जागरण मिडिया सेन्टर

Home » अन्य » आँखा फोरेर बलात्कार गर्नेलाई ज्यान मार्ने उद्योग र करणी मुद्दा दर्ता

आँखा फोरेर बलात्कार गर्नेलाई ज्यान मार्ने उद्योग र करणी मुद्दा दर्ता

Advertisements

गणेश लम्साल
बिराटनगर, १७ कार्तिक । आँखा फोरी दलित बालिका बलात्कार गर्ने आरोपीलाई प्रहरीले दुई वटा मुद्दा दर्ता गराउने तैयारी गरेको छ । महिला हिँसा र बालिका सम्बन्धि संबेदनशिल बिषय भएकोले घटनालाई गम्भिरता पुर्वक लिएर एक नम्बर प्रदेश संघिय प्रहरी ईकाई कार्यालय धरानको प्रत्यक्ष निर्देशनमा आरोपी १९ बर्षिय सन्तोष श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ज्यान मार्ने उद्योग र जर्बदस्ती करणी आरोपमा मुद्दा दर्ता गर्ने प्रहरीले तैयारी गरेको हो ।
धरानमा स्वास्थ्य उपचार गराइरहेकी पिडित बलिकाले दिएको किटानी जाहेरीका आधारमा आरोपीलाई जर्बदस्ती करणी र ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गराउने तैयारी भैरहेको जिल्ला प्रहरी भोजपुरका डिएसपी दिपेन्द्र पंन्जियारले बताए । डिएसपी पंन्जियारले पिडितले दिएको जाहेरी दर्ता गरि अनुसन्धान गरेर सरकारी वकिल मार्फत अदालतमा अभियोग पत्र दर्ता गराउने काममा प्रहरी सक्रृय भएर लागिरहेको जानकारी गराए । भने ,– हाम्रो तर्फबाट सबै काम सकिसकेका छौ अब पिडित पक्षको बयान सकिनासाथ मुद्दा अदालतमा पेश गरिदिन्छौ ।,
घटनाबारे धरान स्थित संघिय प्रहरी इकाईबाट एसएसपि हरिबहादुर पालले पनि गम्भिर चासो दिएर भोजपुर प्रहरीलाई सुझाव निर्देशन दिइरहेको बताएका छन । एसएपी पाल समक्ष पुगेर घटना अति नै जधन्य भएकोले आरोपीलाई सजाय दिलाउन बिश्वकर्मा कल्याण सेवा समाज धरानले पनि आग्रह गरेको छ ।
दलित समुदायकी निर्धन घरकी बालिकामाथि निर्मम ठंगले अत्याचार भएकोले सुक्ष्म अनुसन्धान गरेर कानुन अनुसार कार्वाही गराउन समाजका अध्यक्ष केदार बराइली र सल्लाहकार लालबहादुर सुन्चेउरी , नेपाली काँग्रेस धरानका नगर सचिव युवराज संकर लगायतको टोलीले एसएसपी पाललाई आग्रह गरेका थिए ।
भोजपुरको आमचोक गाउँपालिका ९ दुम्मानामा बिश्कर्मा थरकी ‘‘भोजपुर क’ नामकी १४ बर्षिया बालिकालाई घाँस काटन गएको बेला छिमेकी १९ बर्षिय सन्तोष श्रेष्ठले आँखा फोरी बलात्कार गरेका थिए । घटनाको बिषयलाई लिएर मोरंग र सुनसरीका बिभिन्न दलित अधिकारबादी संस्था र राजनैतिक पार्टीका दलित भातृ संगठनहरुले पनि आरोपीलाई कार्बाही गर्न माग गरेका छन । पिडित बालिकाको आरोपीको आक्रमणबाट देब्रे आँखा काम नलाग्ने भएको छ । उनको १२ कार्तिकदेखी धरान स्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।
आर्थिक सहयोगमा चासो:
पिडित बालिकाकालाई बिश्वकर्मा कल्याण सेवा समिति धरानले मंगलबार आर्थिक सहयोग गरेको छ । समितिका अध्यक्ष केदार बराइली लगायतले बालिका उपचाररत बिपी स्वास्थ्य प्रतिष्ठानमा गएर नगद १५ हजार आर्थिक सहयोग गरेको छ । अध्यक्ष बराइलीले बालिकाको उपचार र न्याय दिलाउनकालागि आफुहरु निरन्तर लागिरहने बताए । आर्थिक अबस्था कमजोर भएको जानकारी पाएपछि बिभिन्न दयालु व्यक्त्तिहरुले पनि पिडित बालिका र उनको परिवारलाई सहयोग गरिरहेका छन । पिडित बालिका निर्धन भएकोले उनकालागि आर्थिक सहयोग संकलन गर्नकालागि आफुहरु पनि सक्रृय भैरहेको महिला मानव अधिकार रक्षक सञ्जाल भोजपुरकी सचिव मोनिका राइले बताइन ।
थ्रेटबारे प्रहरी र गाउँपालिकाको चासो:
दुम्माना गाउँमा तीन घर मात्र बिश्वकर्मा थरका परिवार बसोवास गर्ने गर्छन । उनिहरु सबै गरिब छन । यसैले उनिहरुलाई ज्यान मार्ने वा उठीबास लगाउने धाकधम्की दिएर मुद्दा कमजोर बनाउने प्रयत्न आरोपी पक्षले गर्न गर्न थालिसकेको पिडितहरुले बताएका छन ।
निर्मम घटनाबारे आम्चोक गाउँपालिका पनि गम्भिर बनेको उपप्रमुख सीता राईले बताइन । प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न र पिडित परिवारको सुरक्षाकालागि गाउँपालिकाले चासो दिइरहेको उनले बताईन ।भनिन ,– मैले गाउँ समाज र प्रहरी दाजुभाइहरुलाई प्रस्ट भनिसकेको छु न्याय मर्नु हुदैन र पिडित परिवारलाई दुख दिन पाइदैन ।, पिडित परिवार को सुरक्षाकाबारे प्रहरीले गम्भिरता लिइरहेको संघिय प्रहरी इकाई धरानका एसएसपी हरिबहादुर पालले बताए । आम्चोकको दुम्माना प्रहरी चौकी पालखा र इलाका प्रहरी बयाम अन्र्तगत पर्दछ ।

http://dalitonline.com/%e0%a4%86%e0%a4%81%e0%a4%96%e0%a4%be-%e0%a4%ab%e0%a5%8b%e0%a4%b0%e0%a5%87%e0%a4%b0-%e0%a4%ac%e0%a4%b2%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8-2/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: