जागरण मिडिया सेन्टर

Home » अन्य » मुसहर बस्ती ‘भोट बैंक’

मुसहर बस्ती ‘भोट बैंक’

Advertisements

जागरण मिडिया सेन्टर
मंसिर १४ काठमाडौं

मंसिर १४, २०७४-खरले छाएका झुपडी । पुरुष कोही माछा मार्न त कोही मजदुरीका लागि बजार गएका छन् । हरेक घरमा दलका झन्डा टाँगिएका छन् ।

 भोट माग्न आउने उम्मेदवार चुनावपछि फर्केर नआउने भएकाले यहाँका मतदातालाई आफ्नै गुजाराको बढी चिन्ता छ । सुस्तापूर्व नवलपरासीको कावासोती १५ स्थित मुसहर बस्तीमा अहिलेसम्म चुनावको रौनक छैन । माझी, मुसहर र बोटे समुदायको बसोबास रहेको टोलमा दलका नेता/कार्यकर्ताले प्रचारमा आउँदा भोट माग्दै झन्डा लगाइदिए पनि यहाँका मतदातालाई उनीहरूप्रति विश्वास लाग्न छाडेको छ । हरेक चुनावमा माछा मार्नेलाई लाइसेन्सदेखि जग्गाधनी लालपुर्जा र बाढी रोकथामका लागि तटबन्ध बनाइदिने आश्वासन दिए पनि पूरा भएको छैन ।

स्थानीय चुनावमा गाउँकै उम्मेदवारलाई भोट दिएका मतदाता जनप्रतिनिधि आएको आभाषसमेत गर्न नपाएको गुनासो गर्छन् । अधिकांश पुरुष नारायणी नदीमा माछा मारेर जीविकोपार्जन गर्छन् । हरेक चुनावमा रोजगारी, आवास र सीप विकासको माग गर्दै आए पनि आफूहरूलाई भोट बैंकका रूपमा मात्र दलले प्रयोग गरेको स्थानीय रोहित बोटेले बताए । ‘विपन्नलाई क्षणिक आश्वासन मात्र दिएर पछि फर्केरै नआउने प्रवृत्ति भएकाले हामीलाई कसैको विश्वास लाग्दैन’, बोटेले भने ।

http://kantipur.ekantipur.com/news/2017-11-30/20171130065931.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: