जागरण मिडिया सेन्टर

Home » अन्य » निर्घात कुटिइन् दलित महिला

निर्घात कुटिइन् दलित महिला

Advertisements

२०७४ मंसिर ८, काठमाडौं

रुजु खतिवडा–

पाँचथर । जिल्लाको फिदिम नगरपालिका ८ रानीटारकी एक दलित महिलामाथि निर्घात कुटपिट भएको छ ।

३२ वर्षीय रेखा विश्वकर्मालाई स्थानीय नरबहादुर गुरुङले सामान्य विवादमा कुटपिट गरेका हुन् ।

नरबहादुरले विश्वकर्माकी १३ वर्षीय छोरीलाई लगाईफकाई घरको काममा लगाएको र आफ्नै घरमा ल्याउँछु भन्दा कुटिएको पीडित रेखाले बताइन् ।

‘मेरी छोरीलाई गुरुङले ललाईफकाई घरको काममा राखेका थिए । म आफ्नो छोरीलाई आफूसगैँ राख्न चाहन्छु । छोरीलाई घर लैजान्छु भन्दा गुरुङले मेरै घरमा आएर मंसिर १ गते साँझ ५ बजे दाउराको चीरपटले दुवै खुट्टामा पिटे । कसैले अस्पताल ल्याएनन् । यहि निको हुन्छ भन्दै अस्पताल जान पनि दिएनन्’– पीडित विश्वकर्माले भनिन् ।

पिटेको पाँच दिनपछि मात्रै उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छोरा संजय विश्वकर्माले बताए ।

आर्थिक रुपमा कमजोर भएसगैँ बहिनीलाई ललाई–फकाई स्थानीय डम्वर गुरुङले लगेर घरेलु कामदारको रुपमा राखेको संजयको भनाई छ ।

आफन्तले घटनापछि रानीटारस्थित तमाखे प्रहरी चौकीमा निवेदन दिएपनि पीडक गुरुङलाई भने प्रहरीले पक्राउ गर्न सकेकोे छैन ।

पीडितका श्रीमान पूर्ण विश्वकर्माले घटनालाई गाउँमै मिलाउने भन्दै पीडितहरुले बाहिर ल्याउन नदिएको र अस्पताल जान समेत रोकेको बताए ।

http://mahilakhabar.com/news/2017/11/23/34347.html

 

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: