जागरण मिडिया सेन्टर

Home » अन्य » चुनावी सभामा बाजा बजाएको भन्दै कँग्रेस कार्यकताले दलित कुटे

चुनावी सभामा बाजा बजाएको भन्दै कँग्रेस कार्यकताले दलित कुटे

Advertisements

Mandari-Damai-kale-damai-jajarkot

२०७४ मंसिर ४, काठमाडौं

रामचन्द्र घर्ती

जाजरकोट । वाम गठबन्धनको चुनावी सभामा बाजा बजाएर सहभागी भएको भन्दै जाजरकोटमा कांग्रेसका कार्यकर्ताले कुटपिट गरेका छन् ।छेडागाड नगरपालिका–१२ कार्कीगाउँका दमाइहरुलाई कांग्रेस कार्यकर्ताले घरमै गएर कुटपिट गरेका हुन् । उनीहरुले कले दमाईकी श्रीमती मनदरी दमाई र भाइ पृथी दमाईलाई कुटपिट गरी घाइते बनाएका हुन् ।

त्यही वडाको मनघाटमा भएको गठबन्धनको चुनावी सभामा बाजा बजाएको र खाना पकाएर सहयोग गरेको भन्दै उनीहरुले घरमै आएर कुटपिट गरी घाइते बनाएको पीडित कले दमाइले बताए ।

उनीहरुले वाम गठबन्धन मुर्दाबाद नारासहित घर घेरेर ‘कार्यक्रममा किन गएको तिमी ‘डुम’ हरुको आज लास पार्छौँ’ भन्दै कुटपिट गरेको कले दमाइले बताए ।उनीहरुमाथि गत शुक्रबार घरभित्रै गएर लछारपछार पारेर बाँसका लठ्ठीले कुटपिट गरेको मन्दरी दमाइले बताइन् ।कांग्रेसका कार्यकर्ता काशीराम रोकाय, मेघ बादी, काशीराम बादी, लालबहादुर शाही, मानबहादुर सिंह, विनोद शाही, टेकबहादुर शाही र दीप मल्ल लगायतकाले कुटपिट गरेका हुन् ।

पीडितहरुले आफुलाई कार्यक्रममा सहभागी भएकै कारण कुटपिट गरिएको भन्दै जिल्ला प्रहरी कार्यलय जाजरकोटमा आइतवार उजुरी दर्ता गराएका छन् । उजुरीपछि दुवै पक्षलाई बोलाइएको बताउँदै सोमवार यसबारे छलफल गर्ने प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।

#Copied http://www.janatasamachar.com/2017/11/2783#.WhJwdGpCnpw.facebook

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: