जागरण मिडिया सेन्टर

Home » अन्य » धारामा छुवाछूत, प्रहरीमा मिलापत्र ! ‘समाज चाहिन्छ मुद्दा नगर’ पीडितको गुनासो…

धारामा छुवाछूत, प्रहरीमा मिलापत्र ! ‘समाज चाहिन्छ मुद्दा नगर’ पीडितको गुनासो…

२०७३ माघ ५, जागरण मिडिया सेन्टर

दैलेख , ५ माघ । नारायण नगरपालिका–६ नयाँगाउँकी ३१ वर्षीया तारा सुनारलाई सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर बुढाले माघ ४ गते छुवाछूत तथा जातीय भेदभाव गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् ।

सार्वजनिक धारामा पानी भर्दैगर्दा चक्रबहादुरको गाग्री छोइएको भन्दै आफूलाई लछारपछार गर्नुसँगै लात्तीले छाती, तिघ्रा र टाउकोमा हानेको पीडितले बताइन् । उनले निवेदनमै उल्लेख गरे पनि प्रहरीमै आज मिलापत्र भयो । दुवै पक्षको सहमति बनेकोले मिलापत्र गराएको प्रहरीको प्रतिक्रिया छ ।

घटनास्थलबाट करिव डेढ किलोमीटर सदरमुकामभित्र मुलबाटो हिंडेर निवेदन लेखाई प्रहरी कार्यालयमा पुग्दा समेत पीडित महिला खाली खुट्टा पुगेकी थिइन् । खाली खुट्टा, जिउमा लगाएको स्वीटर र कुर्ता सुरुवालमा समेत भूइँको धुलो र फोहोर छँदै थियो ।

ताराले रुँदै भनिन्, ‘उनै व्यक्तिले यसअघि पनि ४ पटक त्यही धारामा विभेद गरे ।’ आरोपित पक्षले ‘समाज चाहिन्छ मुद्दा नगर’ भन्दै धम्क्याएर पीडितलाई मिलापत्र गर्न सहमत ताराकी दिदी बालकुमारी सुनार बताइन् ।

जिल्लामा छुवाछूतका घटना प्रहरी वा स्थानीय निकायमा आउँदा सामान्य ठाडो निवेदनको भरमा आउने दुवै पक्षलाई रोहवर गराउँदै पीडितलाई सहनशील हुन दवाव दिएर मिलाउने गरिन्छ । महिला माथि हुने हिंसामा खासै मेलमिलाप गराउने आँट गर्न सक्दैनन् तर जातीय भेदभावका घटनामा राजतीतिक र सामाजिक दवावमा सहजै मिलापत्र गराउने संस्कार छ ।

– See more at: http://dalitonline.com/archives/19277#sthash.coAOW5NQ.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: