जागरण मिडिया सेन्टर

Home » अन्य » छुवाछूत हट्न सकेन : विज्ञ

छुवाछूत हट्न सकेन : विज्ञ

Advertisements

जागरण मिडिया सेन्टर ।
२६ मंसिर २०७४ ।

सरकारले देशलाई जातीय छुवाछूतमुक्त घोषणा गरेको ११ वर्ष बितिसकेको छ । समाजबाट भने अझै हट्न सकेको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय र दण्डनीय अपराध मानेको छ । नेपालमा जातीय विभेदबारे बलियो कानुन हुँदाहुँदै पनि दलित समुदायमाथि विभेद कायमै रहेको अधिकारकर्मी बताउँछन् ।

 मानव अधिकार उल्लंघनमा परेका दलित समुदायका लागि सरकारले पुनस्र्थापना र सामाजिक पुनर्मिलनका लागि पहल गर्न नसकेको पीडितको आरोप छ । जातीय भेदभाव तथा छुवाछूत ऐन ०६८ ले दोषीलाई तीन महिनादेखि ३ वर्षसम्म जेल र २ हजथार ५ सयदेखि २५ हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । तर, हालसम्म एक जना पनि कारबाहीको दायरामा आएका छैनन् । ०६९ देखि ७० सम्ममा राष्ट्रिय मानव अधिकार आयोगमा छुवाछूतसँग सम्बन्धित चार वटा मात्रै घटना दर्ता भएका थिए । आयुक्त गोविन्द शर्मा भन्छन्, ‘निकै कम उजुरी आउँछन्, उनीहरूमा सूचनाको पहुँच नै छैन ।’

नेपाल प्रहरीको तथ्यांकअनुसार गएको आठ वर्षमा छुवाछूतसम्बन्धी ४७ घटना दर्ता भएका छन् । जागरण मिडियाले गरेको एक अध्ययनअनुसार यो बीचमा ५ सय ८८ घटना सार्वजनिक भए । प्रहरी प्रवक्ता मनोज न्यौपाने भन्छन्, ‘न्यून उजुरी आउँछन्, त्यसमा पनि धेरै घटनामा मिलापत्र हुन्छ ।’ आव ०७३/७४ मा भने छुवाछूतसँग सम्बन्धित १८ घटना दर्ता भएको नेपाल प्रहरीको तथ्यांकमा देखिइएको छ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागले सन् २०१२ मा गरेको सर्वेक्षणअनुसार नेपाली समाजमा अझै पनि जातीय विभेद गम्भीर समस्याका रूपमा रहेको देखाएको छ । सर्वेक्षणमा दलित समुदायले सार्वजनिक धारा, पँधेरा, विद्यालय र सरकारी कार्यालयमा विभेद भोग्ने गरेको उल्लेख छ ।

दलित भएकै आधारमा उनीहरू मन्दिरलाई प्रवेशमा निषेध गरिने, शारीरिक हिंसा, गालीबेइज्जती र अपमानजस्ता घटना न्यूनीकरण हुन सकेको छैन । ४२ प्रतिशत दलित अझै गरिबीको रेखामुनि रहेको उक्त सर्वेक्षणले देखाएको छ ।

त्यस्तै अन्य जातिभन्दा उनीहरूमा शिक्षा, रोजगार र भूमिमा पनि पहुँच छैन । उनीहरू अन्तरजातीय विवाह गरेकै कारण समुदायबाट विस्थापित हुनुपर्ने अवस्था हटेको छैन । विभागको तथ्यांकले देशको मध्यमाञ्चल क्षेत्रमा सबैभन्दा बढी जातीय विभेद भइरहेको देखाएको छ ।

http://kantipur.ekantipur.com/news/2017-12-12/20171212071213.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: