जागरण मिडिया सेन्टर

Home » अन्य » कसैले अछुतको व्यवहार गर्छन् भने उनीहरू पनि हाम्रा लागि अछुत हुन् !

कसैले अछुतको व्यवहार गर्छन् भने उनीहरू पनि हाम्रा लागि अछुत हुन् !

Advertisements

२०७३ फागुन ३, जागरण मिडिया सेन्टर

man-jodi

विभिन्न सभा–सेमिनारमा भाषण गरिन्छ, ‘अशिक्षाको कारण समाजमा विभेद विद्यमान छ ।’ के अशिक्षितले मात्र समाजमा विभेद गर्छन् त ? अधिकारकर्मी र शिक्षितहरूको भनाइ प्रति विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भइसकेका डा. मान बहादुर विकेको भोगाइ यक्ष प्रश्न बनेर उभिएको छ । एउट शिक्षित परिवारकी केटी बिहे गरेका प्रजिअ विके १० वर्ष सम्म ससुराली जान पाएनन् या भनौँ जानै सकेनन् ।

पाल्पाका डा. मानबहादुरले २०५० मा दाङकी सुशीला क्षेत्रीलाई घर भित्र्याए । तर उनीहरूको विवाह असामान्य बन्यो । सुशीलालाई घर भित्र्याएर विवाह उत्सव मनाउनु त परको कुरा, अनेक थरी समस्यासँग जुध्नुप¥यो उनीहरूले । सुशीलाले भनिन्, ‘हाम्रो विवाह समाजका लागि ठूलो विद्रोह थियो ।’ उनीहरूको प्र्रेम, विवाह र त्यसपछिका कथा निकै कारुणिक र ‘इन्ट्रेस्टिङ’ छन् ।

सुशीलालाई घर भित्र्याएर विवाह उत्सव मनाउनु त परको कुरा, अनेक थरी समस्यासँग जुध्नुप¥यो उनीहरूले । सुशीलाले भनिन्, ‘हाम्रो विवाह समाजका लागि ठूलो विद्रोह थियो ।’ उनीहरूको प्र्रेम, विवाह र त्यसपछिका कथा निकै कारुणिक र ‘इन्ट्रेस्टिङ’ छन् ।

०००

कुरा २०४९ सालको हो । दलित समुदायमा जन्मिएका डा. मानबहादुर विके त्यतिवेला नेपाल सरकार अन्तर्गतको अधिकृतको भूमिकामा कपिलवस्तुमा कार्यरत थिए । सुशीलाका बुवा पनि नायव सुब्बाको रूपमा सोही जिल्लामा कार्यरत थिए । जसका कारण विके र सुशीलाका बुवाको राम्रै चिनजान थियो ।

त्यत्तिकैमा मानसँगको चिनजानको संख्यामा सुशीला पनि थपिइन् । त्यो किनभने सुशीलाका बुवा जहाँ पुगे पनि आफ्नो परिवार सँगै लिएर जान्थे ।

चिनजानलाई अझै घनिष्ट बनाउने अर्को माध्यय पनि थियो, उनीहरूसँग । मानले कलेजमा पनि प्राध्यापन गर्थे र, सुशीला कलेजकी विद्यार्थी थिइन् । सुशीलाले पढ्ने कलेजमा त मानले पढाएनन् तर, सुशीलालाई ट्युसन चाहिँ पढाए ।

सुशीलालाई प्रश्न, ‘के कारणले आकर्षित हुनुभयो त ?’ सुशीला एकछिन अकमक्इिन्छिन् र मुसुक्क हाँस्दै भन्छिन्, ‘अब केले ग¥यो भन्नु । उहाँ इन्टलेक्चुल पर्सन भएकाले नै होला नि ।’

उनीहरू बीच लामो समय अफेयर्स भने चलेन । त्यसरी डेटिङ गएको पनि याद छैन सुशीलालाई । भन्छिन्, ‘यसो–उसो गर्दा बिहे गर्नेमै कुरा गर्यौँ ।’ तर, कसरी ?

