट बिश्राम लिएपछि आफूले आर्जन गरेको ज्ञान र अनुभव देशको समृद्धिमा लगाउनेछु । मलाई विस्वास छ देशको लागि हामीजस्ता महिलाहरुको आवश्यक छ ।

म महिलाहरुलाई मेहनत अध्यन र अनुसन्धान ग¥यो भने असम्भव केहि छैन भन्न चाहन्छु । आफ्नो रुचिको क्षेत्रमा पूर्वतयारी गरेर लाग्यो भने एकदिन अवश्य लक्ष्यमा पुगिन्छ । त्यसको लागि ईच्छाशत्ति, आत्मविस्वास र धैर्यता चाहिन्छ । म भन्दा तपाइहरु धेरै गर्नसक्नुहुन्छ ।

त्यसैगरि आफ्नो छोराछोरीको लागि अभिभावकले पनि सोच्नुपर्छ । के गर्न चाहन्छन त्यसमा सर्पोट गर्नुपर्छ । अवसरहरुको खोजी गरिदिनुपर्छ । साथ र सहयोग पाए भने छोराछोरीले धेरै प्रगति गर्न सक्छन ।

http://nepalaaja.com/2016/12/47989

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: