जागरण मिडिया सेन्टर

Home » अन्य » दलित मानव अधिकार उलंघनका घटनाहरुमा सबै जिम्मेवार हुनु पर्ने

दलित मानव अधिकार उलंघनका घटनाहरुमा सबै जिम्मेवार हुनु पर्ने

Advertisements

जागरण मिडिया सेन्टर ।
२५ मंसिर २०७४ ।

IMG_0032

दलित मानव अधिकार उलंघनका घटनाहरुमा पिडितहरुको न्याय र यसबारे सरोकारवाला निकाय जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका सहभागी वतmाहरुले बताउनु भएको छ ।

दलित मानव अधिकार र नागरिक समाजको भुमिका बिषयक संवाद कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका अध्यक्ष सुवोध प्याकुरेलले जातियताका आधारमा हुने गरेका विभेद मुलत अन्त्य भईसकेको र अब सामुहिक चिन्तन राखेर मानव अधिकारको मुल्य र मान्यताका आधारमा एकमुष्ट भएर न्यायका लागि काम गर्नुपर्ने बताउनु भयो ।

आज भन्दा तीन हजार बर्ष अगाडी अस्तित्वमा आएको हिन्दु धर्मबाट जातिय विभेद र छुवाछूत सुरु भएको यर्थातलाई नकार्दै अध्यक्ष प्याकुरेलले सबै धर्महरुमा जातिय विभेद रहेको तर, हिन्दु बर्ण ब्यवस्थाबाट आएको भन्ने कुरा गलत रहेको प्याकुरेलले टिप्पणी गर्नु भयो । समाजमा सबै बर्गमा ब्राम्हणवाद रहेकाले त्यसबाट सबै मुतm हुनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले दलित मानव अधिकारको घटनाहरुलाई गहन रुपमा हेरिरहेको र थप सामुहिक रुपमा यस्ता घटनाहरुको छानविन र न्युनिकरणको प्रयासमा हातेमालो गर्नुपर्ने आवस्यकता औल्याउनु भएको थियो ।

जागरण मिडिया सेन्टर र मानव अधिकार एलाएन्सले संयुत्त रुपमा आयोजना गरेको उतm संवाद कार्यक्रममा मानव अधिकार एलाईन्सका तर्फवाट मीनवहादुर शाहीले जातिय विभेद र दलित मानव अधिकारका बिषयमा पुरानो सोच र चिन्तन नहट्दा समाजमा दलित मानव अधिकार उलंघनका घटनाहरु घटिरहेको बताउनुभयो । दलित मानव अधिकारका विषयमा राज्य र मानव अधिकारवादी संघ संस्थाहरु गम्भिर भएर यसका बिरुद्ध नलागेसम्म भविष्यमा समेत दलित समुदायमाथि हुने विभेद र जघन्य अपराधका यस्ता घटनाहरुमा न्युनिकरण नआउने यहाँको भनाई थियो ।

11
प्रहरीले जातिय विभेदका घटनाहरुमा असहयोग गर्ने गरेको आरोप माथि नेपाल प्रहरीका प्रवत्ता मनोज न्यौपानेले प्रहरीमा आएका त्यस्ता जातिय विभेदका घटनाहरुको उजुरी प्रहरीले लिने गरेको र त्यस्ता जघन्य अपराधमा प्रहरीले कसैलाई पनि छा्डने नगरेको प्रष्ट पार्नु भयो । जातिय विभेदका घटनाका पिडितहरुले न्याय पाउन नसकेको जन गुनासो सत्यताको नजिक नरहेको जिकिर गर्दै पिडितहरु नै न्यायका लागि कानुनी निकायसम्म जान नसक्ने अवस्था रहेको समेत बताउनु भयो ।

उतm संवाद कार्यक्रम जागरण मिडिया सेन्टरका शिवहरि ज्ञवालीले एक प्रतिवेदन प्रस्तुत गरेपछि वत्ताहरुले आ आफ्नो धारणा राखेका थिए । प्रस्तत प्रतिवेदनमा दलित सुमदायमाथि घटेका जघन्य अपराधका घटनाहरु समेटिएको थियो साथै उतm घटनाहरुमा मानव अधिकार आयोग, प्रहरी र अन्य अधिकारवादी संघसंस्थाहरुले कस्तो भुमिका खेले भन्ने बिषय समेत प्रष्ट्याएको थियो । काभ्रेका अजित मिजार र लक्ष्मी परियारको हत्यामा पिडितले न्याय पाउन नसकिएको कुरा देखि स्थानिय निर्वाचनमा निर्वाचीत दलित महिलामाथिको विभेद लगाएत अन्य घटनाहरु समेटिएका थिए ।

IMG_0017
उतm प्रतिवेदन माथि अन्य वत्ताहरुमा संकल्पका अध्यक्ष लिली थापा, मानव अधिकारकर्मी कृष्ण पुकार श्रेष्ठ, चरण प्रसाई तथा कपिल श्रेष्ठले समग्र दलित मानव अधिकारको विषयमा नेपालमा भइरहेका जातिय विभेदका जघन्य अपराधको बिरोध गर्दै त्यसको अन्तका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रमको अन्तमा बोल्दै जागरण मिडिया सेन्टरका अध्यक्ष रेमवहादुर विश्वकर्माले दलितहरु आर्थिक, भौतीकरुपमा सम्पन्न हुदैमा उस माथिको जातिय विभेद अन्त नहुने प्रष्ट कुरा समाजमा देखिएको बताउनु भयो । पुस्तौ देखि दलित समुदायले विद्यमान जातीय विभेद तथा छुवाछुत भोग्दै आएको भएपनि अहिले युग एकाइसौं शाताब्दीमा आइसक्दा समेत समस्या झन विकराल हुनुमा के दलित जिम्मेवार हुन ? भनि प्रश्न गर्नुभयो ।
दलित समुदायको जातिय उत्पिडन र दलित मानव अधिकार उल्घंनका त्यस्ता घटनाहरुलाई सामान्यकिरण नगरि गम्भिररुपमा बुझिदिन र त्यस अनुरुप मानव अधिकारको सिद्धान्त अनुसार हातेमाले गर्न सबैमा आग्रह समेत गर्नु भयो ।

सबै समुदायमा ब्राह्मणवाद हावी रहेको र त्यो दलित समुदाय भित्र पनि रहेको स्विकार्दै अध्यक्ष बिश्वकर्माले छुवाछूत दलित समुदायले मात्रै बर्षै देखि भाग्दै आएकाले अब त्यसको निर्मुल अन्तका लागि दलित मात्रै नभएर सिंगो समुदाय र राज्य जिम्मेवार भएर लाग्न आग्रह समेत गर्नु भयो । दलित समुदायले आफुले भोग्दै आएको छुवाछूतको बिरोध गर्दै आएको भएपनि त्यो मात्रै प्रयाप्त नभएकाले गैर दलित समुदाय बढि सकृय र जिम्मेवार हुनु पर्ने उहाँको भनाई थियो ।

IMG_9763

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: