जागरण मिडिया सेन्टर

Home » अन्य » दलितलाई मन्दिर पसेको निहुँमा ५ हजार जरिवाना !

दलितलाई मन्दिर पसेको निहुँमा ५ हजार जरिवाना !

Advertisements

२०७३ माघ २३, जागरण मिडिया सेन्टर

रामेछाप – रामेछाप जिल्लाका स्थानीयले एक दलितलाई मन्दिर भित्र प्रवेश गरेको आरोपमा ५ हजार जरिवाता तिराइएको छ ।बेताली गा वि स वार्ड नं ३ का स्थानीय कृष्णकुमार विश्वकर्मालाई गाँउमा रहेको सेरकाली मन्दिर छोएको निहुमा स्थानीय गैर दलितको समुहले जरिवाना तिराएका हुन ।

मन्दिर दलितले छोएर अपवित्र भएको भन्दै चोख्याउनको लागि रुद्रीपुजा गर्नलाई भन्दै पुजारी छत्र बहादुर बुढाथोकी लगायतका स्थानीय व्यत्तिहरुले जरिवाना सहित सामाजिक याताना दिएको पिडित बिश्वकर्माले बताए ।

शनिबार गैर दलितहरुले पुजा गरिरहेको बेला कृष्णाले पनि मन्दिर भित्र गएर पुजा गरेका थिए । पुजागर्ने बेला गैर दलितहरुले दलित भित्र पसेको भन्दैे बिश्वकर्मालाई मन्दिरबाट बाहिर निकालेका थिए ।

कृष्णा बाहिर आएपछि मन्दिरका पुजारी छत्र बुढाथोकीले मन्दिर जुठो भयो भन्दै पुजा गर्न बन्देज गरेका थिए । पुजारी लगाएतका टोलीले मन्दिर चोख्याउने भन्दै रुद्री लगाएपछि मात्रै पुजा गर्नको लागि मन्दिर खुल्ला गरिएको थियो ।

जातिय बिभेद तथा छुवाछुत सम्बन्धी सरकारले कडा कारबाही गर्ने कानुन बनाएको भए पनि प्रभावकारी कार्यन्वयन हुन नसक्दा गाँउ घरमा बिभेदको घटनाहरु बढ्दै गएका छन् ।

पुजारी बुढाथाकीले परम्परागत रितिरिवाज अनुसार दलितहरुलाई मन्दिरभित्र पस्ने अधिकार नभएकोले विश्वकर्मालाई जरिवाना तिराइएको बताए । पुजारीको भनाईमा सहि थप्दै स्थानीयले सामाजिक मूल्य र मान्यता बिर्सेर गल्ति गरेकोले कृष्णाले हामीलाई नभई देवतालाई दण्ड जरिवाना तिरेको बताए ।

जिल्लाका अधिकाशं मन्दिरहरुमा हालसम्म पनि दलितलाई पुजाआजाका साथै मन्दिर प्रवेशमा रोक लगाइएको छ । आफुमाथि नराम्रो ब्यवहार भएको भन्दै यस बिरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दिने पीडित कृष्ण बहादुर बिश्वकर्माले बताए ।

– See more at: http://dalitonline.com/archives/20400#sthash.vd4RyUsX.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: