जागरण मिडिया सेन्टर

Home » अन्य » मानव अधिकार संरक्षणका लागि विकास र संमृद्धि आवश्यक : उपराष्ट्रपति

मानव अधिकार संरक्षणका लागि विकास र संमृद्धि आवश्यक : उपराष्ट्रपति

Advertisements

जागरण मिडिया सेन्टर ।
२५ मंसिर २०७४ । रमा खड्का ।

25319730_10212696711986144_1936532357_o

मानव अधिकारको संरक्षण र संर्वद्धनका लागि विकास र संमृद्धि आजको मुख्य आवश्यकता भएको उपराष्ट्रपति नन्द किशोर पुनले बताउनु भएको छ । गरिबी,भोकमरी, अशिक्षा, महिला हिसां, जातिय छुवाछुतका कारण देशका नगरीकले प्रत्येक दिन मानव अधिकार हनन्का घट्ना व्यहोर्नु परेको भन्दै यसका लागि गाँउ, समाजमा पनि सचेतानाका कामहरु गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

६९ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस सन् २०१७, र नवौं मानव अधिकार राष्ट्रिय महाभेला २०७४ को समापन समारोहमा बोल्दै उपराष्ट्रपति पुनले यस्ता महाभेलाले मानव अधिकार उल्लघन्का घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने दाबी समेत गर्नु भयो । अहिले देश आर्थिक सम्बृद्धिमा अगाडी बढीसकेकाले अब सबैले सचेत नागरिकको भूमिका निर्वाह गरी स्थानीय तहमा पनि मानव अधिकार सम्बन्धी कामहरु गर्नु आग्रह गर्नु भएको छ ।

नेपालको संविधानको मौलिक हक अन्तरगर्त धेरै कुराहरु उल्लेख गरिसकेकाले यसको कार्यन्वयनमा अब सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा उहाँको जोड् थियो । साथै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले समाजमा रहेका दलित, महिला, आदिवासी जनजाति, अपाङगता भएका व्यक्ति, यौनिक अल्पसंख्यक सबैको मानव अधिकारको संरक्षण हुनका लागि सर्ब प्रर्थम सबैको मानसिकतामा परिवर्तन र सकारात्मक सोंचको हुनु पर्नेमा जोड दिएका थिए ।

तिन दिन सम्म संचालन भएको उतm महाभेलाले सबै क्षेत्र र वर्गका व्यक्तिहरुको सुझाव र सल्लाह सहित ५० बुद्धे घोषणा पत्र समेत जारी गरेको छ । महाभेलाले धोषणा गरेका बुद्धालाई आत्मसाथ गर्दै एउटा रणनीतिक योजना बनाएर काम गर्दै जाने आयोजक समितिका संयोजक एंव संकल्पका अध्यक्ष लिली थापाले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: