जागरण मिडिया सेन्टर

Home » अन्य » दलित महिला घर निकाला

दलित महिला घर निकाला

२०७४ जेष्ठ १९, जागरण मिडिया सेन्टर,

ठाकुरसिंह थारू, भीमबहादुर सिंह, बाँके/जाजरकोट

Dalit-02062017084501-1000x0

जेष्ठ १९, २०७४- बाँकेको डुडवा गाउँपालिका कम्दीकी २० वर्षीया सीमा परियारलाई दलित भएकै कारण पति र सासूले घर निकाला गरेका छन् । कम्दीकै प्रेमप्रकाश क्षत्रीले १ वर्षअघि उनीसँग प्रेमविवाह गरेका थिए । उनीहरू केही समय भारतमा बसे । त्यहाँबाट फर्केपछि प्रेमले सीमालाई घर भित्र्याए । तर, केही दिनमै व्यवहार परिवर्तन भयो । सासू हीराले दलितले छोएको नखाने र घरमै बस्न नदिने अडान लिएपछि विवाद सुरु भयो । प्रेम पनि आमाकै पक्षमा उभिए । ‘यो दलितलाई घरमा किन राखेको ? उसले छोएको किन खाएको भन्दै धम्क्याउन थाल्नुभयो । उहाँ (प्रेम) ले पनि मैले छोएको खाना छोड्नुभयो,’ आफूमाथिको विभेदबारे जानकारी गराउँदै सीमाले भनिन्, ‘दलित समुदायको छोरी भएकै कारण घरबाट निस्कनुपर्‍यो ।’

http://kantipur.ekantipur.com/news/2017-06-02/20170602084509.html


Leave a comment

Top Clicks