मानले त राम्रो सँग सम्झाएका पनि थिए सुशीलालाई । उनले भनेका थिए, ‘भोली समाजमा ठूलो समस्या आउन सक्छ । तिमीलाई गाह्रो पर्छ ।’ तर, सुशीला भने मानसिक रूपमै अप्ठ्याराको सामना गर्न तयार भइसकेकी थिइन् । त्यो प्रेमले दिएको शक्ति होला सायद, सुशीलाले मानलाई बल दिइन्, ‘जे–जस्तो भए पनि झेल्न तयार छु ।’

उनीहरू कपिलवस्तुुबाट छुट्दाछुट्टै बाटो तय गरे र बुटवलमा भेटे । यो कुरा जब सुशीलाको परिवारलाई थाहा भयो, त्यसपछि भने मान–सुशीलालाई सकस प¥यो । सुशीलाका परिवारले उनलाई मरेतुल्य गरे । सुशीला र उनको परिवारको बाटो आ–आफ्नै बन्यो । सुशीला भन्छिन्, ‘सुरुको अवस्थामा निकै कष्ट झेल्यौँ । त्यतिवेलाको समाजमा कति गाह्रो थियो होला आफैँ कल्पना गर्नुस् त ?’

उनीहरू कपिलवस्तुुबाट छुट्दाछुट्टै बाटो तय गरे र बुटवलमा भेटे । यो कुरा जब सुशीलाको परिवारलाई थाहा भयो, त्यसपछि भने मान–सुशीलालाई सकस प¥यो । सुशीलाका परिवारले उनलाई मरेतुल्य गरे ।

तर, बिहे भएको करिब चार वर्ष पछि भने सिनारियो फेरियो । सुशीलाका भाइ काठमाडौंमा इन्जिनियरिङ पढ्थे र सुशीलाको भाइसँग भेट भइसकेको थियो । सुशीलाका छोरा पनि तीन वर्ष पुग्न आँटिसकेका थिए । त्यसै वेला उनका बुवा काठमाडौंमा बस्ने सुशीला कहाँ आइपुगे । चार वर्षपछि आफ्नो बुवालाई देख्दा सुशीला भक्कानिइन् । विगतलाई सम्झेर उनको आँसु लामो समय रोकिन सकेन् ।

भन्छिन्, ‘खै भाइले सम्झाएर हो कि किन हो बुवा आउनुभयो र हिँड् भन्दै भाइको कोठामा लिएर जानुभयो ।’ त्यसपछि उनी माइत पनि गइन् । त्यसपछि भने सुशीलाको माइतीलाई समस्या प¥यो । भन्छिन्, ‘म माइत गए सँगै दाजुभाइहरूले कुल छुट्टाएर छुट्टै पूजा गर्न थाले । मेरो माइतीलाई एक्लै बनाए ।’

सुशीला त माइत जान थालिन्, तर लामो समय मान भने ससुराली जान सकेनन् । बिहे गरेको १० वर्षपछि अर्थात २०६१ सालको दसैँमा मात्र उनले ससुरालीको दैलो टेके । सामाजिक कुसंस्कारका कारण शिक्षित भएर पनि उनीहरू लामो समय विभेदको सिकार हुन बाध्य भए । मान भन्छन्, ‘काठमाडौंमा उनको बुवासँग भेट भइरहन्थ्यो । व्यस्त पनि भएँ । त्यसैले ससुराली जान ढिलै भयो ।’

सुशीला त माइत जान थालिन्, तर लामो समय मान भने ससुराली जान सकेनन् । बिहे गरेको १० वर्षपछि अर्थात २०६१ सालको दसैँमा मात्र उनले ससुरालीको दैलो टेके ।

कथा यत्तिमै मात्र सीमित छैन । दलितसँग बिहे गरेकै कारण सुशीला वेलावेला साथीहरूबाटै अपमानित हुनुपरेको छ । केही समय अघि मात्र साथीको बर्थ डेमा जाँदा उनी बाहिर बस्नुप¥यो । त्यतिवेला उनलाई पहिलोपटक जीवनमै ठूलो अपमानबोध महसुस भयो । भन्छिन्, ‘उनीहरू पनि मेरा लागि अछुत भए । त्यस्तो ठाउँमा म कहिल्यै पनि जान्नँ र म पनि बोलाउँदिन । हामीलाई कसैले अछुतको व्यवहार गर्छन् भने उनीहरू पनि हाम्रा लागि अछुत हुन् ।’

अहिले मान र सुशीलाको माइतीसँग राम्रो सम्बन्ध छ ।

– See more at: http://dalitonline.com/archives/20685#sthash.wCFRXgqk.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: