जागरण मिडिया सेन्टर

Home » अन्य » सञ्चार माध्यमहरु समावेशी हुनुपर्नेमा जोड !

सञ्चार माध्यमहरु समावेशी हुनुपर्नेमा जोड !

Advertisements

जागरण मिडिया सेन्टर ।
पुस ४ काठमाडौं । केपी अनमोल ।

IMG_0066
मिडियाहरुलाई समावेशी बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपालका मिडियाहरुलाई समावेशी बनाउन भन्दै सरकारले नै जारी गरेको आमसञ्चार नीति प्रभावकारी रुपमा कार्यन्वयन हुनुपर्नेमा समेत जोड दिइएको छ ।
जागरण मिडिया सेन्टरले मंगलबार राजधानीमा आयोजना गरेको आमसञ्चार नीति र समावेशी मिडिया विषयक संवाद कार्यक्रममा सहभागीहरुले सरकारले नै जारि गरेको आम सञ्चार नीति प्रभावकारी रुपमा लागू हुनुपर्नेमा जोड दिएका हुन् ।
संचालीत मिडियाहरुमा पछि पारिएका जाति, समुदाय र बर्गको उचित समावेशीता हुन नसक्दा उनिहरुका खबरहरु प्रकाशन र प्रसारण धेरै कम मात्रामा भइरहेको कार्यक्रमका सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा फोनिजका अध्यक्ष डण्ड गुरुङले एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उतm कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष गुरुङले नेपालका सरकारी र नीजि क्षेत्रको लागानीमा संचालित मिडियाहरुमा दलित, महिला, आदिवासी जनजाती, मुस्लिम लगायतका समुदायको आवाजलाई नसमेटिएका कारण मिडिया समावेशीको लडाई लड्नु परेको बताउनु भयो ।

IMG_0023
कार्यपत्र अनुसार नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र, राष्ट्रिय समाचार समिती गरि चार वटा सरकारी मिडियाहरुमा नितिगत तहमा समावेशीताको अवस्था बाहुन क्षेत्रीको ६८, महिलाको ११, मधेशीको ५, दलितको ५ र आदिवासी–जनजातिको ११ प्रतिशत मात्र सहभागिता रहेको छ ।
त्यसैगरि उपत्यकामा रहेर क्रियाशील यि चार वटै मिडियाहरुमा कार्यरत जम्मा १४६ जनामध्ये वाहुन क्षेत्री ६७, आदिवासी जनजाती १४, महिला १०, मधेसी ६ र दलित जम्मा १ प्रतिशत सहभागीता रहेको उतm कार्यपत्रमा उल्लेख छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले नेपालका आम सञ्चार माध्यमहरु समावेशी नभएकै कारण आमसञ्चार नीति नै बनाउन सरकारलाई दवाव दिनुपर्ने अवस्था आएको बताउनु भयो । मिडियाहरु समावेशी भए मात्रै सबै बर्ग, जाति र समुदायको आवाज समानरुपले बाहिर आउने हुँदा त्यसतर्फ सरकार र स्वयम मिडिया हाउस जिम्मेवार हुनुपर्ने उहाँको भनाई तियो ।

IMG_0064

त्यसैगरि अकोराबका अध्यक्ष आरसी लामिछानले देशैभरिका सामुदायिक रेडियोहरुमा अकोराबको पहलमा सामाजिक कुरिती र विभेद बिरुद्ध बिभिन्न गतिविधी हुदै आएको जानकारी गराउनु हुदैं नेपाली सञ्चार माध्यमलाई पूर्ण समावेशी बनाउन र नेपाली सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि पनि आम सञ्चार नीति कार्यान्वयन हुन जरुरी रहेको बताउनु भयो ।

IMG_0030

निजि क्षेत्रबाट संचालित रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एशोशियसन अफ नेपाल ९बान० का अध्यक्ष गोपाल झाले आफ्नो संगठनमा आवद्ध रेडियोहरुमा समावेशीताको कुरा लागु भएको र बजारमा प्रतिस्पर्दाका कारण दक्ष र योग्य कर्मचारी नियुतm गर्दा कहिले काही त्यो नहुने बताउनु भयो ।

कार्यक्रममा अन्य सहभागी र पत्रकारहरुले दलित लगायत पिछाडीएका समुदायका पत्रकार बन्न इच्छुक व्यक्तिहरुको लागि शिक्षा, दिक्षा एंव क्षमता अभिबृद्धिको क्षेत्रमा पनि ध्यान दिनुपर्ने सुझाव समेत दिएका थिए । मिडियाको लागि सम्बन्धीत समुदायको व्यक्तिनै सक्षम नभए सम्म सरकारको निति प्रभावकारी रुपमा कार्यन्वयन हुन नसक्ने उनीहरुको भनाई थियो ।

IMG_0047

कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले बजारमा सुनिए जस्तो दलित समुदायमा मिडियामा काम गर्ने दक्ष ब्यतmी नभएको भन्ने कुरा निराधार रहेको र जस्तो मिडियामा पनि काम गर्ने सक्ने दक्ष ब्यतmी दलित समुदाय रहेको प्रष्ट पार्नु भयो । राज्यको उपेक्षा संगै स्वयम मिडिया संचालकहरुमा अझै पनि विभेदयुतm सोंच रहेका कारण मिडियामा काम गर्न चाहने दलित समुदायका ब्यतmीले सहजै अवसर नपाएकाले उहाँको भनाई थियो ।
अध्यक्ष बिश्वकर्माले दलित समुदायका पत्रकारहरुको क्षमता विकास र अवसर सिर्जनाका लागि जागरण मिडिया सेन्टरले आफ्नो स्थापना काल देखि नै बिभिन्न तालीम, गोष्ठी संचालन गर्दै आएको र अवसरहरु पनि दिदै आएको जानकारी गराउनु भयो । कुनै एउटा संस्था र सिमीत समावेशी मिडिया अभियान्ताहरुको एक्लो प्रयासले नेपालका मिडियाहरु समावेशी हुन नसक्ने भएकाले सरकारले जारि गरेको आमसञ्चार नीति प्रभावकारी रुपमा कार्यन्वयन हुनुपर्नेमा जोड समेत दिनु भयो ।

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: