जागरण मिडिया सेन्टर

Home » अन्य » बैतडीमा एमालेले प्रमुख पदमा दलितलाई टिकट दिएपछि कांग्रेस आत्तियो

बैतडीमा एमालेले प्रमुख पदमा दलितलाई टिकट दिएपछि कांग्रेस आत्तियो

२०७४ असार २, जागरण मिडिया सेन्टर,

बैतडी, १ असार । स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बैतडीले  दलितलाई मेयर र उपमेयरमा उम्मेद्वार बनाएर पुरानो राजनीतिक परिपाटी तोडेकोे छ ।

unnamedmhg-244x300

सरस्वती नेपाली

बैतडीका चार वटा नगरपालिका र ६ वटा गाउँपालिका मध्ये नेकपा एमालेले बैडीका मुख्य २ ठूला  नगरपालिकामा दलितबाट मेयर र उपमेयरको उम्मेद्वार बनाएर दलितलाई प्रमुख पदमा चुनााव लड्ने अवसर प्रदान हो ।

“जिल्ला निर्वाचन कार्यालय बैतडीमा १३ दल दर्ता छन् । दलितलाई मुख्य पदमा एमालेले टिकट दिएका हामी दुई जना मात्र छौं” घरलदैलो अभियानमा भेटिएकी उम्मेद्वार सरस्वती नेपालीले भनिन् ।

१० वटा नगर तथा गाउँपालिका मध्ये नेकपा एमालेले देशको १० औं नमुना सहरका रुपमा विकास हुन लागेको पाटन नगरपालिकामा नरेश कुमार विश्वकर्मालाई मेयरको उम्मेद्वार बनाएको छ भने दशरथ चन्द नगरपालिका बैतडीको उप मेयरमा सरस्वती नेपालीलाई उम्मेदवार बनाएको छ । जिल्ला भरी देखिएका यी दुई जना दलित उम्मेद्वार मध्ये नरेशकुमार विश्वकर्मा कानुनमा आइएल हुन भने सरस्वती नेपाली समाजशास्त्रमा स्नातक हुन् ।

 जिल्लाका अधिकाशं स्थानीय तहमा राजनीतिक दलका मुख्य नेता आफै उम्मेद्वार बनेका बेला नेकपा एमालेबाट स्थानीय तहको प्रमुखमा टिकट पाउँदा खुशी लागेको पाटन नगरपालिकाको मेयरका प्रत्याशी नरेशकुमार विश्वकर्माले बताए ।

unnamednh-193x300

नरेश कुमार विश्वकर्मा

नमुना सहरका रुपमा विकास हुन लागेको पाटन नगरपालिकाको मेयरमा एमालेले नरेशकुमार विश्वकर्मालाई अघि सारेपछि विश्वकर्मा घरदैलोमा व्यस्त देखिएका छन् । पाटन नगरपालिकामा नेपाली काँग्रेसले पूर्व मन्त्री केशव चन्दलाई मेयरमा अघि सारेको छ । पाटन नगरपालकामा एमालेका विश्वकर्मा र काँग्रेसका चन्दवीच कडा मुकाविला हुने राजनीतिक वृतमा बहस चलेको छ ।

दशरथ चन्द नगरपालिकामा एमालेले मेयरमा देवीदत्त भट्ट, उप मेयरमा सरस्वती नेपालीलाई अघि सारेको छ भने काँग्रेसले मेयरमा पार्टी सभापति नरेन्द्र थापा र उपमेयरमा मीना चन्दलाई टिकट दिएको छ । दशरचथ चन्द नगरपालिकामा राप्रपाले पुष्करराज जोशी (लख्खाभाइ) मेयर र उपमेयरमा अम्बीका भण्डारीलाई टिकट दिएको छ । दशरथ चन्द र पाटन नगरपालिकाको स्थानीय तहको निर्वाचनलाई दलहरुले आफ्नो शाखको विषय बनाएका छन् ।

बैतडी जिल्लाका चार नगरपालिका र ६ वटा गाउँपालिकाहरुमा ८४ वडा रहेका छन् । एक वडाबाट अनिवार्य दलित महिला आउने भएपछि ८४ जना दलित महिला आउने निश्चित भएको छ । पाटन नगरपालिका र दशरथ चन्द नगरपालिकामा एमालेले टिकट दिएका नरेशकुमार विश्वकर्मा र सरस्वती नेपाली चुनावी मैदानबाटै जितको फैसला हुने छ ।

– See more at: http://koselinews.com/?p=14353#sthash.Ih7tjz8A.TdYsIXxG.dpuf

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: