जागरण मिडिया सेन्टर

Home » अन्य » शेराकाली मन्दीरमा भएको छुवाछूतको घटना समाजको कलंक भएको सरोकारवालाको भनाई

शेराकाली मन्दीरमा भएको छुवाछूतको घटना समाजको कलंक भएको सरोकारवालाको भनाई

Advertisements

२०७३ फागुन ३, जागरण मिडिया सेन्टर

xuwaxut

रामेछाप जिल्लाको बेताली गाविस–३ शेराकाली मन्दिरमा स्थानीय कृष्ण कुमार वि.क माथि गरिएको छुवाछुतको घटना नेपाली समाजकै कलंकको रुपमा रहेको सरोकारवालाहरुले बताएका छन् । बेताली गावस–३ मा भएको जातिय विभेदको घटनाको सम्बन्धमा मंगलबार सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिले सो घटनामा संलग्नलाई कडा कारवाही हुनु पर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्याक्रममा दुईजना पूजारीहरुलाई हिरासतमा राखि अनुसन्धान भई रहेको र अन्य २ फरार भएकोले खोजि कार्य जारी रहेको प्रहरीले जानकारी दियो । अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता झपड भण्डारी, एमाले अध्यक्ष शान्तिप्रसाद पौडेल, माओवी केन्द्रका नेता एवं पूर्वसभाषद तारानारायण श्रेष्ठ, बार अध्यक्ष पाण्डव प्रसईँ लगायतले प्रहरीले कारबाही अघि बढाएकोले पीडकलाई कडा कारबाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए ।

नेपाल राष्ट्रिय दलित समाज कल्यण संघका केन्द्रिय अध्यक्ष त्रीलोकचन्द्र विश्वास विकले सो घटना सामाजिक समस्या भएकोले यसको निराकरणका लागि सबैको सहयोग जरुरी भएको बताए । कार्यक्रम नेपाल राष्ट्रिय दलित समाज कल्यण सघं र समता मञ्च नेपाल को आयोजनामा भएको थियो ।

गएको माघ २२ गते बेताली–३ का कृष्ण कुमार विक शेराकाली मन्दिरमा पूजा गर्न जाँदा मन्दिरभित्र पसेको भन्दै पुजारीहरु छत्रबहादुर बुढाथोकी र भिमबहादुर बुढाथोकीले पीडितबाट ५ हजार रुपैयाँ जरिवाना गरी मन्दिरमा रुद्रि लगाएर चोख्याएका थिए ।

घटनामा संलग्न पुजारी र उनीहरुलाई सो कार्य गर्न निर्देशन दिने मन्दिर व्यवस्थापन समितिका बेताली ४ निवासी ५६ वर्षिय गुञ्जबहादुर कार्की र बेताली ५ का ६२ वर्षिय मकरनाथ जोगीका विरुद्ध माघ २४ गते जिल्ला प्रहरी कार्यालय रामेछापमा मुद्दा दर्ता भएको छ ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: