जागरण मिडिया सेन्टर

Home » अन्य » ६२ वर्षमा नागरिकता लिइन् पदमीले

६२ वर्षमा नागरिकता लिइन् पदमीले

Advertisements

जागरण मिडिया सेन्टर ।

१० फागुन २०७४ ।

बाँफिकोट गाँउपालिका ६ मग्माकी पदमी सार्कीले ६२ वर्ष पुग्नै लाग्दा नागरिकता लिएकी छिन् ।०१३ साल जेठ ५ गते जन्मिएकी पदमीले मंगलबार जिल्ला प्रसाशन कार्यालय रुकुम (पश्चिम) बाट लिएकी हुन् । उनि आउदो जेष्ठ ५ गते ६२ वर्षको पुग्दै छिन् । नागरिकताको महत्व नबुझ्दा नै आफूले हाल सम्म पनि नागरिकता नबनाएको बताइन् ।
‘नागरिकताको के नै काम हुन्छ र भनेर उमेरमा नागरिकता बनाइनँ ,’ नागरिकता पाएपछि खुसि व्यक्त गर्दै पदमीले भनिन्, ‘ सबैले बनाउँन सुझाब दिएपछि नागरिकता बनाएकी हुँ ।’ उनले श्रीमान मन्दिर सार्कीको नामबाट नागरिकता पाएकी छिन् । श्रीमान रोजगारीका लागी भारत गइरहने र घर आएका बेला समय नमिल्ने भएकोले पनि नागरिकता बनाउन नपाएको बताइन् ।

‘पहिलो कुरा त नागरिकता चाहिन्छ भन्ने नै लागेन ,’उनलेथपिन्, ‘श्रीमान भारत गइरहने भएकाले पनि नागरिकता बनाउन पाइएन । ‘
          आवश्यक नपरेसम्म
         बनाउदैनन् नागरिकता
नागरिकता नहुदा हालसम्म पदमीले राज्यले प्रदान गर्ने कुनै सेवा-सुविधा लिएकी छैनन् । वृद्धभत्ता खाने उमेर भएकाले नागरिकता बनाएको पदमीको भनाइ छ ।

नागरिकताको आवश्यकता नै नपर्ने अवस्थासम्म मानिस नागरिकता बनाउन नआउने प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले बताए । उनले भने , ‘धेरै उमेर बितेपछि नागरिकताको लिन आएकाहरुसँग बुझ्दा अधिकांशले नागरिकताको कुनै आवश्यकता नपरेकाले उमेरमा नागरिकता नागरिकता नबनाएको बताउने गरेका छन् ।’

नागरिकता नभएमा वृद्धभत्ता नपाइने भएकाले वृद्धवस्थामा पनि मानिस नागरिकता बनाउन आउने गरेका आचार्यको भनाइ छ । महिनामा दुई – तिनजना वृद्धावस्थामा नागरिकता बनाउन जिल्ला प्रसाशन कार्यलयमा जाने गरेका आचार्यले बताए । धेरै उमेर भएर पनि नागरिकता नबनाएका व्यक्तिलाई लक्षित गरेर जिल्ला प्रसाशन कार्यलयले विभिन्न ठाउँमा घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।

साभार – नयाँ पत्रिका

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: