जागरण मिडिया सेन्टर

Home » अन्य » आश्वासनले थाकिसके दलित सुकुम्बासी

आश्वासनले थाकिसके दलित सुकुम्बासी

Advertisements

जागरण मिडिया सेन्टर, 
२० मंसिर २०७४ 

dailekh_sukumbasi-5a276778eba484.53356354

यज्ञराज थापा

दैलेख : नारायण नगरपालिका-१ रातामाटे दलित बस्तीको टहरामा सोमबार राति ९ बजे लीला नेपाली खाना खाएर सुत्ने तरखरमा थिइन् । लीलाजस्तै बस्तीका अन्य परिवार पनि सुत्ने तरखरमा थिए । मंसिर लागेसँगै कठ्यांग्रिँदो जाडोमा टहरोमा मुस्किलले रात कटाउँदै आएका छन् उनीहरू ।

वादल लागेकाले शुक्रबारदेखि चिसो बढेसँगै आगो ताप्दै सुत्ने तयारीमा रहेकी लीलाले बाहिर कोही आएजस्तो देखिन् । एकछिन्मा टहरोको साँघुरो ढोकाबाट एक महिला हात जोड्दै भित्र पसिन् ।
उनलाई देखेपछि लीला एकछिन् त अक्क न बक्क परिन् । उनी थिइन्, सहरी विकास राज्यमन्त्री कुन्ती शाही । सुरक्षाकर्मीसहित बस्तीमा पुगेकी उनले आफ्नो परिचय दिँदैै भोट माग्न आएको जानकारी दिएपछि बल्ल लीलाले लामो श्वास फेरिन् ।

स्थायी लालपुर्जाको पर्खाइमा लामो समयदेखि सामुदायिक वन क्षेत्रमा बसोवास गर्दै आएका खासगरी दलितहरू राज्यमन्त्री शाही पुगेपछि जम्मा भए । अनि राज्यमन्त्री शाहीका आश्वासन सुनेर ११ बजेसम्म समय कटाए । ‘अब तपाईंहरूलाई लालपुर्जा दिने जिम्मा मेरो हो । तर, मलाई तपार्इंहरूले भोट दिएर जिताउनुस् ।’

दलित बस्तीमा लगभग २ घन्टा लगाएर भोटका लागि विश्वास दिलाउन भरमग्दुर प्रयास गरिन् । उनी लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका आफ्ना दाजु दीपककुमार शाहीका लागि आश्वासन बोकेर भोट माग्न सो बस्तीमा पुगेकी थिइन्।

राज्यमन्त्री शाहीजस्तै अन्य राजनीतिक दलका नेता–कार्यकर्ता पनि लालपुर्जा दिलाउने आश्वासन बोकेर बस्तीमा नपुगेका भने होइनन् । निर्वाचनका बेला मात्र भोटका लागि आश्वासन दिन आउने र पछि वास्तै नगर्ने कुराले दिक्क भएका छन् सो बस्तीका दलित मतदाता ।

‘मन्त्री मात्र होइन, सबै पार्टीका नेताहरू आउने जाने गरेका छन्’, लीलाले भनिन्, ‘सबैले लालपुर्जाका कुरा मात्र गर्छन् तर अहिलेसम्म केही गरेका छैनन् ।’ खानेपानीको समेत चरम समस्या रहेको सो बस्तीको समस्याबारे निर्वाचनपछि धेरैचोटि नेतालाई भेटेर आफ्ना समस्या राख्दा पनि बेवास्ता गरेको बस्तीका अधिकांशले दुखेसो गरेका छन् ।

स्थानीय तह निर्वाचनताका बस्तीमा पुगेका उम्मेदवारले दिएका यस्ता आश्वासन पूरा नगरेको बस्तीका मतदाताको गुनासो छ । स्थानीय तहको निर्वाचनपछि उनीहरूले तीनपटक नगरपालिका कार्यालयमा स्थायी लालपुर्जालगायत अन्य माग राखी ज्ञापनपत्रसमेत बुझाएका थिए । ‘चुनावले के गर्नु, आश्वासन सुन्दा–सुन्दा थाकिसक्यौं’, बस्तीका लक्षीराम नेपालीले भने, ‘लालपुर्जा दिए पो भोट पनि दिनु ।’

उम्मेदवारले जति आश्वासन दिए पनि आफ्नो समुदायको समस्या कसैले समाधान नगरेको उनीहरूको गुनासो छ । उम्मेदवारका आश्वासन मात्र थापिरहेका रातामाटेको सुकुम्बासी दलित बस्ती विगतदेखि अहिले आश्वासनको पोको बोकेर आउने नेता–कार्यकर्ताको कुरा सुन्न बाध्य छन् ।

दैनिक ज्यालामजदुरी र दाउरा बेचेर जीवन निर्वाह गर्ने सो दलित बस्तीका मतदाताले आफूहरूलाई निर्वाचनप्रति कुनै चासो नभएको बताएका छन् । सदरमुकामनजिकै भए पनि बत्तीमुनिको अँध्यारोजस्तै भएर रहनुपरेको उनीहरूको भनाइ छ । ०२८ सालदेखि बसोबास गर्दै आएका यो समुदायबारे कुनै राजनीतिक दल र निकायले अहिलेसम्म केही पहल गरेका छैनन् । श्रीस्थान वन उपभोक्ता समितिको क्षेत्राधिकारभित्र परेको बस्तीमा अहिले स्थायी लालपुर्जा नपाएका करिब २० घर दलित परिवार बस्दै आएका छन् ।

http://annapurnapost.com/news-details/85292

 

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: