जागरण मिडिया सेन्टर

Home » अन्य » “काम र वंशका आधारमा विभेद” विषयक अन्तरराष्टिय सम्मेलन राजधानीमा शुरु,

“काम र वंशका आधारमा विभेद” विषयक अन्तरराष्टिय सम्मेलन राजधानीमा शुरु,

Advertisements

२०७३ फागुन १४ , जागरण मिडिया सेन्टर 

रमा खड्का 

img_7701

एसिया स्तरिय “काम र वंशका आधारमा विभेद” विषयक दुई दिने सम्मेलन शनिवार देखि काठमाडौंमा शुरुभएको छ ।

एसियाका देशहरुमा विद्यमान जातिय तथा वर्गिय विभेदका विषयमा अन्तर देशिय अवस्था र अनुभवहरुको आदान प्रदान र जातिय तथा वर्गिय विभेद अन्त गर्नका लागि गर्न सकिने साझा पहलका बारेमा छलफल गरि रणनीति तयार गर्न सम्मेलनको आयोजना गरिएको हो ।

विश्वभरीरका दलित समुदायको अवस्था, उनीहरुका हक अधिकार तथा काम र वंशका आधारमा भइरहेको विभेद अन्त्यका लागि गर्नुपर्ने पहल बारे सम्मेलनमा छलफल हुने सांसद मिन बिश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, मलेसिया जर्मन लगायतका देशका प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलित सांसदहरुले आ–आफ्रनो देशमा रहेको काम र बंशका आधारमा गरिने विभेदको अवस्था र अन्त्यका लागि गरेका पहलहरु र कानुनी व्यवस्था लागयतका बारेमा आफ्नो धाराण राखेका थिए ।

IMG_7708.JPG

उनीहरुले अहिले पनि विश्वका १६ लाख मानिसहरु काम र वंशका आधारमा विभेदको मारमा परेको र उनीहरुलाई सामाजिक न्याय, मानवअधिकार, आर्थिक तथा संस्कृतिक अधिकारबाट वञ्चित गरिएको वताए । यसको अन्त्यका लागी संयुक्त राष्ट्र संघले नयाँ घोषणा पत्रमार्फत अगाडी बढ्नु पर्नेमा जोड दिए ।

विश्वको कुल जनसंख्याको चार प्रतिशत जनसंख्या विभेदमा रहेको वताउदै यसको अन्त्यका लागि शिक्षा, आर्थिक विकासमा विश्वले नै लगानी गर्नु पर्ने बताए ।

दलित सरोकारमा एसिया सांसद फोरम एफिएफडिसी र एशियाली दलित अधिकार फोरम एडिआरएफको संयुक्त रुपमा आयोजित सम्मेलन आइतबार सम्पन्न हुने छ सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्दै सभामुख मार्फत् प्रधानमन्त्रीलाई हस्तान्त्रण गर्ने छ ।

img_7653

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: