जागरण मिडिया सेन्टर

Home » अन्य » सात महिना पछि लक्ष्मी परियारको यसरी गरियो अन्त्यष्टी ( फोटो फिचर )

सात महिना पछि लक्ष्मी परियारको यसरी गरियो अन्त्यष्टी ( फोटो फिचर )

२०७४ असार ५, जागरण मिडिया सेन्टर,

DSC_1542-1024x685

बसन्त / मिलन विश्वकर्मा

काठमाडौँ, असार ४  । बोक्सीको आरोपमा कुटपिट बाट झण्डै सात महिना पहिले ज्यान गुमाएकी काभ्रेकी लक्ष्मी परियारको एक श्रद्धान्जली कार्यक्रम सहित अन्त्यष्टी गरिएको छ ।

आइतबार बिभिन्न दलित संघसंस्था तथा अधिकारकर्मीहरुको सयुक्त पहलमा पशुपति आर्यघाटमा उनको अन्यत्यष्टी गरिएको हो । श्रद्धान्जली कार्यक्रममा शोक मन्त्व्य राख्दै पुर्व युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले लक्ष्मी परियारको हत्या हुनु नेपाली समाजमा दलितले भोग्दै आएको उत्पीडनको परिणाम भएको  बताए ।

DSC_1492.jpg

राष्ट्रिय दलित आयोगका निवर्तमान सदस्य सचिव सितारामघलेले घटना प्रति दुख व्यक्त गर्दै दलित आन्दोलन प्रभावकारी रुपमा अगाडि बढाउन सके लक्ष्मीको आत्माले शान्ति पाउने बताए । काभ्रेमा सामान्य जिवन बिताउदै आएकी लक्ष्मी परियारलाई गत मंसिर २० गते स्थानीय शिक्षक हिरा लामाले बोक्सीको आरोपमा निर्मम रुपमा कुटपिट गरेको थिए ।

DSC_1570-1024x685.jpg

शिक्षण अस्पतालको पोष्टममार्टम रिपोर्ट अनुसार सोही कुटाईबाट लक्ष्मीको मृत्य भएको हो । घटनाका दोषि भनिएका हिरा लामा अहिले प्रहरी हिरासतमा रहेका छन् ।

लक्ष्मीको मृत्यु पश्चात उनका ३ नाबालक छोराहरुको बिचल्ली भएको छ । त्यस माथि श्रीमान मिलन परियारलाई समेत घटनाको दोषी भनि प्रहरी हिरासतमा राख्दा लक्ष्मीको परिवारले थप पिडाको सामाना गर्न परेको छ ।

DSC_1521.jpg

सरकारले अजित मिजार सहित लक्ष्मी परियारलाई पनि १० लाख क्षतिपुर्तिको उपलब्ध गराएपछि उनको आज दाहसंस्कार गरिएको हो । दलित अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कारबाही र क्षतिपुर्तिको व्यबस्था नगरे सम्म लास नबुझ्ने अडान लिएका थिए । लक्ष्मीको अन्त्यष्टीमा उनका तिन छोराहरुको पनि सहभागीता रहेको थियो । उनीहरुको रोदनले उपस्थीत सवैको आँखा रसाएका थिए ।

DSC_1513.jpg

दलित अनलाइन बाट‍‍‍‍‍‍‍…..

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Top Clicks

  • None
%d bloggers like this: