जागरण मिडिया सेन्टर

Home » अन्य » आसन्न निर्वाचनमा दलित प्रतिनिधित्व बढाउनु पर्नेमा जोड्

आसन्न निर्वाचनमा दलित प्रतिनिधित्व बढाउनु पर्नेमा जोड्

Advertisements

२०७४ कात्तिक १०, काठमाडौं
जागरण मिडिया सेन्टर
रमा खड्का


22882188_10212356451679849_157275408_oराजनितिक दलहरु भित्र जातिय अहमता र बिभेदको भावना कायमै रहेकाले निर्वाचनमा दलित समुदायका ब्यतmीलाई समानरुपले टिकट नदिईएको भन्दै एक कार्यक्रममा गुनासो ब्यतm गरिएको छ ।
आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा दलित समुदायका ब्यतmीलाई राज्यले बनाएको समानुपातीक प्रणाली अनुसार पनि टिकट वितरण नगरिएको भन्दै दलित नेता तथा अधिकारकर्मीले गुनासो गरेका हुन ।
दलित महिला संघ (फेडो) ले राजधानीमा आयोजना गरेको “आसन्न निर्वाचनमा दलित प्रतिनिधित्व , अवसर र चुनौती “ बिषयक कार्यक्रममा बोल्ने पूर्व सांसदहरु तथा दलित अधिकारकर्मीहरुले आसन्न निर्वाचनमा दलित र दलित महिलाहरुको प्रतिनिधित्वलाई हेर्दा उनीहरुले अहिले सम्म गरेको संघर्षलाई राजनैतिक दलले मूल्याउन गर्न नसकेको गुनासो गरेका छन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवन परियारले सबै भन्दा पिछडीएको वर्ग भनेकै दलित र महिला भएकाले उनीहरुको प्रतिनिधित्व बढाउनका लागि अब ऐन, कानुन बनाउने ठाँउमा दबाब दिनु पर्ने बताए । स्थानीय तहको निर्वाचनमा संविधानमा नभएको व्यवस्थालाई पनि कार्यान्वयन गराउन आफुहरु सफल भएको स्मरण गर्दै आगामि निर्वाचनमा पनि दलित प्रतिनिधित्व स्थापित गराउनका लागि सबै मिलेर दबाब दिनु पर्नेमा जोड् दिए ।
नेकपा माओवादी केन्द्रका नेता तिलक परियारले आफुहरुले १० वर्ष सम्म उत्पिडित वर्गका लागि ससत्र संघर्ष गरेको भएपनि पार्टीमा अहिलेसम्म बाहुनबाद हावी रहेकाले दलितको मुद्धा ओझेलमा परेको भन्दै दुख व्यक्त गरे । दलितहरुको मुद्धा र प्रतिनिधित्वलाई स्थापित गराउनका लागि सिंगो दलित समुदाय फेरि एकजुट भएर अघि बढ्नु पर्नेमा उनको जोड थियो ।
त्यस्तै कार्यक्रमका अर्का बक्ता नेकपा एमालेका नेता जितु गौतमले संविधान निमार्णका बेला राजनैतिक दलहरुले खेलेको भूमिकालाई कसैले पनि विर्सन नहुने बताए । अहिलेको निर्वाचनमा प्रत्यक्ष तर्फ पनि दलितको प्रतिनिधित्व बढाउनका लागि सबै राजनैतिक दलले गम्भिर भएर सोच्नु पर्ने र सबै दलित नेताहरु एकजुट भएर दबाब दिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नयां शक्ति पार्टीका सह संयोजक दुर्गा सोवले जुन सुकै पार्टीमा पनि दलित नेताहरुका कुराहरु पार्टीले गम्भिर रुपमा नलिदां दलितका मुद्धालाई अझै ससक्त ढंगले अगाडी बढाउन नसकिएको बताइन् । पार्टी भित्र होस या बाहिर दलितलाई चुनावमा उठ्नका लागि सबै भन्दा ठुलो समस्या जातिय छुवाछुत र आर्थिक कमजोरी भएको उनको भनाई छ ।
कार्यक्रममा बोल्ने अन्य दलित अधिकारकर्मीहरुले अहिलेको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनको उमेद्वारी दर्तामा दलितको संख्या बढाउनका लागि राजनैतिक पार्टीका दलित नेताहरुले ससक्त रुपमा लाग्न सुझाब दिएका थिए । यदि यस्तै अवस्था रहने हो भने दलितहरुको प्रतिनिधित्व विस्तारै घट्दै जाने र एक दिन उनीहरुको अस्तित्व नै खतरामा रहने भएकाले यस तर्फ सचेत हुन आग्रह समेत गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: