जागरण मिडिया सेन्टर

Home » अन्य » सन्तानलाई विद्यालय पठाउन डोम परिवारले बेच्यो सुँगुर

सन्तानलाई विद्यालय पठाउन डोम परिवारले बेच्यो सुँगुर

Advertisements

जागरण मिडिया सेन्टर ।

५ पुस २०७४ ।

dom-saptari.jpg

एस.के. शान

४ पुस, सप्तरी । तराईमा बसोबास गर्ने डोम समुदायको मुख्य पेशा बाँसका सामग्री बनाउने र सुँगुर पाल्ने हो । जसको घरमा सुँगुर हुँदैन, उनीहरु आफूलाई कमजोर ठान्छन् । सुँगुरकै कारण डोम समुदायका बालबालिका पढ्न समेत पाउँदैनन् ।

तर, आफ्नो छोराछोरीको भविष्य बिग्रेको ठहर गर्दै सप्तरीका एक डोम परिवारले पाल्दै आएको सुँगुर नै बेचेका छन् ।दिनभरी सुँगुर चराउने र साँझ बिहान घरको काम गर्ने डोम समुदायका बालबालिका त्या बाहेक बाँसको सामग्री बनाउन आफ्ना अभिभावकलाई सहयोग गर्ने गर्छन् ।

बोदे बर्साइन नगरपालिका वडा नम्बर १० खड्गपुर निवासी हरि मरिकले दुई जनता सन्तानको भविश्य अँध्यारोतर्फ उन्मुख भएको भन्दै सुँगुर बेचेका छन् । उनले दुबै सन्तानलाई नियमित विद्यालय पठाउन थालेका छन् ।

उनीसँग चार वटा सुँगुर थियो । सुँगुरलाई चराउने काम १२ वर्षीया छोरी रुबी र ८ वर्षीय छोरा अमितको थियो । अमित आफ्नी दिदीसँगै सुुँगुर चराउन व्यस्त हुन्थे ।

तर, दुबैको दैनिकी फेरिएको छ । न त सुँगुर चराउन जानुपरेको छ नत घरमै बाँसको सामग्रीमा सघाउनु परेको छ । दुबै जना नियमित विद्यालय जान्छन् र, घर र्फकेपछि सधैं गृहकार्य समेत गर्ने गर्छन् ।

सुँगुर चराउन पर्ने भन्दै दुबैलाई विद्यालयमा समेत भर्ना गरिएको थिएन । ‘हसर र उनकी पत्नीलाई आफ्ना सन्तानलाई विद्यालय भर्ना गराउन धेरै सम्झाउनुपरेको थियो’ शिक्षा क्षेत्रमा काम गर्ने आसमान नेपालकी सहजकर्ता ललिता चौधरीले भनिन्, ‘शैक्षिक सत्र २०७३ मा धेरै सम्झाएपछि बल्ल मरिक परिवारले छोरा छोरीलाई विद्यालयमा भर्ना गराए ।’

स्थानीय आधारभूत विद्यालयमा भर्ना गराएपनि शुरुका दिनमा उनीहरु नियमित विद्यालय जाँदैनथे । कारण थियो सुँगुर । ‘सधैं सुँगुरलाई चराउनैपर्ने भएकाले रुबी र अमितलाई कहिलेकाहीँ विद्यालय नपठाई सुँगुर चराउन पठाउनैपर्ने हुन्थ्यो’ हरिले भने, ‘विद्यालय किन नपठाएको ? भनेर दैनिक दवाव आउन थालेपछि सुँगुर नै बेचे ।’

‘अरु मान्छे पढेर ठूलो-ठूलो पोष्टमा गएको हेरेको थिएँ’ उनले भने, ‘यसबारेमा धेरै सोंचे र श्रीमतिसँग समेत छलफल गरेर सुँगुर बेच्ने निर्णय गरेको हुँ ।’

सुँगुर बेचेपछि कसरी गुजारा चलाइरहेको छ त ? भन्ने प्रश्नमा उनी भन्छन्, “छोराछोरी स्कुल जान्छन् । आफू दुबै जना बाँसको सामग्री बनाउँछु ।’

ढकिया, कोनिया, डलियासहितका सामग्री बनाएर बेच्दै गुजारा चलाउँदै आएका छन् हरी मरिकका परिवार ।

शुरुमा डोम भनेर विद्यालयमा रुबी र अमितलाई केहि हेप्ने गरिएपनि अहिले त्यस्तो छैन । आधारभूत विद्यालय खडगपुर विद्यालयका प्रधानाध्यापक बृजेन्द्र यादवले भने, ‘दुबै जना बालबालिका अरु बालबालिकासँगै पढ्छन्, खेल्छन् ।’

रुबी र अमित अहिले कक्षा २ मा अध्ययनरत छन् । रुबी र अमित झैं खडगपुर निमाविमा २१ जना डोम बालबालिका नै अध्ययन गर्दै आएका छन् । यीमध्ये डोम समुदायका ६ जना बालबालिका पहिलो पुस्ताको भर्ना भएर अहिले कक्षा २ मा पुगेको सहजकर्ता चौधरीले जानकारी दिइन् । उनले भनिन्, ‘यस पटक ३ जना विद्यालय भर्ना भइसकेका छन् । अब डोम समुदायबाट उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् ।’

२०७४ पुष ४ गते २०:०० मा प्रकाशित

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s

%d bloggers like this: