जागरण मिडिया सेन्टर

Home » अन्य » लक्ष्मी र अजितका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रधानमन्त्रीको आश्वासन

लक्ष्मी र अजितका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रधानमन्त्रीको आश्वासन

२०७३ माघ १८, जागरण मिडिया सेन्टर

प्रधानमन्त्री पुष्पकमल दाहालले लक्ष्मी परियार र अजित मिजारको परिवारलाई उचित क्षतिपूर्ति दिने बताएका छन् । उनीहरुको घटनामा संलग्नहरुमाथि कारबाहीका लागि छानविन प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिने आश्वासन दिएका हुन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । तिलक परियार नेतृत्वको प्रतिनिधि मण्डलले लक्ष्मी परियार र अजित मिजारका हत्या प्रकरणमा संलग्नमाथि कारबाही, पीडितलाई क्षतिपूर्ति, दलित विकास समिति खारेज गर्न खोजिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रधानमन्त्रीले सरकार दलित समुदायका समस्या समाधानप्रति कटिबद्ध भएर लागेको बताएका थिए । उनले दलित आयोगलाई संवैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धि भएको भन्दै दलितहरुको विकास र समृद्धिका पक्षमा कार्य गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पार्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

http://kantipur.ekantipur.com/news/2017-01-31/20170131112310.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: